सांसद सोबिता गौतमलाई अन्तर्राष्ट्रिय युवा राजनीतिज्ञ अवार्ड

राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाकी सांसद सोबिता गौतमले ‘योङ वर्ल्ड पोलिटिसियन अफ द इयर अवार्ड’ पाउने भएकी छन्।

‘द वन योङ वर्ल्ड’ले १५ जना सर्टलिस्टेडबाट छनौट भएका पाँच जनामा गौतम पनि परेकी हुन्। सर्ट लिस्टमा चिलीकी महिला तथा लैंगिक समता मन्त्री एन्टोनिया कस्मिकालगायत विभिन्न देशका १५ जना सांसद, मेयर थिए।

उत्कृष्ट ५ मा नेपालकी सोबिता, क्यानडाकी एरिइल्ले कायाबागा, अष्ट्रेलियाकी अयोर मकुर चुओट, न्युजिल्याण्डका मोको तेपानिया र बेल्जियमका स्यामुअल कोगोलाती परेका हुन्।

‘द वन योङ वर्ल्ड’ले २७ वर्षीया सोबितालाई नेपालको इतिहासमा सबैभन्दा कम उमेरकी महिला सांसद दाबी गरेको छ।

‘बिजुली नभएको गाउँमा जन्मेकी र कम सुविधा सम्पन्न सरकारी विद्यालयमा पढेकी गौतम राजनीतिमा उक्लिएका छन्, उनको भाषणलाई सामाजिक सञ्जालमा लाखौंले हेरेका छन्। उनी स्वास्थ्य, शिक्षा, जीविकोपार्जन र विपन्न वर्गका अधिकारहरूमा पहुँचका लागि क्रियाशील रहेकी छन्,’ संस्थाले आफ्नो वेबसाइटमा लेखेको छ।

सोबिताले संवैधानिक परिषद् ऐन र भ्रष्टाचार विरोधी ऐन, आर्थिक न्याय, भूमिसुधार नीति र नागरिक उड्डयन क्षेत्रलाई बलियो बनाउन आवाज उठाएको पनि संस्थाले दाबी गरेको छ। हाल कानून, न्याय र मानव अधिकार समितिमा रहेकी उनी संसदमा महत्त्वपूर्ण प्रभाव पार्ने प्रयासमा रहेको पनि चिनाइएको छ।

भ्रष्टाचार उन्मूलन गर्ने लक्ष्य राखेको राष्ट्रिय स्वतन्त्र पार्टीको संस्थापक सदस्यका रूपमा गौतमको निर्णायक भूमिकाले पार्टीलाई स्थापना भएको केही महिनामै देशको चौथो ठूलो राजनीतिक संस्था बन्न प्रेरित गरेको पनि संस्थाले उल्लेख गरेको छ।

संस्थाले द वन योङ वर्ल्ड पोलिटिसिएन अफ द इयर अवार्ड हरेक वर्ष १८–३५ वर्ष उमेर समूहका प्रभावशाली राजनीतिज्ञहरूलाई प्रदान गर्दै आएको संस्थाले बताएको छ।

संस्थाले बेलफास्ट, बेलायतमा आगामी २ देखि ५ अक्टोबरसम्म द वन योङ वर्ल्ड समिट गर्ने छ। अवार्ड वितरण पनि त्यहीँ हुने छ।

नेपालका तर्फबाट गौतमसहित अन्य चार देश क्यानडा, अष्ट्रेलिया, न्युजिल्याण्ड, बेल्जियमका युवा राजनीतिज्ञ यस पुरस्कारबाट सम्मानित भएका छन्।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको