सकियो तीन दिने फोटो पत्रकारिता तालिम

काठमाडौं – राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) नेपालले थप ६८ जना पत्रकारहरुलाई फोटो पत्रकारिता प्रशिक्षण दिएको छ।   नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम युएनडिपीद्वारा संयुक्त रुपमा सञ्चालित परियोजना जिविकोपार्जनका पुनःउत्थानका लागि दिगो पर्यटन परियोजना (एसटीएलआरपी)को आयोजना, राष्ट्रिय फोटो पत्रकार समुह (एनएफपीजे) को सहकार्यमा मंगलबारदेखि सुरु प्रशिक्षण आज सम्पन्न भएको हो ।

यस अघि ४५ जना पत्रकार महिलाहरू पनि तीन दिने फोटो पत्रकारिता तालिम दिएको थियो । तालिममा फोटो पत्रकारिताका सैद्धान्तिक र व्यावहारिक विषयवस्तुको संयोजनसहित नेपालको पर्यटन तथा पर्यटन पत्रकारिताको बारेमा समेत प्रशिक्षण दिएको थियो ।

 प्रशिक्षक किशोर श्रेष्ठले पहिलो दिन क्यामेराको सैद्धान्तिक (थेउकरिकल) बारेमा सम्पूर्ण जानकारी गराएका थिए भने प्रशिक्षणको दोस्रो दिन अर्थात् भृकुटीमण्डपबाट काठमाडौंको बसन्तपुर दरबार स्क्वायरसम्म प्रशिक्षार्थीहरुसँग प्रत्यक्ष रुपमा संलग्न भई फोटो खिचाएर व्यवहिरक (प्रक्टिकल) रुपमा प्रशिक्षण गराएका थिए ।

समापन कार्यक्रममा बोल्दै आयोजक युएनडिपीका धर्मा दवाडीले कार्यक्रमलाई सम्बोधन गर्दै यस्ता कार्यक्रम गर्न पाउदा आफूलाई धेरै खुशी लागेको बताए । दवाडीले निरन्तर रुपमा तीनदिनसम्म तपाईहरुको सहभागीता देखेर हामीलाई यस्ता कार्यक्रम गर्न उत्साहित भएको बताए ।

नेपाल पर्यटन बोर्डका म्यानेजर शुनिल शर्माले फोटो पत्रकारिताको अनुभव सुनाउदै आउँदा दिनमा नेपाल पर्यटन वोर्डले गर्ने हरेक कार्यक्रमहरुलाई फोटो पत्रकारिताको माध्यबाट देशलाई चिनाउन सकिने र दुर्गम क्षेत्रको फोटोलाई राम्ररी प्रस्तुत गर्न सकियो भने धेरै प्रगति गर्न सकिने बताए ।

प्रशिक्षणमा सहभागी प्रशिक्षर्थीहरुले आ–आफ्ना अनुभव सुनाउदै क्यामेरा बोकेर फोटो वर्षौदेखि खिच्दै आएको तर फोटोको बारेमा र लाइट कसरी मिलाउने अँध्यारोमा कसरी फोटो खिच्ने जस्ता समस्याले ग्रसित भएका थियौ तर यो तीन दिने प्रशिक्षणका क्रममा सोचेको जस्तो फोटो खिच्न सक्ने भयौ भन्दै आयोजक टिमलाई धन्यवाद दिएका थिए ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको