बानेश्वर चोकको हुर्किसकेको बोटबिरुवा किन उखेलियो ?

काठमाडौं । काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वर हुँदै कोटेश्वरसम्म पुग्ने सडक निकै फराकिलो छ । सडकको बीचमा बोटबिरुवा पनि हुर्किएका छन् । तर, अहिले फेरि नयाँ बानेश्वर चोकमा सडक भत्काएर रुख बिरुवा उखेल्न थालिएको छ ।

नयाँबानेश्वर चोकबाट दायाँतर्फ मोडिने सवारी साधनलाई अझ सहज बनाउन जापानी सहयोग नियोग जाइकाको सहयोगमा ‘राइट टर्निङ होल्डिङ जोन’ बनाउन सुरु गरिएको हो ।

माइतीघर-तीनकुने खण्डमा ओहोरदोहोर गर्ने सवारीसाधन पुरानो बानेश्वर र शंखमूलतर्फ मोडिँदा नयाँ बानेश्वर चोकमा जाम नहोस् भन्ने उद्देश्यले ‘राइट टर्निङ होल्डिङ जोन’ निर्माण सुरु गरिएको हो । सडकको दुई लेन छुट्याइने भाग-‘मेडियन आइल्यान्ड’ लाई साँघुरो पारेर नयाँ लेन निर्माण गरिनेछ । यसले गर्दा नयाँ बानेश्वर चोकमा ट्राफिक व्यवस्थापन सहज हुने सडक सुरक्षा तथा ट्राफिक शाखाका सिनियर डिभिजन इन्जिनियर प्रकाशचन्द्र भण्डारीको भनाइ छ ।

सिभिल अस्पतालबाट नयाँ बानेश्वर चोकसम्म २८० मिटर, बानेश्वर चोकबाट माइतीघरतर्फ २६० मिटर, नयाँ बानेश्वरबाट पुरानो बानेश्वरतर्फ १९० मिटर र नयाँ बानेश्वरबाट शंखमूलतर्फ १२० मिटरमा नयाँ लेन निर्माण गरिनेछ ।

जाइकाको ६० लाख रुपैयाँ अनुदानमा ७५ दिनभित्र सक्ने गरी असार १६ देखि निर्माण सुरु भएको हो । अहिले आइल्यान्डका बिरुवा र पोल सार्ने काम भइरहेको छ । यसरी निर्माण हुने ‘राइट टर्निङ होल्डिङ जोन’ को सञ्चालनपछि सो क्षेत्रको ट्राफिक व्यवस्थापनमा आउने सुधार र त्यसको मूल्यांकनका आधारमा लैनचौरलगायत अन्य अति व्यस्त चोकमा पनि सरकारकै लगानीमा यस प्रकारको होल्डिङ जोनको निर्माण गरिने विभागले जनाएको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको