सुन तस्करी प्रकरणमा जोडिएपछि बल्ल बोले महरा पुत्र राहुल, दिए यस्तो स्पष्टिकरण

सय किलाे सुन तस्करी प्रकरणमा नाम मुछिएका माओवादी केन्द्रका नेता कृष्णबहादुर महराका छाेरा राहुल महराले आफूहरू राज्यले गरिरहेकाे अनुसन्धानलाई सघाउन तयार रहेकाे बताएका छन् । यद्यपि झुटा आराेप लगाएर जबर्जस्ती आराेप पुष्टि गराउन खाेज्ने कार्य भइरहेकाे भन्दै उनले भर्त्सना गरेका छन् ।

आज सामाजिक सञ्जालमार्फत प्रस्टीकरण दिँदै उनले सञ्चारमाध्यमहरूलाई न्यायालय नबन्न पनि आग्रह गरेका छन् । यद्यपि उनले सुन तस्करसँग आफूहरूले बारम्बार संवाद गरेकाे कुरा घुमाउराे पारामा स्वीकार भने गरेका छन् ।

‘कोही व्यक्तिसँग सम्पर्क हुँदैमा र केही बुझिदिएकै कारण आपराधिक कार्यमा संलग्न भएको हो भनेर प्रचारबाजी गरिनु र समाचार लेखी भ्रमित पार्नु गलत हाे,’ राहुलले भनेका छन् ।

महरा बाबुछाेराले सुन तस्करीमा जाेडिएका अभियुक्तहरूसँग बारम्बार फाेन संवाद गरेकाे खबर अखबारहरूमा आएका छन् । राहुलले सो प्रकरणमा दाेषी देखिए सजाय भाेग्न तयार रहेकाे पनि बताएका छन् ।

‘राज्यको निकायले अनुसन्धान गरिरहेको विषयलाई हामीले पूर्ण रूपमा सहयोग गर्ने कुरामा प्रस्ट पारेका छौँ र प्रमाणित देखिए कानुनबमोजिम भागिदार हुनेछौँ,’ उनले भनेका छन् ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको