नेयमार पनि साउदी जाने, कतिमा भयो सम्झौता ?

ब्राजिलियन फरवार्ड नेयमार जुुनियर पनि साउदी जाने भएका छन्। पेरिस सेन्ट जर्मन (पीएसजी) ले ब्राजिलका फरवार्ड नेयमारलाई साउदी प्रो लिग क्लब अल–हिलाललाई करिब ९० मिलियन युरो प्लस एड–अनमा बेच्ने सम्झौता गरेको छ।

नेयमार आगामी २ वर्ष अल–हिलालमा रहने छन्।  नेयमार सन् २०१७ मा विश्व कीर्तिमानी शुल्क २ सय २२ मिलियन युरोमा बार्सिलोनाबाट पीएसजीमा आएका थिए।

पीएसजीमा बस्न नचाहेपछि नेयमारले शनिबार राति भएको फ्रेन्च लिग १ को खेल गुमाएका थिए। बार्सिलोना फर्कन चाहेका नेयमार नयाँ सिजनका लागि प्रशिक्षक लुइस एनरिकको योजना बाहिर थिए।

नेयमारको साउदी आगमनसँगै मोटो रकममा हाइ प्रोफाइल खेलाडीहरू साइन गर्ने रणनितिमा पीएसजी पनि लागेको छ।

नेयमारले फ्रान्सेली क्लबबाट वार्षिक २५ मिलियन युरो कमाउने गरेको बुझिएको छ। पीएसजीका लागि १ सय ७३ खेल खेलेका नेयमारले क्लबलाई १३ उपाधि जिताएका छन्।

घुँडाको चोटका कारण नेयमारले मार्चमा शल्यक्रिया गर्दा बाँकी सिजनका खेल गुमाएका थिए।  जुलाईमा मात्र शल्यक्रिया गरेका नेयमारले सन् २०२२ को विश्वकपकमा पनि समूह चरणमा नै चोट लागेपछि उनले २ विश्वकप खेल गुमाएका थिए।

चोटकै कारण नेयमारले २०१९ को कोपा अमेरिका पनि गुमाएका थिए। सन् २०२१ मा पनि लामो समय मैदान बाहिर बिताए।

यो सिजन करिम बेन्जेमा, एनगोलो कान्टmे जोर्डन हेन्डरसन, रुवेन नेभ्स, साडियो माने र रोबर्टो फिरमिनो साउदी आएका थिए।

गत जनवरीमा पोर्चुगलका सुपरस्टार क्रिस्टियानो रोनाल्डो म्यानचेष्टर युनाइटेडबाट साउदी क्लब अल नासार आएका थिए।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको