प्रमुख प्रतिपक्षी एमालेले समिति सभापतिको नाम टुंगो लगाएको छ ।
सार्वजनिक लेखा समितिको सभापतिमा ऋषिकेश पोखरेल र महिला समितिको सभापतिमा किरण साहको नाम टुंगो लागेको सचेतक महेश बर्तौलाले जानकारी दिए ।
राज्यका निर्देशक सिद्धान्त समिति सभापतिको निर्वाचनको मिति तय नभएकाले एमालेले नाम टुंगो लगाएको छैन ।
प्रतिनिधिसभाको १० वटा विषयगत समितिको सभापतिका लागि उम्मेदवारी आज र निर्वाचन भोलि (सोमबार) हुनेछ । दुईवटा संयुक्त समितिको निर्वाचनको मिति संयुक्त बैठकले तोक्नेछ ।
