एसिया कप: आज भारत र पाकिस्तान भिड्दै, कसले मार्ला बाजी ?

एसिया कप क्रिकेटमा आज चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच खेल हुँदै छ । श्रीलंकाको पल्लेकल अन्तर्राष्ट्रिय रङ्गशालामा आज दिउँसो ३ः१५ बजेपछि हुने यो प्रतिस्पर्धा धेरैका लागि प्रतिक्षित छ ।

बुधबारदेखि सुरु एसिया कप क्रिकेटमा भारत र पाकिस्तानबीचको खेललाई फाइनलसरह मानिएको छ । यी दुवै टिम उपाधिका मुख्य दाबेदार पनि हुन् । पछिल्लो पटक भारत र पाकिस्तानबीचको भेट २०२१ अक्टोबर २४ तारिखमा विश्वकप क्रिकेटमा भएको थियो । त्यो खेलमा भारत पाकिस्तानसँग १० विकेटले पराजित भएको थियो ।

भारतीय टिम रोहित शर्माको कप्तानीमा मैदानमा उत्रिँदा पाकिस्तानकाे कप्तानी बाबर अजामले सम्हाल्ने छन् । भारतीय टिममा विराट काेहली, हार्दिक पाण्या, रविन्द्र जडेजा, जसप्रित बुमराह, केएल राहुलजस्ता खेलाडी छन् । यता, पाकिस्तानमा कप्तान बाबर अजामसँगै, अब्दुल्ला साफिक, फखर जमान, इमाम-अल हाक, सलमान अलि अघा, माेहम्मद रिजवानलगायत खेलाडी हुनेछन् ।

भारत र पाकिस्तानमा कहिलेसम कसले कति पटक जिते ?

बुधबार नेपालमाथि २ सय ३८ रनकाे जित दर्ता गर्दै पाकिस्तानले एसिया कपमा शानदार सुरुवात गरिसकेको छ । उसले आज दोस्रो खेलमा पुरानै प्रतिद्वन्द्वी भारतसँग खेल्न लागेको हो ।

भारत र पाकिस्तानबीच भएका अहिलेसम्मका सबै वान डे म्याचको रेकर्ड हेर्ने हो भने यसमा पाकिस्ताको पल्ला भारी देखिन्छ ।

भारतीय मिडियाका अनुसार, २ टिमबीच अहिलेसम्म १ सय ३२ वान डे म्याचमा प्रतिस्पर्धा भएको छ । यस क्रममा भारतले ५५ म्याच जित्दा पाकिस्तानले ७३ म्याच जितेको छ । भारत र पाकिस्तानबीच अन्तिम वान डे म्याच सन् २०१९ मा भएको थियो । उक्त प्रतिस्पर्धा भारतले ८९ रनले जितेको थियो ।

भारतले पाकिस्तानविरुद्ध पछिल्लो तीन वान डे म्याचमा लगातार जित हासिल गरेको छ । सन् २०१८ मा भारतले पाकिस्तानलाई पराजित गरेको थियो । त्यो बेला भारतले एक म्याच ८ विकेट र अर्को म्याच ९ विकेटले आफ्नो पक्षमा पारेको थियो । अन्तिम प्रतिस्पर्धामा ८९ रनको जित निकालेको थियो ।

भारत र पाकिस्तानबीच भएको वान डे म्याचमा सबैभन्दा धेरै रन सचिन तेन्दुलकरले बनाएका छन् । उनले ६९ म्याचमा २५२६ रन बनाएका थिए । यस क्रममा उनले ५ सतक र १६ अर्धसतक पूरा गरे ।

भारत र पाकिस्तानबीच भएको वान डे म्याचमध्ये सबैभन्दा बढी विकेट लिएको कीर्तिमान् अनिल कुम्बलेको नाममा छ । उनले ३४ म्याचमा ५४ विकेट लिएका छन् ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको