विश्वका उदीयमान सय नेतामा बालेन परेपछि बाबुरामको टिप्पणी- ‘केही गडबड छ’

विश्वकै प्रसिद्ध ‘टाइम म्यागेजिन’ले विश्वका उदीयमान सय नेतामा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहलाई समावेश गरेकामा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले आलोचनात्मक टिप्पणी गरेका छन्।

२०७९ मा भएको स्थानीय तहको निर्वाचनमा स्वतन्त्र उम्मेदवारी दिएर काठमाडौं महानगरपालिकाको मेयर पदमा निर्वाचित शाहलाई अमेरिकी पत्रिका टाइमले ‘टाइम १०० नेस्क्ट’को सूचीमा समेटेको हो।

यो नेपाल र नेपालीका लागि खुसीकै कुरा भए पनि यसलाई अर्काे कोणबाट पनि हेरिनुपर्ने तर्क नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. भट्टराईले गरेका हुन्। घुमाउरो भाषामा उनले मेयर शाहलाई ‘मित्रले आलोचना र दुश्मनले प्रशंसा’ गरेको टिप्पणी गरेका छन्। यसमा सचेत रहन डा. भट्टराईले मेयर शाहलाई सुझावसमेत दिएका छन्।

विश्वप्रसिद्ध ‘टाइम’ले काठमाडौंका युवा मेयर बालेन शाहलाई विश्वका १०० जना उदीयमान नेताको रूपमा छनोट गर्नु नेपाल र नेपालीका लागि खुसीको कुरा हो। देशमा चौतर्फी निराशा छाएको बेला यसले थोरै भए पनि आशाको सञ्चार गर्छ’, डा. भट्टराईले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘साथै जटिल भूराजनीतिक अवस्थितिमा रहेको देशमा कुनै एउटा वृत्तबाट हुने प्रशंसा र आलोचनालाई हामीले सतर्कतापूर्वक पनि हेर्नुपर्छ। यस सन्दर्भमा माओको यो भनाइलाई सम्झनु उपयुक्त हुनसक्छ- ‘तिम्रा दुश्मनले तिमीलाई प्रशंसा गर्छन् र तिम्रा मित्रले आलोचना गर्छन् भने आफूमा केही गडबड छ भन्ने बुझ्नुपर्छ।’

पछिल्लो समय मेयर शाह सामाजिक सञ्जालमा उत्तेजक स्टाटस लेखेका कारण आलोचित छन्। हालै उनले आफ्नी श्रीमती सवार सरकारी गाडी ट्राफिक प्रहरीले रोकेर चेकजाँच गरेको भन्दै फेसबुकमा ‘सिंहदरबारमा आगो लगाइदिने’ भनेर लेखेका थिए। चौतर्फी आलोचना भएपछि उनले उक्त स्टाटस हटाएका थिए।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको