शाखा अधिकृतले १५ वर्षमा कसरी कमाए साढे चार करोडको सम्पत्ति ?

करिब साढे चार करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शाखा अधिकृतविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । उनले १५ वर्षको अवधिमा गैरकानुनी रूपमा चार करोड ४० लाख १५ हजार ९२५ रुपैयाँ आर्जन गरेको अख्तियारको ठहर छ । पछिल्लो समय भट्टराई मधेस प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शाखा अधिकृतका रूपमा कार्यरत थिए ।

भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत अधिकृत मीनबहादुर भट्टराईविरुद्ध स्रोत नखुलेको गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियारले मुद्दा दायर गरेको हो । उनी हाल मधेश प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा शाखा अधिकृत (आठौँ तह) छन् ।

२६ साउन ०५४ मा सार्वजनिक सेवा प्रवेश गरेका भट्टराईले ३० जेठ ०७९ सम्मको अवधिमा गरेको आम्दानी तथा खर्चको विश्लेषण अख्तियारले गरेको थियो । उक्त अवधिमा पारिश्रमिक आय, अंशबन्डामा लिएको नगद, जग्गा बिक्री, सेयर बिक्री, ऋण सापटी लिएको, भत्ताबापत प्राप्त आय, कृषि आय, बिमा फिर्ता रकम, घरबहाल आय र सवारीसाधन बिक्रीसमेत गरी भट्टराईको कुल वैध आम्दानी पाँच करोड ९४ लाख ६७ हजार रुपैयाँ देखिएको छ । त्यसै अवधिमा जग्गा खरिद, ऋण लिँदा तिरेको कमिसन, बिमा प्रिमियम भुक्तानी, अध्ययन खर्च, सेयर खरिद, ऋण सापटी फिर्ता, विद्युतीय उपकरण खरिद, घरको तला निर्माण, सवारीसाधन खरिद र बैंक मौज्दात गरी भट्टराईको खर्च तथा लगानी १० करोड २३ लाख ९२ हजार रुपैयाँ देखिएको आरोपपत्रमा उल्लेख छ ।

जाँच अवधिमा भट्टराईले गरेको वैध आम्दानीबाट खर्च घटाउँदा आउने चार करोड २९ लाख २५ हजार रुपैयाँ र स्रोत नखुलेका अवधिका विभिन्न ‘कट अफ’ मितिमा गरेको खर्च तथा लगानी (सम्पत्ति)समेत कुल स्रोत नखुलेको रकम चार करोड ४० लाख १५ हजार पुगेको अख्तियारको दाबी छ । ‘आयको तुलनामा निजको खर्च एवं लगानीसहितको सम्पत्ति अमिल्दो र अस्वाभाविक एवं गैरकानुनी सम्पत्ति आर्जन गरेको पाइएको हुँदा निज मीनबहादुर भट्टराईले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुर गरेको पुष्टि हुन आयो,’ विशेष अदालतमा पेस गरेको अख्तियारको आरोपपत्रमा उल्लेख छ । वैधानिक स्रोत नखुलेको त्यही रकमलाई बिगो कायम गरेर अख्तियारले भट्टराईविरुद्ध मुद्दा दायर गरेको छ ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको