काठमाडौं – सुचना प्रवाहकाे एक मात्र प्रभावकारी माध्यम हाे संचार माध्यम । जसले एकै पटक विस्वभर एकै साथ सुचना पुर्याउन सक्छ । संचारमाध्यम कै कारण विश्वभरका घटनाकाे जानकारी घरमा बसेर थाहा पाउन सक्छन । सुचनाकाे हक नागरिककाे अधिकार हाे । नेपालकाे संविधानमा समेत सुचनाकाे हक व्यवस्था गरिएकाे छ ।
आजकाे युग संचारकाे युग हाे । संचारका साधन तथा प्रविधिका कारण संसार एउटा माेवाइल , ल्यापटप तथा कम्प्युटरमा सिमित भै सकेकाे छ । यसरी संसार एउटा माेवाइलमा खुम्चिएकाे बेला नेपालकाे परिवेश भने अलि फरक छ । नेपालमा प्रविधि त छ तर प्रविधिसँग नागरिकको पहुँच भने छैन । नेपालमा प्रभावकारी संचार माध्यम भनेकै रेडियो , टेलिभिजन ,पत्रपत्रिका र अनलाइन पत्रिका हाे ।
आज विश्व काेराेना भाइरस (काेभिड १९ ) काे संक्रमणका कारण आक्रान्त बनेकाे छ । याे बेला काेराेना संक्रमणकाे अवस्था कस्ताे छ ? कति मानिस संक्रमित भए ? कहाँ – कहाँ संक्रमण भयाे ? कतिले ज्यान गुमाए ? यसबाट बच्न के गर्न सकिन्छ ? जस्ता अाम नागरिककाे अनेकन प्रश्नहरुकाे जवाफका लागि आशाकाे केन्द्रविन्दु भनेकाे संचारमाध्यम नै हाे । नेपाली हरुकाे हकमा त्याे संचारमाध्यम कुन हाे त भन्दा रेडियो तथा टेलिभिजन नै हाे । काेराेना संक्रमणबाट बच्न विश्व नै लकडाउन भएकाे छ । नेपाल पनि लकडाउन भएकाे छ । यसरी लकडाउनका कारण लामाे समयसम्म घर बाहिर जान नपाउदा, सदा झै स्वतन्त्र भएर घुमफिरमा निक्लिन नसक्दा , अाफ्नाे नियमित कामकाजमा जान राेक लगाउदा र काेराेनाकाे त्रासका कारण मानव जीवनमा अनेकाै समस्याहरु देखा पर्न थालेका छन् । यस्ताे परिस्थितिमा समस्या समाधानका लागि सम्यमता धैर्यताकाे र अात्मबल एकमात्र साहारा भनेकै संचार माध्यम बन्न पुगेकाे छ । यस्ताे संकटकाे समयमा सबै श्रेत्रमा प्रभाव अवस्य परेकाे छ । अन्य क्षेत्र जस्ले विश्राम लिन मिल्छ, जाे समय अनुकुल भएपछि पुनः संचालन गर्दा पनि फरक पर्दैन तर संचार माध्यम त्यस्ताे श्रेत्र हाे जसलाई विश्राम लिने र अनुकुल समय हेरेर संचालन गर्ने तथा बन्द गर्ने छुट छैन । याेे यस्ताे संस्था हाे जस्लेे जस्ताे सुकै समयमा पनि निरन्तर सुचना प्रभाह गरिरहनु पर्छ ।
त्यसै गरि हाल विश्वभर काेराेना संक्रमणकाे महामारी फैलिएको बेला संक्रमणकाे त्रास र जाेखिमकाे बिच पनि जाेखिम माेलेरै यतिबेला संचार संस्थाहरु सुचना प्रवाहमा अनवरत लागि परिरहेका छन् । यसरी जाेखिम माेलेर काम गर्ने संचारकर्मि र संचार संस्था प्रति सरकारकाे ध्यान पुग्न भने नसकेकाे अनुभुत हुन्छ । देश लकडाउन भएकाे छ याे बेला नागरिकलाई लकडाउनकाे पालना गराउन , अनुशानमा राख्न र निगरानी गर्न खटिने सुरक्षाकर्मीलाई तलब सहित प्राेत्साहन भत्ताकाे व्यवस्था गरेकाे छ । त्यसैगरि काेराेना संक्रमितकाे उपचाारमा खटिएका स्वास्थ्यकर्मीलाइ तलब सहित प्राेत्साहन भत्ता साथै जीवन बिमा समेत गरिदिएकाे छ । सरकारले गरेकाे याे काम अत्यन्त स्रहानिय छ । त्यसैैैैगरि काेराेना संक्रमणकाे जाेखिम माेलेरै संचार संस्थामा काम गरिरहेका संचारकर्मी र सुचना प्रवाह गरिरहेकाे संचार संस्थालाई भने सरकारले सम्झन समेत नभ्याएको जस्ताे देखियाे ।
कल्पना गर्नुस त ? यदि संचारकर्मी र संचारमाध्यमले पनि याे संकटकाे सामना गर्न नसकेर संचारमाध्यमहरु बन्द गरिदिने हाे र संचारकर्मी घर फर्किने हाे भने कस्ताे अवस्था सिर्जना हुन्छ हाेला ? संचार माध्यममले काेराेना संक्रमणबाट बच्न, बचाउन र यसको अवस्थाका बारेमा मात्र जानकारी दिने काम मात्र गरेकाे छैन, लकडाउनका कारण मानिसहरुमा देखा पर्न सक्ने मानसिक तथा सामाजिक समस्याबाट बच्न र त्यसका लागि गर्न सकिने क्रियाकलापका बारेमा सचेतना प्रदान गरिरहेकाे छ ।
यदि संचारमाध्यम सरकारकाे बेवास्ताका कारण संकटकाे सामना गर्न नसकि धमाधम बन्ध हुने परिस्थिति सिर्जना भए के हाेला ? के संचार संस्था र संचारकर्मीलाई परेकाे असरका बारेमा सरकारकाे ध्यान जानू पर्ला कि नपर्ला ? लकडाउनका कारण संचार संस्थाहरुकाे आम्दानी ठप्प भएसगै संचालन गर्न नसक्ने स्थितिमा पुगेका संचार संस्थाको अवस्था के हाेला ? अब ती संचार संस्थाले संचारकर्मीलाइ काम खटाउन सक्ला कि नसक्ला ? यस्ताे महामारीका समयमा सुचना प्रवाह गरेर सचेतना फैलाउने र नागरिकलाई सचेत गराउने काममा अहाेरात्र ज्यानकाे प्रवाह नगरि खटिने संचारकर्मीकाे विषयमा सरकारकाे ध्यान कहिले पुग्ला ? संचार माध्यमकाे आम्दानी ठप्प भएर संचार संस्थाकाे न्युनतम खर्च समेत धान्न नसकेर बन्द हुने अवस्थामा पुगेका संचारसंस्था प्रति सरकारकाे ध्यान पुग्न जरुरी छ । यस्ताे अबस्थामा पनि आफ्नाे कर्तब्य ठानेर सुचना प्रवाहमा खटिने संचारकर्मीकाे समस्या समाधान गरि उचित राहतको व्यवस्था गर्न सरकारको ध्यान पुगोस् ।