लकडाउनमा संचारमाध्यमको भूमिका

काठमाडौं – सुचना प्रवाहकाे एक मात्र प्रभावकारी माध्यम हाे संचार माध्यम । जसले एकै पटक विस्वभर एकै साथ सुचना पुर्‍याउन सक्छ । संचारमाध्यम कै कारण विश्वभरका घटनाकाे जानकारी घरमा बसेर थाहा पाउन सक्छन । सुचनाकाे हक नागरिककाे अधिकार हाे ।  नेपालकाे संविधानमा समेत सुचनाकाे हक व्यवस्था गरिएकाे छ ।

आजकाे युग संचारकाे युग हाे । संचारका साधन तथा प्रविधिका कारण संसार एउटा माेवाइल , ल्यापटप तथा कम्प्युटरमा सिमित भै सकेकाे छ । यसरी संसार एउटा माेवाइलमा खुम्चिएकाे बेला नेपालकाे परिवेश भने अलि फरक छ । नेपालमा प्रविधि त छ तर प्रविधिसँग नागरिकको पहुँच भने छैन । नेपालमा प्रभावकारी संचार माध्यम भनेकै रेडियो , टेलिभिजन ,पत्रपत्रिका र अनलाइन पत्रिका हाे ।

आज विश्व काेराेना भाइरस (काेभिड १९ ) काे संक्रमणका कारण आक्रान्त बनेकाे छ । याे बेला काेराेना संक्रमणकाे अवस्था कस्ताे छ ? कति मानिस संक्रमित भए ? कहाँ – कहाँ संक्रमण भयाे ? कतिले ज्यान गुमाए ? यसबाट बच्न के गर्न सकिन्छ ? जस्ता अाम नागरिककाे अनेकन प्रश्नहरुकाे जवाफका लागि  आशाकाे केन्द्रविन्दु भनेकाे  संचारमाध्यम नै हाे ।  नेपाली हरुकाे हकमा त्याे संचारमाध्यम कुन हाे त भन्दा रेडियो तथा टेलिभिजन नै हाे । काेराेना संक्रमणबाट बच्न विश्व नै लकडाउन भएकाे छ । नेपाल पनि लकडाउन भएकाे छ । यसरी लकडाउनका कारण लामाे समयसम्म घर बाहिर जान नपाउदा, सदा झै स्वतन्त्र भएर घुमफिरमा निक्लिन नसक्दा , अाफ्नाे नियमित कामकाजमा जान राेक लगाउदा र काेराेनाकाे त्रासका कारण मानव जीवनमा अनेकाै समस्याहरु देखा पर्न थालेका छन् । यस्ताे परिस्थितिमा समस्या समाधानका लागि सम्यमता धैर्यताकाे र अात्मबल एकमात्र साहारा भनेकै संचार माध्यम बन्न पुगेकाे छ  ।  यस्ताे संकटकाे समयमा सबै श्रेत्रमा प्रभाव अवस्य परेकाे छ । अन्य क्षेत्र जस्ले विश्राम लिन मिल्छ, जाे समय अनुकुल भएपछि पुनः संचालन गर्दा पनि फरक पर्दैन तर संचार माध्यम त्यस्ताे श्रेत्र हाे जसलाई विश्राम लिने र अनुकुल समय हेरेर संचालन गर्ने तथा बन्द गर्ने छुट छैन । याेे यस्ताे संस्था हाे जस्लेे जस्ताे सुकै समयमा पनि निरन्तर सुचना प्रभाह गरिरहनु पर्छ ।

त्यसै गरि हाल विश्वभर काेराेना संक्रमणकाे महामारी फैलिएको बेला संक्रमणकाे त्रास र जाेखिमकाे बिच पनि जाेखिम माेलेरै यतिबेला संचार संस्थाहरु सुचना प्रवाहमा अनवरत लागि परिरहेका छन् । यसरी जाेखिम माेलेर काम गर्ने संचारकर्मि र संचार संस्था प्रति सरकारकाे ध्यान पुग्न भने नसकेकाे अनुभुत हुन्छ । देश लकडाउन भएकाे छ याे बेला नागरिकलाई लकडाउनकाे पालना गराउन , अनुशानमा राख्न र निगरानी गर्न खटिने सुरक्षाकर्मीलाई तलब सहित प्राेत्साहन भत्ताकाे व्यवस्था गरेकाे छ । त्यसैगरि काेराेना संक्रमितकाे उपचाारमा खटिएका स्वास्थ्यकर्मीलाइ तलब सहित प्राेत्साहन भत्ता साथै जीवन बिमा समेत गरिदिएकाे छ । सरकारले गरेकाे याे काम अत्यन्त स्रहानिय छ । त्यसैैैैगरि काेराेना संक्रमणकाे जाेखिम माेलेरै संचार संस्थामा काम गरिरहेका संचारकर्मी र सुचना प्रवाह गरिरहेकाे संचार संस्थालाई भने सरकारले सम्झन समेत नभ्याएको जस्ताे देखियाे ।

कल्पना गर्नुस त ? यदि संचारकर्मी र संचारमाध्यमले पनि याे संकटकाे सामना गर्न नसकेर संचारमाध्यमहरु बन्द गरिदिने हाे र संचारकर्मी घर फर्किने हाे भने कस्ताे अवस्था सिर्जना हुन्छ हाेला ? संचार माध्यममले काेराेना संक्रमणबाट बच्न, बचाउन र यसको अवस्थाका बारेमा मात्र जानकारी दिने काम मात्र गरेकाे छैन, लकडाउनका कारण मानिसहरुमा देखा पर्न सक्ने मानसिक तथा सामाजिक समस्याबाट बच्न र त्यसका लागि गर्न सकिने क्रियाकलापका बारेमा सचेतना प्रदान गरिरहेकाे छ ।

यदि संचारमाध्यम सरकारकाे बेवास्ताका कारण संकटकाे सामना गर्न नसकि धमाधम बन्ध हुने परिस्थिति सिर्जना भए के हाेला ? के संचार संस्था र संचारकर्मीलाई परेकाे असरका बारेमा सरकारकाे ध्यान जानू पर्ला कि नपर्ला ? लकडाउनका कारण संचार संस्थाहरुकाे आम्दानी ठप्प भएसगै संचालन गर्न नसक्ने स्थितिमा पुगेका संचार संस्थाको अवस्था के हाेला ? अब ती संचार संस्थाले संचारकर्मीलाइ काम खटाउन सक्ला कि नसक्ला ? यस्ताे महामारीका समयमा सुचना प्रवाह गरेर सचेतना फैलाउने र नागरिकलाई सचेत गराउने काममा अहाेरात्र ज्यानकाे प्रवाह नगरि खटिने संचारकर्मीकाे विषयमा सरकारकाे ध्यान कहिले पुग्ला ? संचार माध्यमकाे आम्दानी ठप्प भएर संचार संस्थाकाे न्युनतम खर्च समेत धान्न नसकेर बन्द हुने अवस्थामा पुगेका संचारसंस्था प्रति सरकारकाे ध्यान पुग्न जरुरी छ ।  यस्ताे अबस्थामा पनि आफ्नाे कर्तब्य ठानेर सुचना प्रवाहमा खटिने  संचारकर्मीकाे  समस्या समाधान गरि उचित राहतको व्यवस्था गर्न सरकारको ध्यान पुगोस् ।

सिफारिस

राष्ट्रपतिले कतारी राजासँग गरे विपिन जोशी रिहाइको आग्रह, राजाले के भने ?

इजरायलमा हमासको आक्रमणपछि बेपत्ता विपिन जोशीको रिहाइका लागि पहल गरिदिन राष्ट्रपति रामचन्द्र पौडेलले कतारी राजासँग आग्रह गरेका छन्। दुई दिने राजकीय भ्रमणका क्रममा नेपाल आइपुगेका...

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्ने जस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम विन हमाद अल थानीबीच राष्ट्रपति भवन निवासमा शीतल निवासमा द्विपक्षीय भेटवार्ता सुरु भएको छ। सो...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

राष्ट्रपति पौडेल र कतारका राजाबीच के-के भए कुराकानी ?

राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई...

राष्ट्रपति पौडेल र कतारका राजाबीच शीतलनिवासमा भेट

राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर (राजा) शेख तमिम...

काठमाडौं आइपुगे कतारका राजा थानी (तस्वीरहरू)

कतारका अमिर शेख तमिम बिन हमाद अल थानी नेपाल...

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान

नेकपा एमालेले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई गणतन्त्र गौरव सम्मान प्रदान...

कतारका राजा आउने भएपछि सरकारले दियो भोलि सार्वजनिक बिदा

कतारका अमिर (राजा) शेख तमिम बिन हमाल अल थानी...

धेरै पढिएको