यसरी बन्दैछ टोखामा माघेसङ्क्रान्तिको लागि चाकु (तस्वीरहरू)

काठमाडौं – माघेसङ्क्रान्तिमा खाइने प्रमुख परिकारमध्ये एक हो, चाकु । विशेष गरी काठमाडौँ उपत्यकामा नेवार समुदायले मौलिक र परम्परागत ढङ्गले चाकु बनाउने गरेको छ । यसमा पनि  ऐतिहासिक, धार्मिक र पुरातात्विक महत्त्व बोकेको काठमाडौंको उत्तरी क्षेत्रमा अवस्थित टोखाबजारको चाकु प्रसिद्ध रहेको पाइन्छ ।

पोसिलो चाकुलगायतका मिठाई बनाएर बजारसम्म पुर्याउने परम्परादेखि नै टोखामा चाकु बनाउने चलन पुर्खाले चलाएको टोखा परम्परागत चाकु संरक्षण समाजका अध्यक्ष कृष्ण श्रेष्ठले बताए । टोखाको पहिचान चाकुको परिकार बनाउने उहाँको पुख्र्यौली व्यवसाय पुस्तान्तरण हुँदै पाँचौँ पुस्तासम्म आउँदा यसको चर्चा र खपतको दायरा पनि उत्तिकै फराकिलो भएको छ । विशेषगरी माघेसङ्क्रान्तिका दिन उसिनेको सखरखण्ड, पिँडालु, घिउ, चाकु खाने परम्परा नेपालीका हरेक घरमा छ ।

 अध्यक्ष श्रेष्ठ कात्तिकदेखि पुससम्म टोखाका चाकु उद्योगीलाई चाकु बनाउन भ्याइनभ्याइ हुने गरेको बताए। ‘टोखाका चाकु उद्योगीले वार्षिक ५० लाख रुपैयाँदेखि ६० लाख रुपैयाँ मूल्य बराबरको चाकु र उखुबाट बन्ने विभिन्न परिकार बिक्रीवितरण गर्दै आएका छन्’, उनले भने।

माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलनअनुसार यतिबेला काठमाडौंको टोखाका व्यवसायी चाकु र तिलका लड्डु बनाउन भ्याइनभ्याइ भएको हो। विशेष गरी नेवार समुदायमा माघेसङ्क्रान्ति पर्वमा चाकु खाने प्रचलन छ। टोखा नेवार समुदायको मुख्य बस्ती रहेको बजार हो।

टोखामा काठमाडौंका अन्यत्र स्थानको तुलनामा माघे सङ्क्रान्तिका लागि चाकु बढी उत्पादन हुने गर्दछ। माघे सङ्क्रान्ति पर्व आउन एक हप्तामात्र बाँकी रहँदा यहाँका उद्यमीलाई चाकु बनाउन भ्याइनभ्याइ देखिन्छ।

चाकु व्यवसायीले सादा चाकु, मसला चाकु, खुवा चाकु, स्पेसल चाकु, तिलको कालो, सेतो लडडु बनाउँछन् ।

यतिबेला टोखाको श्रीकृष्ण चाकु उद्योगमा ३० भन्दा बढी कामदारल चाकु उत्पादनको कार्यमा खटिएका छन्। उक्त चाकु उद्योगकी सञ्चालिका सन्तमाया श्रेष्ठ तिहारपछि आफू चाकु उत्पादनमा लागेको र अहिलेसम्म निरन्तर काम गरिरहेको बताए। आफूले चार पुस्तादेखि निरन्तर चाकु बनाउँदै आएको उनको भनाइ थियो।

चाकु चिसो लागेका बेला पनि खाने गरिन्छ। चाकु खाँदा शरीरमा धेरै फाइदा हुनाका साथै रोगसँग लड्नसक्ने क्षमता विकास हुने र बालबालिकादेखि बूढाबूढीलाई जाडो महिनामा चाकु खुवाउँदा राम्रो हुने मान्यता छ।

भिडियो हेर्नुस् 

     

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको