निर्वाचनको लागि नेपाल प्रहरीले माग्यो १४ सय गाडी, ९९ हजार म्यादी प्रहरी भर्ना

गृह मन्त्रालयमा सोमबार स्थानीय तह निर्वाचन पूर्वका सुरक्षा सरोकारका विषय र निर्वाचन सुरक्षाका लागि आवश्यक पर्ने स्रोत साधनको आकलन तथा व्यवस्थापनबारे छलफल भएको छ ।

गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा सोमबार बसेको बैठकमा संघीय मामलामन्त्री राजेन्द्र श्रेष्ठ, गृहसचिव टेकनारायण पाण्डे, रक्षा मन्त्रालयका सचिव वेगेन्द्रराज शर्मा पौडेल, अर्थसचिव मधु मरासिनी, संघीय मामलासचिव सुरेश अधिकारी, परराष्ट्रसचिव भरत शर्मा पौड्याल, सेनाका रथी बालकृष्ण कार्की, सशस्त्रका महानिरीक्षक शैलेन्द्र खनाल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख गणेशप्रसाद अधिकारी, नेपाल प्रहरीका अतिरिक्त महानिरीक्षक सहकुलबहादुर थापालगायतको सहभागिता थियो ।

बैठकमा सुरक्षा निकायका अधिकारीहरूले निर्वाचनका लागि आवश्यक स्रोत–साधनको आकलन पेस गरेको गृहप्रवक्ता प्रदीपकुमार कोइरालाले बताए । अर्थसचिव मरासिनीले आवश्यक बजेट र सरकारसँग रहेको बजेटबारे जानकारी गराएका थिए ।

आगामी निर्वाचनको तयारीका लागि नेपाल प्रहरीले हतियारदेखि गाडीसम्मको माग गरेको छ । प्रहरी प्रधान कार्यालयले सोमबार गृह मन्त्रालयमा यससम्बन्धी प्रस्ताव गरेको हो । निर्वाचनका लागि साना र ठूला गरेर एक हजार चार सय थप गाडी आवश्यक हुने प्रहरीले जनाएको छ । त्यसमध्ये कतिपय खरिद तथा कतिपय भाडामा लिन सकिने उल्लेख छ ।

निर्वाचनका लागि हतियारसमेत अपुग रहेको भन्दै प्रहरीले खरिदको प्रस्ताव पनि गरेको गृह मन्त्रालय स्रोतले जनाएको छ । त्यस्तै, करिब ६ सय सञ्चार सेटसमेत माग गरेको छ । म्यादी प्रहरी भर्ना तथा अन्य बन्दोबस्तीका सामान खरिदका लागि करिब १४ अर्ब बजेट चाहिने प्रहरीको प्रस्ताव छ ।

प्रहरीले दिएको विवरणअनुसार कुनै पनि निर्वाचन एकै चरणमा गर्नुपरे सात हजार सुरक्षाकर्मीको अभाव हुन्छ । ९९ हजार म्यादी प्रहरी भर्ना गर्नुपर्ने हुन्छ । कम्तीमा एक साताको फरकमा दुई चरणको निर्वाचन भए जनशक्ति पर्याप्त हुने र म्यादी प्रहरी पनि कम आवश्यक हुने प्रहरीको विश्लेषण छ ।

अहिले निर्वाचन आयोगले मतदाता नामावली संकलन गरिरहेको छ । यसका लागि २० पुससम्मको समय तोकिएको छ । त्यसपछि मात्रै निर्वाचनको प्रक्रिया अघि बढ्नेछ ।

सिफारिस

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

भर्खरै

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

धेरै पढिएको