नेपाल-भारत ऊर्जा सहकार्यमा तीव्रता, प्रसारण लाइन विस्तारले नयाँ गति लिने

काठमाडौं – नेपाल र भारतबीच ऊर्जा आदान-प्रदानलाई थप प्रभावकारी बनाउन विभिन्न प्रसारण लाइन विस्तार योजनाहरूलाई तीव्रता दिने तयारी भएको छ। हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय प्रसारण लाइन ढल्केबर-मुजफ्फरपुर ४०० के.भी. भोल्टेजबाट बिजुली आयात-निर्यातको क्षमता ६०० मेगावाटबाट १००० मेगावाट पुर्‍याउने लक्ष्य राखिएको छ।

त्यसैगरी, नेपाल-भारतबीचको झुलाघाट (नेपाल)–जौलजीबी (भारत) अन्तरदेशीय प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (DPR) आगामी मार्चसम्म तयार गर्ने र २०२७ सम्ममा आवश्यक निर्माण सम्पन्न गर्ने निर्णय भएको छ।

१०० के.भी. भोल्टेजको अन्तरदेशीय प्रसारण लाइन इन्चुवा-न्यू पूर्णिया खण्डको निर्माण २०२८/२९ भित्र सम्पन्न गरिनेछ भने दोधारा-काँकडभिट्टा–बरेली प्रसारण लाइन २०२८/२९ सम्म सकिनेछ।

यसैगरी, ढल्केबर–सितामढी ४०० के.भी. प्रसारण लाइन २०२९ सम्म सम्पन्न गर्ने योजना रहेको छ भने बुटवल–गोरखपुर ४०० के.भी. प्रसारण लाइन पनि सोही समयमा सम्पन्न गरिनेछ।

निजगढ (बारा, नेपाल)–मोतीहारी (भारत) ४०० के.भी. प्रसारण लाइन २०३२ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने कोहलपुर–लखनउ ४०० के.भी. प्रसारण लाइन २०३४ सम्म बनाइसक्ने योजना रहेको छ।

संयुक्त उपक्रममार्फत परियोजनाहरूको निर्माण

नेपाल-भारत ऊर्जा सहकार्यलाई थप प्रभावकारी बनाउन कम संख्यामा ७८ को आयोजनालाई नयाँ मोडेलमा निर्माण गर्ने निर्णय गरिएको छ।

नेपालतर्फको प्रसारण लाइनका लागि नेपाल विद्युत प्राधिकरण र पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेड बीच संयुक्त उपक्रम कम्पनी गठन गरिनेछ। भारततर्फको प्रसारण लाइन निर्माणका लागि पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेड र नेपाल विद्युत प्राधिकरण बीच संयुक्त उपक्रम कम्पनी बनाइनेछ।

नेपालमा बहुपक्षीय परियोजना निर्माण र व्यवस्थापनका लागि मन्त्रिस्तरीय बैठकमार्फत ठोस निर्णय गरिएको छ, जसले नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

सिफारिस

माघ ४ गतेदेखि नेपाली सेनाको फोटो तथा बृहत् प्रदर्शनी

काठमाडौं - नेपाली सेनाले सेनादिवसको अवसर पारेर मिति २०८२ माघ ४ गतेदेखि ७ गतेसम्म जङ्गी अड्डामा नेपाली सेना फोटो तथा बृहत् प्रदर्शनी–२०८२ आयोजना गर्ने...

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको छ । इन्डियन आइडल सिजन ३ का विजेता गायक तथा नेपाली फिल्मका नायक प्रशान्त तामाङको...

संखुवासभाका ८० प्रतिशत प्रतिनिधि नियमित महाधिवेशनकै पक्षमा, सभापतिलाई लेखे यस्तो पत्र

काठमाडौं - नेपाली कांग्रेसको १५ औँ महाधिवेशन विशेष नभई नियमित महाधिवेशनमार्फत सम्पन्न गर्न माग गर्दै संखुवासभा जिल्लाका ८० प्रतिशत महाधिवेशन प्रतिनिधिहरूले पार्टी केन्द्रीय समितिलाई...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

चर्चित गायक प्रशान्त तामाङको निधन

काठमाडौं - नेपालको चर्चित गायक प्रशान्त तामाङको मृत्यु भएको...

माघेसंक्रान्ति नजिकिँदै गर्दा कालीमाटीमा तरुल किनबेचको चहलपहल (तस्बिरहरू)

माघेसंक्रान्ति नजिकिँदै जाँदा उपत्यकाको प्रमुख तरकारी बजार कालीमाटी मा...

कांग्रेसका २९ केन्द्रीय सदस्यको अपिल : विवाद तत्काल अन्त्यगरी निर्वाचनमा जाने वातावरण बनाइयोस

काठमाडौं - नेपाली कांग्रेसका २९ जना केन्द्रीय नेताहरूले पार्टीभित्र...

विशेष महाधिवेशन माग्नु पार्टी फुटाउने प्रयास होइन : गगन थापा

काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विशेष महाधिवेशनको...

मन्त्री पदबाट राजीनामा दिएँ, अब राजनीतिक यात्रामा होमिन्छु : कुलमान घिसिङ

काठमाडौं - जेन–जी आन्दोलनपछि गठन भएको सरकारमा ऊर्जा, जलस्रोत...

धेरै पढिएको