नेपाल-भारत ऊर्जा सहकार्यमा तीव्रता, प्रसारण लाइन विस्तारले नयाँ गति लिने

काठमाडौं – नेपाल र भारतबीच ऊर्जा आदान-प्रदानलाई थप प्रभावकारी बनाउन विभिन्न प्रसारण लाइन विस्तार योजनाहरूलाई तीव्रता दिने तयारी भएको छ। हाल सञ्चालनमा रहेको पहिलो अन्तरदेशीय प्रसारण लाइन ढल्केबर-मुजफ्फरपुर ४०० के.भी. भोल्टेजबाट बिजुली आयात-निर्यातको क्षमता ६०० मेगावाटबाट १००० मेगावाट पुर्‍याउने लक्ष्य राखिएको छ।

त्यसैगरी, नेपाल-भारतबीचको झुलाघाट (नेपाल)–जौलजीबी (भारत) अन्तरदेशीय प्रसारण लाइनको विस्तृत परियोजना प्रतिवेदन (DPR) आगामी मार्चसम्म तयार गर्ने र २०२७ सम्ममा आवश्यक निर्माण सम्पन्न गर्ने निर्णय भएको छ।

१०० के.भी. भोल्टेजको अन्तरदेशीय प्रसारण लाइन इन्चुवा-न्यू पूर्णिया खण्डको निर्माण २०२८/२९ भित्र सम्पन्न गरिनेछ भने दोधारा-काँकडभिट्टा–बरेली प्रसारण लाइन २०२८/२९ सम्म सकिनेछ।

यसैगरी, ढल्केबर–सितामढी ४०० के.भी. प्रसारण लाइन २०२९ सम्म सम्पन्न गर्ने योजना रहेको छ भने बुटवल–गोरखपुर ४०० के.भी. प्रसारण लाइन पनि सोही समयमा सम्पन्न गरिनेछ।

निजगढ (बारा, नेपाल)–मोतीहारी (भारत) ४०० के.भी. प्रसारण लाइन २०३२ सम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ भने कोहलपुर–लखनउ ४०० के.भी. प्रसारण लाइन २०३४ सम्म बनाइसक्ने योजना रहेको छ।

संयुक्त उपक्रममार्फत परियोजनाहरूको निर्माण

नेपाल-भारत ऊर्जा सहकार्यलाई थप प्रभावकारी बनाउन कम संख्यामा ७८ को आयोजनालाई नयाँ मोडेलमा निर्माण गर्ने निर्णय गरिएको छ।

नेपालतर्फको प्रसारण लाइनका लागि नेपाल विद्युत प्राधिकरण र पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेड बीच संयुक्त उपक्रम कम्पनी गठन गरिनेछ। भारततर्फको प्रसारण लाइन निर्माणका लागि पावर ग्रिड कर्पोरेशन अफ इन्डिया लिमिटेड र नेपाल विद्युत प्राधिकरण बीच संयुक्त उपक्रम कम्पनी बनाइनेछ।

नेपालमा बहुपक्षीय परियोजना निर्माण र व्यवस्थापनका लागि मन्त्रिस्तरीय बैठकमार्फत ठोस निर्णय गरिएको छ, जसले नेपाल-भारत ऊर्जा सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने विश्वास लिइएको छ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको