काठमाडौं महानगरपालिकाद्वारा पूर्वराजा ज्ञानेन्द्रलाई ७ लाख ९३ हजार जरिवाना

काठमाडौं – काठमाडौं महानगरपालिकाले पूर्वराजा ज्ञानेन्द्र शाहलाई विभिन्न शीर्षकमा ७ लाख ९३ हजार रुपैयाँ जरिवाना तोकेको छ। महानगरपालिकाले शुक्रबार तीनकुने क्षेत्रमा भएको क्षतिको विवरणसहित निर्मल निवासलाई जरिवानाको पत्र पठाएको हो।

महानगरपालिकाका अनुसार पूर्वराजा ज्ञानेन्द्रको उपस्थितिमा तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा सार्वजनिक सम्पत्तिमा क्षति पुगेको छ। जरिवानाका प्रमुख शीर्षकहरू निम्नानुसार छन्:

१. कोटेश्वर, महादेवस्थान, तीनकुने, जडीबुटी, बालकुमारी र सिनामंगल क्षेत्रमा सडक तथा सडकपेटीमा फोहोरमैला फालिएको आरोपमा प्रति स्थान १ लाख रुपैयाँ जरिवाना।
२. महानगरको दमकलमा क्षति पुर्‍याएको भन्दै १ लाख ३० हजार रुपैयाँ जरिवाना।
३. तीनकुने क्षेत्रमा रहेको रुख, बिरुवा तथा रेलिङ तोडफोड गरेको आरोपमा ४० हजार रुपैयाँ जरिवाना।
४. तीनकुनेको आइल्याण्डमा तोडफोड गरेको भन्दै २३ हजार रुपैयाँ जरिवाना।

यसअघि पनि काठमाडौं महानगरपालिकाले सार्वजनिक स्थलमा फोहोरमैला तथा क्षति पुर्‍याएको भन्दै विभिन्न दलहरूलाई जरिवाना गरिसकेको छ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई १ लाख रुपैयाँ तथा नेकपा एमालेलाई दरबारमार्गमा जागरण सभा गर्दा फोहोरमैला गरेको भन्दै १ लाख रुपैयाँ जरिवाना गरिएको थियो।

महानगरले सार्वजनिक सम्पत्तिको सुरक्षा र सरसफाइ कायम राख्न सबै पक्षलाई कानुनअनुसार कारबाही गर्ने चेतावनी दिएको छ।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको