पुस्तक विमोचन र सम्मान गर्दै अमेरिकाको रकी माउन्टेन संस्थाले यसरी मनायो नेपाली नयाँ वर्ष

कोलोराडो, अमेरिका : अमेरिकामा नेपाली नयाँ वर्ष कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ । अमेरिकाको कोलोराडोमा स्थापित रकी माउन्टेन फ्रेण्ड्स अफ नेपाल (आरएमएफएन) संस्थाको आयोजनामा चर्चित गायक विमल डाँगीको प्रस्तुती, कलाकार, साहित्यकार र पत्रकारलाई सम्मान तथा रकी माउन्टेन संस्थाको इतिहास र विरासत समेटिएको पुस्तक विमोचन गर्दै कार्यक्रम भव्य रुपमा सम्पन्न भएको हो ।

संस्थाकी अध्यक्ष आकृति राई अधिकारीको सभापतित्वमा भएको कार्यक्रमको प्रमुख अतिथी प्राध्यापक डाक्टर विजय शर्मा र विशेष अतिथी चर्चित अमेरिकी अधिवक्ता बासु फुलारा, गायक विमल डाँगी, साहित्यकार पदम विश्वकर्मा रहेका थिए ।

प्रमुख अतिथी रहेका प्रा.डा. शर्माले पानसमा बत्ती बालेर उद्घाटन गरेको कार्यक्रममा संस्थाका निवर्तमान अध्यक्ष अर्जुन बगालेले सबै अतिथी, विशेष अतिथी, प्रमुख अतिथी, कलाकार, साहित्यकार, पत्रकार तथा नेपाली दाजुभाई तथा दिदीबहिनीलाई स्वागत गर्दै मन्तव्य दिएका थिए । उनले विगत दुई वर्षमा संस्थालाई चलायमान बनाउँदै पुस्तक प्रकाशित गरेर इतिहास लेख्ने महत्वपूर्ण काम भएको भन्दै आफू निवर्तमान अध्यक्षका रुपमा संस्थाको हितमा सक्रिय रहिरहने बताए ।

निवर्तमान अध्यक्ष बगालेको कार्यकालमा भएका उपलब्धी तथा कोलोराडोको पहिलो नेपाली संस्था ‘रकी माउन्टेन फ्रेण्डस अफ नेपालको विकास र विरासत’ समेटिएको पुस्तक विमोचनबाट कार्यक्रमको सुरुवात भएको थियो । प्रमुख अतिथी, विशेष अतिथी र अतिथीहरुले पुस्तक विमोचन गरेपछि कार्यक्रममा सहभागीलाई पनि पुस्तक बाँडिएको थियो ।

त्यसपछि कोलोराडोमा रहेका स–साना बालबालिका र किशोरकिशोरीको नृत्य प्रस्तुत गरिएको थियो । संस्थाका महासचिव तेजप्रसाद ढकाल र कुशल प्रस्तोता तारा अधिकारीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख आकर्षण गायक विमल डाँगी, साहित्यकार पदम विश्वकर्मा, पत्रकार नातीबाबु भट्ट र आरएमएफएनका पूर्वअध्यक्ष टीका पौडेललाई सम्मान गरिएको थियो।

साहित्यकार विश्वकर्माको नेतृत्वमा रहेको सम्पादक मण्डलले नै रकी माउन्टेन संस्थाको विकास र विरासत पुस्तक लेखन तथा सम्पादन गरेको थियो । सोही योगदानका लागि उनलाई सम्मान गरिएको संस्थाका निवर्तमान अध्यक्ष बगालेले बताए । यस्तै कोलोराडोमा हुने सबैजसो कार्यक्रम तथा गतिविधिलाई ‘कोलोराडोखबर’मार्फत सम्प्रेषित गरेर महत्वपूर्ण योगदान गरेकोमा पत्रकार भट्टलाई सम्मान गरिएको उनको भनाई थियो ।

‘अमेरिकाको व्यस्त जीवनशैली र काम हुँदाहुँदै पनि नेपाली समुदायलाई माया गरेर सहयोग गर्ने, संघ संस्थाका काममा सक्रिय हुने, सँधै नेपाली मन बनाएर निस्वार्थ सहयोग गर्ने कलाकार, साहित्यकार, पत्रकार र समाजसेवीलाई नेपाली नयाँ वर्षको सेलिब्रेसन कार्यक्रममा सम्मान गर्न पाउँदा खुशी छौँ’ निवर्तमान अध्यक्ष बगालेले भने ।

कार्यक्रममा सम्मानित हुन पाउँदा खुशी लागेको र अझै नेपाली समुदायको हितमा कलम चलाउने ऊर्जा मिलेको साहित्यकार विश्वकर्माले बताए । उनले पुस्तक प्रकाशित गरेर रकी माउन्टेन संस्थाले आफ्नो इतिहास र विरासत नयाँ पुस्तालाई सुम्पिएको र त्यसको सम्पादन आफूले गर्न पाउँदा गर्व लागेको पनि बताए ।

प्रमुख अतिथी डा।शर्माले कोलोराडोमा रहेका सबै नेपालीहरुको एकता, भातृत्व, नेपालीपन कायम राख्न रकी माउन्टेन संस्थाले महत्वपूर्ण योगदान गर्दै आएको बताए । संस्थाका कार्यक्रम, उपलब्धी र ऐतिहासिक कामको दस्तावेज राख्ने महत्वपूर्ण कामको सुरुवात भएको भन्दै उनले आगामी दिनमा यसलाई निरन्तरता दिन पनि आग्रह गरे ।

कार्यक्रमकी सभापतिसमेत रहेकी संस्थाकी अध्यक्ष आकृति राई अधिकारीले नेपाली व्यवसायी दिनेश भट्टराईले सञ्चालन गरेको अल्ट्रा लजमा भएको कार्यक्रम सम्पन्न गर्न सहयोग गर्ने टाइटल स्पोन्सर रियलस्टर ओम पोक्वाल, गोल्ड स्पोन्सर भट्टराई दम्पति, सिल्भर स्पोन्सर रोहिणी शर्मा र निर्मला अर्याल लगायत सबै अतिथी, सहभागीलाई धन्यवाद दिइन् ।

यो कार्यक्रमले आगामी कार्यक्रम गर्न ऊर्जा मिलेको पनि उनले बताइन् । औपचारिक कार्यक्रमपश्चात गायक तथा कलाकार विमल डाँगी, सम्झना पाण्डेय र उमेश विश्वकर्मा विशेष साँझ सुमधर बन्यो ।

पछिल्लो समय कोलोराडोमा उदाउँदै गरेका गायक उमेश विश्वकर्माले ‘पोखरामा साइली’ लगायतका गीत गाउँदै दर्शकलाई तताए । गायिका सम्झना पाण्डेयले दर्शकलाई जुरुक्कै उठाउँदै छमछमी नचाइन् । माहोल तात्दै गएपछि न्युयोर्कबाट झरेर कोलोराडोको स्टेजमा जब गायक विमल डाँगी चढे, अनि दर्शकलाई के चाहियो र रु

आफ्नो चर्चित गीत ‘पानसमा बत्ती बालेको’देखि ‘असल साथी बन्न त पाइएला’, ‘कान्छी ए कान्छी।।’ गीत गाउँदै दर्शक नचाएका थिए । उनले गीत गाउन थालेपछि कार्यक्रमका प्रमुख अतिथी, विशेष अतिथी, अतिथी लगायत सबै स्टेजमा नाचेका थिए । अमेरिकाका थुप्रै सहरमा प्रस्तुती दिइसकेका गायक डाँगीले पहिलोपटक कोलोराडोमा आउँदा नेपाली दाजुभाई दिदीबहिनीसँग गीत गाउँदै रमाइलो कार्यक्रम भएकोमा आयोजकलाई धन्यवाद दिएका थिए ।

उनका गीतमा दर्शक झुमेपछि केही गीतहरु गायक डाँगी र गायिका सम्झना पाण्डेले पनि संयुक्त रुपमा गाएका थिए । जसले कार्यक्रमका सहभागीलाई उत्साहित भएर नाच्न र कार्यक्रमको माहोल भव्य बनाउन पनि सहयोग पुगेको थियो ।

कार्यक्रममा आफ्नो प्रस्तुती दिएका गायक, कलाकार तथा बाल नृत्यकारलाई प्रोत्साहनस्वरुप नगद पुरस्कार दिइएको थियो । नेपाली नयाँ वर्ष विशेष कार्यक्रम भएकाले कोलोराडोमा रहेका सयौँ नेपाली कार्यक्रममा सहभागी भएर रमाइलो गर्दै आपसी भेटघाट, मित्रता र एकता कायम राख्न महत्वपूर्ण सहयोग पुगेको प्रतिक्रिया दिएका थिए ।

सिफारिस

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न भएको छ। प्रतियोगितामा अन्डर–११ छात्र, अन्डर–११ छात्रा, अन्डर–१२ छात्र तथा अन्डर–१४ छात्र विधामा विभिन्न विद्यालयका...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा नेपाल भ्रमणमा आएका बंगलादेश फोटो पत्रकार संघका अध्यक्ष एकेएम मोहसिनको नेतृत्वमा रहेका १२ जना वरिष्ठ...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका प्रख्यात धार्मिक तथा पर्यटकीय क्षेत्र हो । धर्तीको भू—स्वर्गको रूपमा परिचित बडीमालिकामा पछिल्लो समय पर्यटकको...

3 COMMENTS

भर्खरै

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

नेपाल मोबाइल वितरक संघको दशौँ साधारण सभा सम्पन्न

काठमाडौँ -नेपाल मोबाइल वितरक संघको दशौँ वार्षिक साधारण सभा...

प्रधान सेनापतिद्वारा पदोन्नति भएका अधिकृतलाई दर्ज्यानी चिन्ह प्रदान

काठमाडौँ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

आहा ! मनमोहक रसुवाको भाङ्गे झरना (तस्वीरहरू)

रसुवा – सडकको एकछेउ त्रिशूली नदी आफ्नै वेगमा सुसाइरहेको...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय सिनियर फुटसल प्रतियोगिता सुरु

काठमाडौं - स्वस्तिश्री गुरुकुल आई.बी. कन्टिन्युम स्कुलको आयोजनामा ८औँ...

धेरै पढिएको