उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगिता: इष्टपोल एकेडेमी टिम प्रथम

काठमाडौँ – जोरपाटी उसु क्वानको आयोजना तथा गोकर्णेश्वोर नगरपालिकाको आर्थिक सहयोगमा बैशाख २७ गतेदेखि सुरु भएको चौथो उपत्यकाव्यापी क्वान स्तरीय खुल्ला जुनियर उसु प्रतियोगिता–२०८२ सफलता पूर्वक सम्पन्न भएको छ। तीन दिनसम्म (बैशाख २७–२९) गोकर्णेश्वर नगरपालिकाको आफ्नै हलमा प्रतियोगिता सम्पन्न भएको हो।

समापन समारोहका प्रमुख अतिथि नगर प्रमुख दिपक रिजाल, विशेष अतिथि नगर उपप्रमुख सान्नानी लामा, युवा तथा खेलकुद विकास समिति अध्यक्ष सन्जय लामा, नेपाल उसु महासंघका महासचिव नवराज ढुंगाना विश्वास लगायत अतिथिहरूले विजेता खेलाडीहरूलाई पदक तथा प्रमाणपत्र वितरण गरे।

प्रतियोगितामा इष्टपोल एकेडेमी टिमले १० स्वर्ण, २ रजत र ३ कास्य पदकसहित पहिलो स्थान हासिल गर्‍यो। मनमैजु उसु क्वान टिमले ७ स्वर्ण, ११ रजत र ४ कास्य पदकसहित दोस्रो स्थान प्राप्त गर्‍यो भने आयोजक जोरपाटी उसु क्वान टिमले ६ स्वर्ण र ७ कास्य पदकसहित तेस्रो स्थानमा सन्तोष मान्यो।

जोरपाटी उसु क्वानका अध्यक्ष तथा कार्यक्रम संयोजक नारायण श्रेष्ठले प्रतियोगिताको चौथो संस्करणसम्म आइपुग्दा अत्यधिक र उत्कृष्ट स्तरका जुनियर खेलाडीहरूको सहभागिता भएको जानकारी दिए।

थाओलु विधामा पुरुषतर्फ रिदम गोले र महिलातर्फ बबिता ठाडा मगर उत्कृष्ट खेलाडी घोषित भए। दुवै इष्टपोल एकेडेमीका हुन्।
त्यस्तै सान्दा विधामा पुरुषतर्फ सन्जिब तामाङ (निन्जा उसु क्वान) र महिलातर्फ आरती गोम्बो (मनमैजु उसु क्वान) उत्कृष्ट खेलाडी घोषित भएको प्राविधिक संयोजक शैलेन्द्र श्रेष्ठले जानकारी दिए।

कार्यक्रमको अन्त्यमा श्रेष्ठले सहभागी सम्पूर्ण क्वान, विद्यालय, खेलाडी तथा प्रशिक्षकलाई धन्यवाद दिँदै आगामी वर्ष प्रतियोगितालाई अझ व्यवस्थित र उत्कृष्ट रूपमा आयोजना गर्ने प्रतिबद्धता जनाए।

सिफारिस

नाकाबन्दी कै झल्को दिने गरी ग्यास लिनेको लाइन (तस्वीरहरू)

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको अभाव देखिन थालेको छ। यसको प्रभाव देखिएपछि नेपालमा पनि असर पर्न थालेको छ। नेपाल आयल निगमले...

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म भइरहेको छ । तुँवालो अर्थात वायु प्रदूषणले वातावरण विग्रिएको छ । तस्बिर : टार्जन लिम्बु,नेपाल...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई थप प्रगाढ बनाउने उद्देश्यका साथ 'चीन–नेपाल मार्सल आर्ट तथा सांस्कृतिक आदानप्रदान' कार्यक्रममा सहभागी हुन नेपालको...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

प्राविधिक उपसेनानीलाई दर्ज्यानी चिन्ह प्रदान (तस्वीरहरू)

काठमाडौं - प्राविधिक अधिकृत आधार तालिम सफलतापूर्वक सम्पन्न गरेका...

जेनजी आन्दोलन घटनाबारे जाँचबुझ आयोगले सरकारलाई बुझायो प्रतिवेदन (तस्वीरहरू)

जेनजी आन्दोलनका क्रममा भएका घटनाबारे छानबिन गर्न गौरीबहादुर कार्कीको...

निर्वाचित भएपछिको बालेनको मुस्कान (तस्वीरहरू)

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाहले झापा...

प्रतिनिधिसभा निर्वाचन : उपत्यकामा शान्तिपूर्ण रूपमा मतदान प्रक्रिया जारी (तस्वीरहरू)

आज देशभर प्रतिनिधिसभा सदस्यका लागि मतदान जारी छ। काठमाडौँ...

धेरै पढिएको