सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी असई कुन्जाङको विशेष बढुवा

सोमबार सगरमाथा आरोहण गरेकी नेपाल प्रहरीकी सहायक निरीक्षक (असई) कुन्जाङ छोपेल शेर्पाको विशेष बढुवा भएको छ। बुधबार प्रहरी महानिरीक्षक दीपक थापाको अध्यक्षतामा बसेको बैठकले शेर्पालाई प्रहरी नायव निरीक्षक (सई) मा बढुवा गर्ने निर्णय गरेको हो।

शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथा सफलतापूर्वक आरोहण गरी संगठनको गौरव बढाउन सफल भएको भन्दै उनको विशेष बढुवा गरिएको प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।

शेर्पाले सोमबार बिहान ८:५६ बजे सफलतापूर्वक सगरमाथा आरोहण गरेकी थिइन्। कुन्जाङ सगरमाथा चढ्ने पहिलो महिला प्रहरी अधिकारी हुन्। उनले महिला तथा बालबालिका सम्बन्धि हुने हिंसाविरुद्ध सन्देश दिन सगरमाथा आरोहण गरेको प्रवक्ता थापाले बताए।

आरोही शेर्पाले सगरमाथाको चुचुरोमा नेपालको राष्ट्रिय झन्डासहित नेपाल प्रहरी तथा लैङ्गिक हिंसा विरुद्धको नारा सहितको ब्यानर फहराउन सफल भएकी छिन्।

प्रहरी महानिरीक्षक थापाले २०८१ चैत २५ गते निर्देशन तथा शुभकामनासहित झन्डा हस्तान्तरण गरेका थिए। प्रहरी सहायक निरीक्षक कुन्जाङ छोपेल शेर्पासहितको आरोहण दल २०८१ चैत २८ गते काठमाडौँबाट प्रस्थान गरेको थियो।

यसअघि नेपाल प्रहरीको प्रतिनिधित्व गर्दै पहिलो पटक प्रहरी वरिष्ठ नायव निरीक्षक पुरुषोत्तम नेपालीले २०८० जेठ २ गते मंगलबार बिहान १०ः१५ बजे विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए।

२०३१ सालमा नेपाल प्रहरीको ९ सदस्यीय टोलीले ६९२० मिटर उचाइको टुकुचे हिमाल सफलतापूर्वक आरोहण गरेको थियो। २०३३ असोज १६ गते नेपाल प्रहरी कर्मचारीको २७ सदस्यीय टोली र २०४१ भदौ २६ गते नेपाल प्रहरी महिला दलको ३१ सदस्यीय टोलीले ६११९ मिटर उचाइको लोबुचे हिमाल आरोहण गरेका थिए।

सिफारिस

स्वास्थ्यकर्मी र चिकित्सकबीच सहमति, आन्दोलन स्थगित

काठमाडौं- स्वास्थ्यकर्मीमाथि भएका कुटपिट तथा दुर्व्यवहारका घटनापछि उत्पन्न विवाद समाधानका लागि सरकार र नेपाल चिकित्सक संघबीच पाँचबुँदे सहमति भएको छ। बुधबार स्वास्थ्य तथा खाद्य स्वच्छता...

कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस भएका मानबहादुर कार्कीलाई अनुमोदन गरेको छ । बुधबार बसेको समितिको बैठकले...

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा भारत भ्रमणको निम्तो दिएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले प्रधानमन्त्री बालेनलाई भारत भ्रमणका लागि...

1 COMMENT

भर्खरै

कार्कीसहित तीनै जना निर्वाचन आयुक्त सुनुवाइ समितिबाट अनुमोदित (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

प्रधानमन्त्री बालेनलाई भारत भ्रमणको निम्तो

भारत सरकारले नेपालका प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’लाई औपचारिक रूपमा...

समितिमा प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनुवाइ, कसले के भने ? (तस्वीरहरू)

काठमाडौं - संसदीय सुनुवाइ समिति (संयुक्त) ले निर्वाचन आयोगको...

रहेनन् कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठ

नेपाली कांग्रेसका वरिष्ठ नेता तथा पूर्वउपप्रधानमन्त्री गोपालमान श्रेष्ठ को...

सांसदहरूको स्वकीय ब्युँताउने निर्णयमा सर्वोच्चले के भन्यो ?

काठमाडौं - सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका...

धेरै पढिएको