दक्षिण कोरियाको राष्ट्रपतिमा ली जे म्युङ विजयी

दक्षिण कोरियाकाे राष्ट्रपति पदमा विपक्षी डेमोक्र्याटिक पार्टीका उम्मेदवार ली जे म्युङ विजयी भएका छन्।

मंगलबार भएको निर्वाचनमा सत्तारुढ दलका किम मुन सुलाई हराउँदै उनी राष्ट्रपति चुनिएका हुन्।

६ महिनाअघि देशमा सैनिक शासन लागु गर्ने प्रयास गरेका तत्कालीन राष्ट्रपति युन सुक-योल महाभियोगबाट बर्खास्त गरिएपछि दक्षिण कोरियामा निर्वाचन गरी नयाँ राष्ट्रपति चुनिएको हो।

६१ वर्षीय ली तीन वर्षअघि उनै युन सुक योलसँग थोरै मातान्तरले मात्र हारेका थिए। बीबीसीका अनुसार अहिले भने उनले अप्रत्याशित जित हासिल गरेका हुन्।

उनका मुख्य प्रतिद्वन्द्वी युनको मन्त्रिपरिषद्का पूर्वसदस्य किम मुन सुले बुधबार बिहान हार स्वीकार गर्दै विजयी लीलाई बधाई दिएका छन्।

दक्षिण कोरियाका नयाँ राष्ट्रपतिका लागि सबैभन्दा ठूलो चुनौती अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पको भन्सार शुल्कसँग जुध्नु हुनेछ।

ट्रम्पले दक्षिण कोरियाबाट आउने स्टिलमा ५० प्रतिशत कर लगाउने घोषणा गरेका छन्। दक्षिण कोरिया अमेरिकामा स्टिल निर्यात गर्ने चौथो ठूलो देश हो।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको