चीन भ्रमण उपलब्धिमूलक रह्यो : मन्त्री खड्का

काठमाडौँ – ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले चीनको एक हप्ते औपचारिक भ्रमण सम्पन्न गरी स्वदेश फर्किएका छन्। मन्त्री खड्काले भ्रमणलाई “उपलब्धिमूलक र भविष्य केन्द्रित” रहेको बताएका छन्।

विमानस्थलमा पत्रकारहरूसंग कुरा गर्दै मन्त्री खड्काले चीनसँग विभिन्न महत्वपूर्ण छलफल र सम्झौताहरूमा सहभागी भई, नेपालको ऊर्जा क्षेत्रको विकास र भविष्यका योजनाबारे जानकारी गराएको बताए ।

चीन भ्रमणको क्रममा मन्त्री खड्काले नेपालको ऊर्जा क्षेत्रमा भविष्यमा थप सहकार्य र योगदानको लागि प्रतिबद्धता व्यक्त गर्दै भने, “नेपाल अब ऊर्जा सुरक्षामा आत्मनिर्भर बनिसकेको छ र हामी भविष्यमा यस क्षेत्रमा नयाँ अवसरहरूको सिर्जना गर्ने लक्ष्यमा अघि बढिरहेका छौँ।”

मन्त्री खड्काले शाङ्हाई सहयोग संगठन (SCO)को पाँचौं ऊर्जा मन्त्रीस्तरीय बैठकमा नेपालको ऊर्जा रणनीति र दीर्घकालीन सहकार्यका विषयमा आफ्नो धारणा राख्नुभएको थियो। बैठकमा उहाँले नेपालको आगामी ऊर्जा योजनाबारे जानकारी दिँदै, २०३५ सम्म २८,५०० मेगावाट विद्युत उत्पादन गर्ने लक्ष्य र १५,००० मेगावाट विद्युत निर्यात गर्ने योजनाबारे पनि चर्चा गरेका थिए ।

मन्त्री खड्काले बैठकमा चीनसँग भविष्यमा सहकार्य थप बलियो बनाउने कुरामा जोड दिएका थिए । उनका अनुसार, “ऊर्जा अब केवल व्यापारको विषय होइन, यो हाम्रो दिगो विकास र साझा समृद्धिको आधार हो। नेपालले अब ऊर्जा क्षेत्रलाई एक प्रमुख चालकको रूपमा अघि बढाउने योजना बनाएको छ।”

चीन भ्रमणको दौरानमा मन्त्री खड्काले चीनका ऊर्जा प्रमुख वाङ होङजीसँग द्विपक्षीय भेटवार्ता पनि गरेका थिए । उक्त भेटमा, नेपाल र चीनबीच ऊर्जा सुरक्षाको क्षेत्रमा दीर्घकालीन सहकार्यको संभावना र प्रविधि हस्तान्तरणको बारेमा छलफल भएको थियो।

सिफारिस

टेक्सपायर कर्पोरेट टी-१० लिग,क्लाउड फ्याक्ट्री, सुबिशु, आईसिएफसी फाइनान्सको जित

टेक्सपायर कर्पोरेट टी-१० लिग को दोस्रो दिन को पहिलो खेलमा क्लाउड फ्याक्ट्रीले एनसेल लाई २ रनले हराउँदै रोमाञ्चक जित दर्ता गरेको छ। टस जितेर...

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा दक्षिण ललितपुरका पर्यटकीय सम्भावनाहरू उजागर गर्ने उद्देश्यले सञ्चालन गरिएको ग्रामीण पर्यटन प्रवर्द्धन कार्यक्रम  आयोजना गरेको...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको ९९औँ राष्ट्रिय फोटोपत्रकारिता दिवस २०८३ को विविध कार्यक्रमहरू आयोजना गर्दै सम्पन्न गरेको छ । दिवसका...

भर्खरै

मनै लोभ्याउने दक्षिण ललितपुरका यी तीन महत्वपूर्ण पर्यटकीय क्षेत्र (तस्वीरहरू)

ललितपुर - जिल्ला समन्वय समिति ललितपुरको समन्वय तथा आयोजनामा...

राष्ट्रिय फोटो पत्रकारिता दिवस: एनएफपिजेद्वारा अन्तर्राष्ट्रिय फोटो सम्मेलन गर्ने घोषणा (तस्वीरहरू)

काठमाडौँ : राष्ट्रिय फोटोपत्रकार समूह नेपाल (एनएफपिजे)द्वारा आयोजना गरिएको...

कर्पोरेट टी–१० लिग प्रतियोगिताको सम्पूर्ण तयारी पूरा

काठमाडौँ : काठमाडौँ स्पोर्ट्स एन्ड इभेन्ट्स प्रा.लि.द्वारा आयोजना हुन...

डोजर चलेपछि यस्तो देखियो गैरीगाउँ सुकुम्बासी बस्ती (तस्वीरहरू)

काठमाडौं - महानगरपालिका–९ स्थित गैरीगाउँको सुकुम्बासी बस्तीमा शनिबार डोजर...

सिनामंगल सुकुम्बासी बस्तीमा डोजर चलेपछि … (तस्वीरहरू)

काठमाडौं - थापाथलीपछि सरकारले शनिबार सिनामंगलस्थित सुकुम्बासी बस्तीमा पनि...

पुस्तक दिवस : पुस्तकको संसारमा डुबेका पाठकहरू (तस्वीरहरू)

शहरको व्यस्त दिनचर्याबीच पुस्तकालयको शान्त वातावरणमा आफ्नै संसारमा हराएका...

धेरै पढिएको