काठमाडौँमा माघीको रौनक (तस्वीरहरू)

काठमाडौँको टुँडिखेलमा थारु र मगर समुदायले माघे संक्रान्ति पर्व मनाएका छन् । माघीको अवसरमा झाँकीसहित र्‍याली लिएको थियो । वसन्तपुरमा भेला भएर थारु समुदायका सदस्यहरूले टुँडिखेलसम्म नाच्दै गाउँदै र्‍याली निकालेका हुन् ।

र्‍यालीका सहभागीहरूले गीत र नाचबाट माघीको शुभकामना दिएका छन् । यस समुदायका युवायुवतीहरू आफ्नो संस्कृति झल्कने सांस्कृतिक पोशाकमा सजिएर पर्व मनाएका हुन् । जसले उनीहरुको सुन्दरताका साथै परम्परा झल्किएको थियो ।

सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने सङ्क्रान्ति भएकाले माघ १ गतेलाई मकर (माघे) सङ्क्रान्ति भनिन्छ । आजदेखि उत्तरायण सुरु हुने भएकाले दिनभन्दा रात छोटा हुँदै जान्छन् ।

उत्तरायण सुरु हुने दिनको स्नान, जप, तप, ध्यान साधना, दान आदिलाई पुण्य दायक मानिन्छ । आजको दिन देवघाट, त्रिशूली, कालीगण्डकी, वाग्मती, इन्द्रावती, त्रिवेणी, रिडीलगायत स्थानमा माघ स्नान गर्ने भक्तजनको घुइँचो लाग्दछ ।

सिफारिस

पाटनमा ऐतिहासिक घोडेजात्रा सम्पन्न (तस्वीरहरू)

ललितपुरको पाटन क्षेत्रमा हरेक वर्ष मनाइने ऐतिहासिक घोडेजात्रा यस वर्ष पनि परम्परागत शैलीमा सम्पन्न भएको छ। चैत कृष्ण औँसीका अवसरमा मनाइने यो जात्रा काठमाडौंको...

टुँडिखेलमा सेनाले यसरी मनायो घोडेजात्रा (तस्वीरहरू)

आज काठमाडौंको टुँडिखेलमा नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ को अवसरमा विभिन्न प्रदर्शन गरिएको छ । परापूर्वकालदेखि चल्दै आएको यो सांस्कृतिक परम्परामा यस वर्ष पनि नेपाली...

काठमाडौं जिल्ला प्रशासनमा ‘पीएएस’ प्रणाली सञ्चालन, प्रधानमन्त्री कार्कीबाट निरीक्षण (तस्विरहरू)

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई सहज बनाउन नवीनतम मोडेलको सार्वजनिक घोषणा प्रणाली (पब्लिक एनाउन्समेन्ट सिस्टम) सञ्चालनमा ल्याएको छ । साेमबार...

भर्खरै

टुँडिखेलमा सेनाले यसरी मनायो घोडेजात्रा (तस्वीरहरू)

आज काठमाडौंको टुँडिखेलमा नेपाली सेनाद्वारा घोडेजात्रा २०८२ को अवसरमा...

काठमाडौं जिल्ला प्रशासनमा ‘पीएएस’ प्रणाली सञ्चालन, प्रधानमन्त्री कार्कीबाट निरीक्षण (तस्विरहरू)

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सुशासन प्रवर्द्धन तथा सेवा प्रवाहलाई...

फर्पिङमा सामूहिक बेल विवाह समारोह सम्पन्न (तस्वीरहरू)

फम्पि नेवा पुच: को आयोजनामा फर्पिङमा दुई दिनसम्म सञ्चालन...

नाकाबन्दी कै झल्को दिने गरी ग्यास लिनेको लाइन (तस्वीरहरू)

पश्चिम एसिया क्षेत्रमा पछिल्लो समय पेट्रोलियम पदार्थ र ग्यासको...

ड्रोनबाट देखिएको धुम्म काठमाडौं (तस्वीरहरू)

पछिल्लो केही दिनयता बढेको प्रदूषणका कारण काठमाडौं उपत्यकामा धुम्म...

उसु र आर्चरीका ६ सदस्यीय टोली चीनको कुन्मिङ प्रान्त प्रस्थान

नेपाल र मित्र राष्ट्र चीनबीचको खेलकुद तथा सांस्कृतिक सम्बन्धलाई...

धेरै पढिएको