एक समयको जीवनरेखा ‘हेटौंडा–काठमाडौं रोपवे’ आज इतिहासमै सीमित (तस्वीरहरू)

काठमाडौं — नेपालको यातायात इतिहासमा स्वर्णिम अध्याय मानिएको हेटौंडा–काठमाडौं रोपवे आज इतिहासका पानामा मात्र सीमित बनेको छ। एक समय राजधानीको आपूर्ति प्रणालीको मेरुदण्डका रूपमा रहेको यो रोपवे अहिले जीर्ण संरचना र सम्झनामा मात्र बाँचेको छ।

वि.सं. १९७९ मा तत्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको पालामा धोर्सिङ–मातातीर्थ खण्डबाट सुरु गरिएको यो प्रविधि पछि वि.सं. २०१६ मा अमेरिकी सहयोगमा विस्तार भई हेटौंडासम्म जोडिएको थियो। करिब ४२ किलोमिटर लामो यो रोपवेले कठिन भूगोलबीच काठमाडौं उपत्यकाको जनजीवन धान्न महत्वपूर्ण भूमिका खेलेको थियो।

सडक सञ्जाल विकसित नभएको समयमा हेटौंडाबाट खाद्यान्न, निर्माण सामग्री तथा इन्धन ढुवानी गर्न यो सबैभन्दा सस्तो, भरपर्दो र प्रभावकारी माध्यम थियो। प्रति घण्टा करिब २५ टनसम्म सामान ओसार्ने क्षमता भएको यो प्रणालीले राजधानीमा अभाव हुन नदिने मुख्य भूमिका निर्वाह गरेको थियो।

तर, वि.सं. २०५६ देखि पूर्ण रूपमा सञ्चालन बन्द भएपछि यसको अस्तित्व संकटमा पर्दै गएको छ। मर्मत सम्भारको अभाव, सडक सञ्जालको विस्तार र व्यवस्थापकीय कमजोरीका कारण यो ऐतिहासिक सम्पदा अहिले कवाडीमा परिणत हुँदै गएको छ।

भीमफेदी, धार्के र टेकुका स्टेसनहरू जीर्ण अवस्थामा पुगेका छन् भने आकाशमा झुण्डिएका तार र टावरहरूले मात्र यसको गौरवपूर्ण विगतको कथा सुनाइरहेका छन्। कुनै समय जनजीवनको आधार बनेको रोपवे आज संरक्षणको पर्खाइमा मौन उभिएको छ।

सिफारिस

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको प्रक्रिया तत्काल नरोके कांग्रेस विभाजन हुनबाट कसैले रोक्न नसक्ने बताएका छन् । कञ्चनपुरको दोधारा–चाँदनी क्षेत्रमा...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका सचिव प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट नगदसहित सम्मानित भएका छन्। पोखरा फोटोग्राफर संघद्वारा आयोजित...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा काठमाडौंको गौशालास्थित होटल सिभम प्लाजामा सम्पन्न भएको छ। क्लबका अध्यक्ष रोहित कार्कीको अध्यक्षतामा सम्पन्न साधारण सभामा...

भर्खरै

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं - गोर्खाली रग्वी क्लबको छैटौँ वार्षिक साधारण सभा...

भोटेकोशी बाढीपीडितको उद्धार र पुनःस्थापनामा अक्सिडेन्टलको साथ, २ लाख ५१ हजार सहयोग

काठमाडौँ - भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको...

नेपाल भलिबल लिगको विजेताले २० लाख पाउने

काठमाडौं — नेपालमै पहिलोपटक आयोजना हुन लागेको पुरुष भलिबलको...

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

धेरै पढिएको