पृथु बास्कोटा कर्पोरेट टी–१० लिगका ब्रान्ड एम्बेसडर नियुक्त

काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. द्वारा आयोजना हुन लागेको कर्पोरेट टि-१० लिगका लागि नेपाली राष्ट्रिय क्रिकेट खेलाडी पृथु बास्कोटा ब्रान्ड एम्बेसडर नियुक्त भएका छन्। आज आयोजित एक औपचारिक कार्यक्रममा उनलाई लिगको ब्रान्ड एम्बेसडरका रूपमा सार्वजनिक गरिएको हो।

पृथु बास्कोटा नेपालका अनुभवी क्रिकेटरमध्ये एक मानिन्छन्। उनले नेपाल राष्ट्रिय टोलीबाट खेल्दै विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा महत्वपूर्ण योगदान दिएका छन्। मध्यक्रमका भरपर्दा ब्याट्सम्यानका रूपमा चिनिने बास्कोटा आफ्नो स्थिर प्रदर्शन र खेलप्रतिको समर्पणका लागि परिचित छन्। घरेलु क्रिकेटमा पनि उनले उत्कृष्ट प्रदर्शन गर्दै युवा खेलाडीहरूका लागि प्रेरणाको स्रोत बन्न सफल भएका छन्।

कार्यक्रममा बोल्दै बास्कोटाले आफूलाई कर्पोरेट टी–१० लिगको ब्रान्ड एम्बेसडर बन्न पाउँदा अत्यन्त उत्साहित र गौरवान्वित महसुस भएको बताए। उनले नेपालमा क्रिकेटको लोकप्रियता दिनप्रतिदिन बढ्दै गएको उल्लेख गर्दै विशेषगरी कर्पोरेट क्षेत्रमार्फत खेलको विकास हुनु सकारात्मक संकेत भएको धारणा व्यक्त गरे। साथै, उनले प्रतियोगितामा सहभागी सम्पूर्ण टिमहरूलाई शुभकामना दिए।

उक्त कार्यक्रममा काठमाडौँ स्पोर्ट्स एन्ड एभेन्ट्स प्रा.लि. का निर्देशक ज्योति भण्डारीले पृथु बास्कोटालाई ब्रान्ड एम्बेसडरको रूपमा स्वागत गर्न पाउँदा खुसी लागेको बताए। उनले भने, “पृथु जस्ता अनुभवी र प्रेरणादायी खेलाडीको साथले हाम्रो प्रतियोगितालाई अझ उचाइमा पुर्‍याउने विश्वास लिएका छौं। उहाँको संलग्नताले खेलाडीहरूमा थप ऊर्जा र प्रेरणा मिल्नेछ। साथै, यस लिगमार्फत कर्पोरेट क्षेत्र र क्रिकेटबीचको सम्बन्ध अझ सुदृढ हुँदै जाने अपेक्षा गरेका छौं।”
कर्पोरेट टी–१० लिग वैशाख १० देखि १७ गतेसम्म काठमाडौंको तल्लो मुलपानी क्रिकेट मैदानमा सञ्चालन हुनेछ। प्रतियोगितामा विभिन्न कर्पोरेट टिमहरूको सहभागिता रहनेछ।

सिफारिस

पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुलको टोलीलाई राखेपद्वारा बिदाइ

काठमाडौं— राष्ट्रिय खेलकुद परिषद् (राखेप) कार्यकारी समितिकी सदस्य सिक्का सुवाल श्रेष्ठले फ्रान्सको पेरिसमा आयोजना हुने पेरिस वर्ल्ड गेम्समा सहभागी हुन जाने स्वस्तिश्री गुरुकुल आईबी...

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त उपसमितिले खानी तथा भूगर्भ विभागमा स्थलगत अनुगमन तथा अन्तरक्रिया गर्दै नेपालको खानी क्षेत्रलाई उत्पादन, उद्योग,...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ संस्करण आगामी असार २६ गते शुक्रबार आयोजना हुने भएको छ। रेडियो कान्तिपुरले मंगलबार काठमाडौंमा पत्रकार...

भर्खरै

नेपालका खानी स्रोत उपयोगमा जोड, सांसदहरूले गरे विभागमै पुगेर अध्ययन (तस्वीरहरू)

काठमाडौं — प्रतिनिधि सभा अर्थ समिति अन्तर्गतको सार्वजनिक वित्त...

रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड-२०८२’हुँदै , चर्चित कलाकारहरूको प्रस्तुति रहने

काठमाडौं — ‘रेडियो कान्तिपुर नेशनल म्युजिक अवार्ड–२०८२’ को आठौँ...

हटाइयो गृहमन्त्रीकै सवारीबाट कालो स्टिकर

काठमाडौं - सवारी साधनमा जडान गरिएका अवैध कालो स्टिकर...

असार १५ मा किन खाइन्छ दही–चिउरा ? (तस्वीरहरू)

काठमाडौं — नेपालमा प्रत्येक वर्ष असार १५ लाई रोपाइँ...

धान खेती: हरितगृह ग्याँस उत्सर्जन तथा जलवायु परिवर्तन

आज असार-१५, अर्थात् राष्ट्रिय धान दिवस । नेपालको खाद्य...

बाली एक, जोखिम अनेक: चपेटामा ग्रामीण धान किसान

किसानले परिवारको पेट मात्रै पाल्दैनन्, सिंगो समाजको खाद्य सुरक्षाको...

धेरै पढिएको