काभा महिला भलिबल: भारतसँग पाँच सेटसम्म लड्दा पनि नेपाल पराजित (तस्वीरहरू)

काठमाडौं – घरेलु मैदानमा सुरु भएको काभा महिला भलिबल च्याम्पियनसिप २०२६ मा नेपालले हारबाट यात्रा थालेको छ। त्रिपुरेश्वरस्थितराष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमामा शुक्रबार भएको उद्घाटन खेलमा नेपाल भारतसँग ३–२ को सेटमा पराजित भयो।

उत्साहजनक प्रदर्शन गरेको नेपालले पहिलो सेट २५–२१ ले जित्दै शानदार सुरुवात गरेको थियो। घरेलु समर्थकको साथ पाएको नेपाली टोलीले सुरुआती सेटमा भारतलाई दबाबमा राख्दै १–० को अग्रता बनायो।

तर त्यसपछि भारतले पुनरागमन गर्‍यो। दोस्रो सेट २५–२० र तेस्रो सेट २५–१९ ले आफ्नो पक्षमा पार्दै भारतले खेलमा २–१ को अग्रता बनायो।हारको दबाबमा रहेको नेपालले चौथो सेटमा उत्कृष्ट पुनरागमन गर्‍यो। निकै प्रतिस्पर्धात्मक बनेको सेट नेपालले २५–२१ ले जितेपछि खेल २–२ को बराबरीमा पुगेको थियो।

निर्णायक पाँचौं सेटमा भने भारत हाबी बन्यो। भारतले १५–९ ले सेट जित्दै खेल आफ्नो पक्षमा पार्‍यो र प्रतियोगितामा विजयी सुरुवात गर्न सफल भयो।

यस खेलमा निरूता ठगुन्नाले पहिलो पटक नेपाली टोलीको कप्तानी सम्हालेकी थिइन्। नेपालले अब शनिबार किर्गिस्तानसँग दोस्रो खेल खेल्नेछ।यसअघि शुक्रबार नै भएको पहिलो खेलमा इरानले बङ्गलादेशलाई सोझो सेटमा हराएको थियो। एकपक्षीय बनेको खेलमा इरानले २५–६, २५–९ र २५–१० को सहज जित निकाल्यो।

एफआईभीबी वरियतासँग जोडिएको प्रतियोगिता भएकाले सहभागी सबै टोलीका लागि यो प्रतियोगिता महत्वपूर्ण मानिएको छ। आठ राष्ट्र सहभागी प्रतियोगितामा नेपाल, भारत, किर्गिस्तान र माल्दिभ्स समूह ‘ए’ मा छन् भने श्रीलंका, बङ्गलादेश, इरान र काजकिस्तान समूह ‘बी’ मा रहेका छन्। शुक्रबार नै किर्गिस्तान र माल्दिभ्सबीच तेस्रो खेल हुनेछ।

सिफारिस

जेठ १४ गते देशभर सार्वजनिक बिदा

काठमाडौं- नेपाल सरकार गृह मन्त्रालयले मुस्लिम धर्मावलम्बीहरूको पर्व बकर ईद (ईद-उल-अज्हा) को अवसरमा आगामी जेठ १४ गते बिहीबारका दिन देशभर सार्वजनिक बिदा दिने निर्णय...

रविले निष्काशित गरे जिल्ला सभापति, यस्तो छ आरोप

काठमाडौं । रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी सदस्यता खारेज भएको छ । केन्द्रीय संगठन विभागका सचिव शंकर श्रेष्ठले स्वर्णकारलाई पत्र पठाएर साधारण...

किन रोक्यो बालेन सरकारले नयाँ सवारी दर्ता ?

काठमाडौं । सरकारले देशैभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता पूर्णरूपमा रोकेको छ । यातायात व्यवस्था विभागले सातै प्रदेशका मन्त्रालयहरू र देशैभरिका स्थानीय तहलाई पत्राचार...

भर्खरै

रविले निष्काशित गरे जिल्ला सभापति, यस्तो छ आरोप

काठमाडौं । रास्वपा बारा जिल्ला सभापति चन्दन स्वर्णकारको पार्टी...

किन रोक्यो बालेन सरकारले नयाँ सवारी दर्ता ?

काठमाडौं । सरकारले देशैभर सार्वजनिक सवारी साधनको नयाँ दर्ता...

शुक्रबारदेखि काभा महिला च्याम्पियनसिप, ८ राष्ट्रका टोली नेपालमा (तस्वीरहरू)

काठमाडौं - महिला भलिबलको प्रतिस्पर्धात्मक माहोल फेरि एकपटक काठमाडौंमा...

सितल गिरीद्वारा ७७ जिल्लामा एकल मोटरसाइकल यात्रा सुरु

काठमाडौं - नेपालकी युवा महिला मोटरसाइकल प्रशिक्षक तथा रोड...

नयाँ संघीय संसद भवन निर्माणका काम अन्तिम चरणमा (तस्विरहरु)

सिंहदरबार परिसरमा निर्माणाधीन नयाँ संघीय संसद भवनको मुख्य सभा...

नेपाल-बंगलादेश अन्तर्राष्ट्रिय मैत्रीपूर्ण फुटसल च्याम्पियनसिप सम्पन्न

काठमाडौं - नेपाल र बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई थप प्रगाढ...

धेरै पढिएको