चिना हेराएरै मन्त्री पट्काएका राजेन्द्र महतोको कसरी खुस्कियो पद ?

काठमाडौँ – जनता समाजवादी पार्टी (जसपा)का बरिष्ठ नेता राजेन्द्र महतो चिना हेराएर त्यसैका आधारमा उपप्रधानमन्त्री बन्न गएको रहस्य खुलेको छ । ज्योतिषले २०७८ जेठमा सत्ताप्राप्तिको राम्रो योग छ भनेपछि महतो हौसिएर ओली सरकारमा सहभागी हुन पुगेका थिए । तर, ज्योतिषको आश्वासन एक महिना पनि टिकेन । उनी १८ दिन मात्रै उपप्रधानमन्त्री बन्न पुगे ।

जसपा २०७७ बैशाख १० गते निर्माण भई २०७७ असार २४ गते निर्वाचन आयोगमा दर्ता भएको थियो । निर्वाचन आयोगमा दर्ता हुने वित्तिकै सो पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले यो पार्टी आगामी दिनमा पार्टीको भविष्य कस्तो हुन्छ, सरकारमा जाने सम्भावना कति छ, संगठन कस्तो हुन्छ, निर्वाचनमा पार्टीको अवस्था कस्तो हुन्छ लगायतका विषयलाई ज्योतिषशास्त्रअनुसार विश्लेषण गर्न लगाएर चिना बनाउन लगाएका थिए ।

२०७७ वैशाख १० गते राति ११ बजे पार्टीको नामाकरण तथा असार २४ गते ३ः२५ बजे निर्वाचन आयोगले पार्टी दर्ता गरेकोलाई आधार मानेर नेपाल संस्कृत विश्वविद्यालयका उपप्रध्यापक एवं ज्योतिषी नवीनकुमार झाले सो चिना बनाएका थिए ।

पार्टीमा देखिएको ग्रह कटाउनका लागि ज्योतिषी झाले दुईवटा जप गर्न पनि महतोलाई सुझाव दिएका थिए । पार्टीभित्रको आन्तरिक संघर्ष तथा आपसी खिचातानीलाई समाप्त गर्नका लागि केतु र प्रशासनिक अवरोध हटाउनका लागि ७ हजार पटक मंगल जप गर्न महतोलाई सुझाव दिएका थिए ।

नेपाल संस्कृत विश्व विद्यालयका उपप्रध्यापकसमेत रहेका ज्योतिष नविन झाले नै पूर्वराजपा नेपालको पनि चिना बनाएका थिए । उनले बनाएको चिनाअनुसार नै राजपा अवस्था अगाडि बढेको भन्दै महतोले जसपा नेपालको पनि चिना बनाउन लगाएका हुन् ।

२०७७ असार २४ गतेदेखि पुस ५ गतेसम्म पार्टीको आर्थिक क्षेत्रमा सुधार हुनुका साथै प्रभाव वृद्धि एवं समाजमा प्रतिष्ठा तथा स्थायित्वको लागि राम्रो समय रहेको चिनामा उल्लेख छ । त्यो समयमा पार्टी सरकारमा जाने अवस्था सामान्यता ठिकै रहेको तर समायोजनका लागि केही संघर्ष गर्नुपर्ने अवस्था चिनामा उल्लेख छ ।

त्यस्तै, २०७७ पुस ६ गतेदेखि २०७८ जेठ २ गतेको बीचमा पार्टीभित्र आन्तरिक कलह शुरु हुने चिनामा उल्लेख छ । पार्टीका नेताहरुमा पद प्राप्तिका लागि मनमुटाव हुने र त्यसका लागि पार्टीमा संघर्ष गर्नुपर्ने अवस्था रहने परिस्थिति चिनामा देखिएको छ । ग्रहगोचरले त्यो समयमा केही नेताहरुले पार्टी छाडेर जान सक्ने र नेताहरुको बीचमा मनमुटाव हुने देखाएको छ ।

२०७९ साउन ३ गतेदेखि २०८० असार ८ गतेसम्म पार्टीका लागि चुनाव लक्षित ग्रहगोचर राम्रो रहेकोे चिनामा विश्लेषण गरिएको छ । यो अवधिमा पार्टीले चुनावमा भाग लियो भने राम्रो सफलता प्राप्त गर्ने बताइएको छ । चिनामा गरिएको विश्लेषण अनुसार २०८० सम्ममा यो पार्टीको अस्थित्व पनि रहनेछैन ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको