क्यानद्वारा खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक,क्रिकेटरको तलब पनि बढ्यो 

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान) ले पुरुष र महिला राष्ट्रिय क्रिकेट खेलाडीहरूको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ। क्यानले मंगलबार एक विज्ञप्ति जारी गर्दै ३८ पुरुष र २५ महिला गरी कुल ६३ खेलाडीलाई विभिन्न श्रेणीमा समावेश गरिएको जनाएको हो। यस पटक क्यानले पुरुषतर्फ पहिलो पटक ‘ए प्लस’ श्रेणी थपेको छ भने खेलाडीहरूको मासिक पारिश्रमिकमा समेत वृद्धि गरेको छ।

नयाँ वर्गीकरण अनुसार पुरुषतर्फको शीर्ष ‘ए प्लस’ श्रेणीमा कप्तान रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी र सन्दीप लामिछाने परेका छन्। त्यस्तै ‘ए’ श्रेणीमा सोमपाल कामी, आसिफ शेख, कुशल भुर्तेल र करण केसी रहेका छन् भने ‘बी’ श्रेणीमा ललितनारायण राजवंशी, आरिफ शेख, भीम सार्की, नन्दन यादव र गुल्शन झा समावेश छन्। क्यानले पुरुषतर्फको ‘सी’ श्रेणीमा सन्दीप जोरा, अर्जुन कुमाल, कुशल मल्ल, शेर मल्ल, इशान पाण्डे, बशिर अहमद, लोकेश बम, शाहब आलम, हेमन्त धामी, विनोद भण्डारी र अनिल साहलाई राखेको छ। डेभलपमेन्ट श्रेणीमा भने त्रितराज दास, राशिद खान, सन्तोष यादव, नारायण जोशी, विपिन खत्री, रिजन ढकाल, युवराज खत्री, देव खनाल, पवन सर्राफ, आकाश चन्द, दीपक डुम्रे, अर्जुन घर्ती, अर्जुन साउद, प्रतीस जिसी र सागर ढकाल परेका छन्।

महिलातर्फ ‘ए’ श्रेणीमा कप्तान इन्दु बर्मा, पूजा महतो, रुबिना क्षेत्री र सीता रानामगर समावेश छन्। यस्तै ‘बी’ श्रेणीमा कविता कुँवर, सम्झना खड्का र मनीषा उपाध्याय रहेका छन् भने ‘सी’ श्रेणीमा बिन्दु रावल, कविता जोशी, रुबी पोद्दार र रिया शर्मा परेका छन्। महिलातर्फको डेभलपमेन्ट श्रेणीमा रोमा थापा, सुमन बिष्ट, ईश्वरी विष्ट, सोनी पाख्रिन, सना प्रविण, सावित्री धामी, काजल श्रेष्ठ, सीमा केसी, अनु कडायत, यशोदा बिष्ट, लक्ष्मी साउद, ममता चौधरी, अश्मिना कर्माचार्य र रचनाकुमारी चौधरी रहेका छन्।

नयाँ वर्गीकरणसँगै क्यानले खेलाडीहरूको पारिश्रमिक पनि परिमार्जन गरेको छ। अब पुरुषतर्फ ‘ए प्लस’ श्रेणीका खेलाडीले मासिक १ लाख २० हजार रुपैयाँ तलब पाउनेछन्। ‘ए’ श्रेणीले १ लाख, ‘बी’ श्रेणीले ७५ हजार, ‘सी’ श्रेणीले ५५ हजार तथा डेभलपमेन्ट श्रेणीका खेलाडीले मासिक ३५ हजार रुपैयाँ पारिश्रमिक प्राप्त गर्नेछन्। यसअघि क्यानले ‘ए’ श्रेणीका लागि १ लाख, ‘बी’ का लागि ७० हजार, ‘सी’ का लागि ५५ हजार, डोमेस्टिकका लागि ३५ हजार र इमर्जिङका लागि २५ हजार रुपैयाँ तलब तोकेको थियो।

महिला खेलाडीतर्फ भने सबै श्रेणीमा तलब वृद्धि गरिएको छ। अब ‘ए’ श्रेणीका महिला खेलाडीले मासिक ५५ हजार, ‘बी’ श्रेणीले ४० हजार, ‘सी’ श्रेणीले ३० हजार तथा डेभलपमेन्ट श्रेणीले २५ हजार रुपैयाँ तलब पाउनेछन्। यसअघि क्यानले महिलातर्फ ‘ए’ श्रेणीकालाई ५० हजार, ‘बी’ कालाई ३५ हजार, ‘सी’ कालाई २५ हजार र ‘डी’ का लाई मासिक २० हजार रूपैयाँ दिँदै आएको थियो।

तलबका अतिरिक्त क्यानले म्याच फी (खेल भत्ता) मा भने पुरुष र महिला दुवै टोलीका खेलाडीलाई समानता दिएको छ। अब दुवै टोलीका खेलाडीले टी–२० अन्तर्राष्ट्रियतर्फ प्रतिखेल १० हजार रुपैयाँ र एकदिवसीय अन्तर्राष्ट्रिय (ओडिआई) तर्फ प्रतिखेल १५ हजार रुपैयाँ म्याच फी प्राप्त गर्ने क्यानले जनाएको छ।

सिफारिस

हनुमानढोकामा सामूहिक कुमारी पूजा (तस्वीरहरू)

काठमाडौं - इन्द्रजात्राको दोस्रो दिन काठमाडौंको हनुमानढोका दरबार क्षेत्रमा सामूहिक कुमारी पूजा गरिएको छ। पास्नी गरिसकेका तर ईही (बेल विवाह) नगरेका २ देखि ८ वर्ष...

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी प्रदेश क्रिकेट संघको संयुक्त आयोजनामा विराटनगरमा सम्पन्न ‘ड्रिम टु प्ले’ यू–२३ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो ठड्याएसँगै काठमाडौं उपत्यकाको प्रमुख सांस्कृतिक पर्व इन्द्रजात्रा विधिवत् सुरु भएको छ। भाद्र शुक्ल द्वादशीका दिनदेखि आठ...

भर्खरै

विराटनगर किङ्सको ‘ड्रिम टु प्ले’ टी-२० क्रिकेट प्रतियोगिताको उपाधि उदयपुरलाई

नेपाल प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किङ्स र कोशी...

हनुमानढोकामा इन्द्रजात्राको रौनक (तस्वीरहरू)

काठमाडौं — काठमाडौंको बसन्तपुरस्थित हनुमानढोका अगाडि बुधबार इन्द्रध्वजासहितको लिङ्गो...

प्रधान सेनापतिद्वारा बढुवा भएका ४ उच्च सैनिक अधिकृतलाई दर्ज्यानी चिह्न प्रदान

काठमाडौं -— नेपाली सेनाका प्रधान सेनापति महारथी श्री अशोक...

हिमालदेखि जापानसम्मः नेपाली–जापानी फ्युजन परिकारमा शेफ भोलबहादुरको नयाँ प्रयोग

काठमाडौं - नेपाली मौलिक परिकार र जापानी पाककलाको दर्शनलाई...

प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३००...

मिसेस नेपाल वर्ल्ड २०२६ : २२ सुन्दरी फिनालेका लागि तयार (तस्वीरहरू)

काठमाडौं - विवाहित महिलाबीचको सौन्दर्य प्रतियोगिता ‘मिसेस नेपाल वर्ल्ड...

धेरै पढिएको