लाखेननीमा १०८ भैरव तथा पञ्चकुमारी पूजा (तस्वीरहरू)

काठमाडौं- काठमाडौं महानगरपालिका–२० स्थित लाखेननी चोकमा आयोजित १०८ भैरव, गणेश तथा पञ्चकुमारी पूजा  सम्पन्न भएको छ।

१०८ भैरव पूजा समिति र मजिपाट लाखेननी मिसा पुचःको संयुक्त आयोजनामा सम्पन्न उक्त कार्यक्रम धार्मिक तथा सांस्कृतिक परम्पराको संरक्षण, प्रवर्द्धन तथा नयाँ पुस्तामा यसको हस्तान्तरण गर्ने उद्देश्यका साथ आयोजना गरिएको कार्यक्रमका संयोजक राजिब रञ्जितले जानकारी दिए।

कार्यक्रममा स्थानीय बासिन्दा, श्रद्धालु भक्तजन, समाजसेवी तथा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय सहभागिता रहेको थियो। भगवान् गणेश, पञ्चकुमारी तथा १०८ भैरवको विशेष पूजा, आराधना र धार्मिक अनुष्ठान विधिपूर्वक सम्पन्न गरिएको आयोजकले जनाएको छ।

संयोजक रञ्जितका अनुसार भैरव देवका १०८ नामको जप गर्दै तान्त्रिक विधिअनुसार पूजा सम्पन्न गरिएको हो। हिन्दू तथा नेवार परम्परामा भैरवलाई शक्ति, साहस र रक्षाका देवताका रूपमा मानिने विश्वास छ। यस पूजा गर्नाले बालबालिकामा दीर्घायु, सुस्वास्थ्य, आत्मविश्वास वृद्धि हुने, डर–त्रास हट्ने तथा समाजमा शान्ति, समृद्धि र सुरक्षाको भावना सुदृढ हुने जनविश्वास रहेको छ।

नेवार समुदायमा बालकलाई कुमार तथा भैरव र बालिकालाई कुमारीका रूपमा पूजा गर्ने प्राचीन परम्परा रहेको छ । कार्यक्रमका क्रममा स्थानीय समुदायको उल्लेखनीय सहभागिता रहेको भन्दै संयोजक रञ्जितले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षणमा सबैको सक्रिय साथ र सहयोग प्रेरणादायी रहेको बताए। आगामी वर्षहरूमा पनि कार्यक्रमलाई अझ व्यवस्थित र भव्य रूपमा निरन्तरता दिइने उनले जानकारी दिए। १०८ भैरव पूजा कार्यक्रम २०८२ सालदेखि नियमित रूपमा सञ्चालन हुँदै आएको छ।

 

सिफारिस

कुकुरको सीप प्रदर्शनसँगै नेपाली सेनाले मनायो कुकुर तिहार (तस्बिरहरू)

यमपञ्चक अर्थात् तिहारको दोस्रो दिन आज देशभर कुकुर तिहार मनाइएको छ। यस अवसरमा नेपाली सेनाले तालिमप्राप्त कुकुरहरूको विशेष सीप तथा कलाकौशल प्रदर्शन गरेर कुकुर...

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

भर्खरै

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

धेरै पढिएको