आजदेखि एक महिनासम्म मनाइने गुँला पर्व सुरु (तस्वीरहरू)

काठमाडौँ– नेवार समुदायका बौद्धमार्गीले मनाउने एक महिने गुँला पर्व आज (बिहीबार)देखि सुरु भएको छ। चन्द्रमासअनुसार प्रत्येक वर्ष श्रावण शुक्ल प्रतिपदादेखि भाद्र शुक्ल प्रतिपदासम्म अर्थात् नेपाल संवत्अनुसार गुँलाथ्व पारुदेखि ञलाथ्व पारुसम्म यो पर्व मनाइन्छ।

गुँला पर्वका अवसरमा बौद्धमार्गीले विभिन्न परम्परागत बाजागाजासहित बौद्ध चैत्यको परिक्रमा गर्नुका साथै विशेष पूजा–आराधना गर्ने गर्छन्। पर्व सुरु भएसँगै काठमाडौँको स्वयम्भू महाचैत्यमा भक्तजनको चहलपहल बढेको छ।

नेपाल भाषामा ‘गुँ’ को अर्थ नौ र ‘ला’ को अर्थ महिना भन्ने बुझिन्छ। नेपाल संवत् सुरु भएको नौ महिना पूरा भएपछि मनाइने भएकाले यस पर्वलाई गुँला भनिएको मानिन्छ। पर्वका दुई पक्षलाई ‘गुँलाथ्व’ र ‘गुँलागा’ भनिन्छ।

गुँला पर्वमा विशेषगरी स्वयम्भू महाचैत्यको दैनिक परिक्रमा गर्ने प्रचलन छ। भक्तजनले बौद्धनाथ, पाटनको पुलचोकलगायत काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा रहेका चैत्यको समेत परिक्रमा गर्छन्। टोल–टोलबाट समूहमा परम्परागत बाजागाजासहित निस्किएर चैत्य तथा स्थानीय देवदेवीको परिक्रमा गर्ने चलन पनि छ।

गुँला पर्वको प्रमुख विशेषतामध्ये ‘न्याकुँ’ बाजा पनि एक हो। राँगाको सिङबाट बनाइएको न्याकुँसँगै धाः, धिमे, भुस्या, बाँसुरीलगायत परम्परागत बाजा बजाएर पर्व मनाइन्छ। बाजागाजासहित चैत्यको परिक्रमा गर्नुका साथै गणेश, भीमसेन, भैरव तथा स्थानीय इष्टदेवतासहित विभिन्न देवीदेवताको पूजा र परिक्रमा गर्ने परम्परा रहेको छ।

खेतीपातीको मुख्य काम सकिएपछि मानिसहरू केही फुर्सदिलो हुने समयसँगै अन्य चाडपर्वको आगमनलाई समेत जोडेर गुँला पर्वलाई सामुदायिक रूपमा खुसी साटासाट गर्ने अवसरका रूपमा लिने गरिन्छ। पर्व अवधिभर बुद्धको विशेष पूजा–आराधना तथा विभिन्न धार्मिक र सांस्कृतिक गतिविधि सञ्चालन हुन्छन्।

पछिल्ला वर्षमा गुँला पर्वमा मौलिक बाजागाजाको प्रयोग र सहभागिता बढ्दै गएको छ। यसले नेवार समुदायको धार्मिक आस्था तथा सांस्कृतिक पहिचानसँग जोडिएको पर्वको परम्परा नयाँ पुस्तामाझ हस्तान्तरण गर्नसमेत सहयोग पुगेको स्थानीयको भनाइ छ।

एक महिनासम्म विभिन्न बाजागाजासहित चैत्य परिक्रमा, पूजा–आराधना तथा धार्मिक–सांस्कृतिक गतिविधि गर्दै गुँला पर्व मनाइनेछ।

 

सिफारिस

बुढानीलकण्ठ अस्पतालमा विशेषज्ञ सेवा थपिँदै

काठमाडौं - बुढानीलकण्ठ नगर अस्पतालले पछिल्लो समय विस्तार गरिएका स्वास्थ्य सेवासँगै आगामी वर्ष विशेषज्ञ सेवा थप गर्ने तयारी गरेको छ। नगरवासीलाई स्थानीयस्तरमै थप स्वास्थ्य...

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त गुरुङको पार्थिव शरीर स्वदेश ल्याइएको छ। बिहीबार कतार एयरवेजको उडानमार्फत गुरुङको पार्थिव शरीर त्रिभुवन अन्तर्राष्ट्रिय...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१ नागपोखरी क्षेत्रमा सञ्चालन गरेको विशेष अपरेशनमा २९६.७५ ग्राम खैरो हेरोइनसहित चार जनालाई पक्राउ गरेको छ।...

भर्खरै

काठमाडौं ल्याइयो युक्तको पार्थिव शरीर , विमानस्थलमा भावुक बने आफन्त (तस्वीरहरू)

काठमाडौं । पर्वतारोहणका क्रममा निधन भएका नेपाली पर्वतारोही युक्त...

नक्सालबाट २९६ ग्राम खैरो हेरोइनसहित चार पक्राउ

सशस्त्र प्रहरी बल (एपीएफ) को इन्टेलिजेन्स ब्युरोले काठमाडौं महानगरपालिका–१...

मेन्टेन एफसीले जित्यो पेसएक्स प्रिमियर लिग फुटसलको उपाधि 

काठमाडौँ- पेसएक्स स्पोर्ट्सको आयोजनामा सम्पन्न ‘पेसएक्स प्रिमियर लिग सेभेन...

पर्यटन प्रवर्द्धनका लागि राष्ट्रिय फोटो पत्रकार समूह सल्यानको ‘क्लिक सल्यान’ अभियान

सल्यान - जिल्लाको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले राष्ट्रिय फोटो...

को हुन् निर्मल पुर्जा, जो ब्रड पिक हिमपहिरोमा अस्ताए ?

काठमाडौं - विश्व कीर्तिमानी नेपाली पर्वतारोही निर्मल पुर्जा (निम्स...

नेपाल एकीकरणका सेनापति अमरसिंह थापाको स्मृतिमा श्रद्धाञ्जली सभा (तस्वीरहरू)

नेपाल एकीकरण अभियानका प्रमुख सेनापति तथा राष्ट्रिय विभूति बडाकाजी...

धेरै पढिएको