प्राकृतिक सौन्दर्यले भरिएको टिम्बुङ पोखरी (तस्वीरहरू)

ताप्लेजुङ र पाँचथर जिल्लाको सिमानामा समुद्री सतहबाट करिब ४,३०० मिटरको उचाइमा अवस्थित टिम्बुङ पोखरी प्राकृतिक सौन्दर्य र धार्मिक आस्थाले भरिएको रमणीय गन्तव्य हो। हिमाली दृश्य, हरिया डाँडाकाँडा र विविध प्राकृतिक वनस्पतिले घेरिएको पोखरी क्षेत्रले यहाँ पुग्ने जोकोहीलाई आकर्षित गर्छ।

मनसुनको समयमा टिम्बुङ पोखरी आसपास विभिन्न प्रजातिका रंगीचंगी फूलहरू फुल्छन्। विशेषगरी केन्जो फूलले पोखरी वरिपरिको भू–दृश्यलाई अझ मनमोहक बनाउँछ। फूल फुल्ने मौसममा नीलो आकाश, हरिया डाँडा, हिमाली दृश्य र रंगीचंगी फूलको संयोजनले टिम्बुङ पोखरीको सौन्दर्यलाई थप जीवन्त बनाउँछ।

धार्मिक रूपमा समेत महत्त्वपूर्ण मानिने टिम्बुङ पोखरीमा स्थानीयवासी तथा श्रद्धालुहरू दर्शन र पूजाआजाका लागि पुग्ने गर्छन्। प्राकृतिक सौन्दर्यसँगै शान्त वातावरण र पदयात्राको अनुभव लिन चाहनेहरूका लागि पनि यो आकर्षक गन्तव्य हो। कठिन र चुनौतीपूर्ण पहाडी बाटो पार गरेर पुग्नुपर्ने भएकाले टिम्बुङ पोखरीको यात्रा आफैंमा रोमाञ्चक र साहसिक अनुभव बन्ने गर्छ।
प्राकृतिक सौन्दर्य र जैविक विविधताले सम्पन्न टिम्बुङ पोखरी क्षेत्रको संरक्षणसँगै व्यवस्थित पर्यटन प्रवर्द्धन गर्न सके यस क्षेत्रलाई पूर्वी नेपालको आकर्षक पर्यटकीय गन्तव्यका रूपमा थप विकास गर्न सकिने सम्भावना छ। तस्बिरः गिरिराज बाँस्कोटा/नेपाल फोटो सर्भिस (NPS)

सिफारिस

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई महाकाली नाचलगायत विभिन्न...

भर्खरै

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

धेरै पढिएको