एनएफपिजेद्वारा रङ र कला फोटोग्राफीसम्बन्धी कार्यशाला

काठमाडौं- नेपाली फोटोग्राफी क्षेत्रमा सक्रिय फोटोपत्रकारहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित ‘रङ र कला फोटोग्राफी’ सम्बन्धी एकदिने कार्यशाला सम्पन्न भएको छ।

राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे) नेपालको आयोजना तथा सहिद शुक्र माध्यमिक विद्यालयको कला विभागको सहकार्यमा आयोजित कार्यशालामा अग्रज कलाकार तथा कला प्रशिक्षक अशोकमान सिंहले फोटोपत्रकारलाई रङको गुण, रङ संयोजन, छपाइ प्रविधिमा रङको प्रयोग तथा फोटो संयोजनका विषयमा प्रशिक्षण दिनुभएको थियो।

कार्यशालामा सिंहले रङ सामान्य विषयजस्तो देखिए पनि यसको वैज्ञानिक तथा प्राविधिक पक्ष महत्वपूर्ण रहेको बताउँदै डिजिटल मोनिटरमा देखिने रङ र मुद्रणका क्रममा देखिने रङबीचको भिन्नता तथा त्यसको प्राविधिक प्रक्रियाबारे जानकारी दिनुभयो। उहाँले रङको विविधीकरण र प्रयोगात्मक पक्षबारे समेत सहभागीलाई प्रशिक्षण दिनुभयो।

‘रङ’ पुस्तकका लेखकसमेत रहनुभएका सिंहले पुस्तक प्रकाशनका क्रममा आफूले भोगेका प्राविधिक चुनौती सुनाउँदै एउटा उत्कृष्ट फोटो प्रकाशनका रूपमा तयार हुन फोटोग्राफीसँगै डिजाइन, लेआउट, कागज छनोट, सीटीपी र मुद्रण प्राविधिकको दक्षता आवश्यक हुने बताउनुभयो। उहाँले फोटोग्राफी सामूहिक प्रयासबाट उत्कृष्ट परिणाममा पुग्ने धारणा राख्नुभयो।

कलाकार केशवराज खनालले डिजिटल क्यामेराबाट चित्र कैद गर्नु र रङको प्रयोग गरी चित्र निर्माण गर्नु दुवै कलाका अभिन्न पक्ष भएको बताउनुभयो। उहाँले फोटोग्राफरले प्राविधिक माध्यमबाट चित्र निर्माण गर्ने भएकाले आफूले रोजेको विषयलाई विशिष्ट देखाउन रङ तथा संयोजनको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो।

नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका पूर्व सदस्य–सचिव तथा प्राज्ञ देवेन्द्र थुम्केलीले फोटोपत्रकारिता र फोटोग्राफी समसामयिक कलाकै एक अंग भएको बताउनुभयो। यस्ता कार्यक्रमले कलाका विविध विधामा काम गर्ने कलाकारलाई एकअर्कासँग जोड्नुका साथै कलाको विविधीकरणमा सहयोग पुग्ने उहाँको भनाइ थियो।

आफू प्रज्ञा प्रतिष्ठानको नेतृत्वमा रहँदा पनि फोटोग्राफी विधाको उन्नयनका लागि विभिन्न कार्यक्रम आयोजना गरिएको स्मरण गर्दै थुम्केलीले फोटोग्राफीसँग सम्बन्धित संघसंस्थालाई थप चलायमान बनाउनुपर्नेमा जोड दिनुभयो।

एनएफपिजे नेपालका अध्यक्ष प्रदीपराज वन्तले छोटो समयको तयारीमा पनि कार्यशाला निकै फलदायी भएको बताउँदै आगामी दिनमा फोटोपत्रकारहरूको क्षमता अभिवृद्धिका लागि यस्ता कार्यशाला तथा तालिमलाई निरन्तरता दिइने बताउनुभयो।

कार्यशालाका संयोजक फोटो पत्रकार सागर बस्नेतले लामो समयदेखि फोटोग्राफीमा सक्रिय भए पनि समय–समयमा आयोजना हुने यस्ता कार्यशाला तथा तालिमले नयाँ ऊर्जा प्रदान गर्ने बताउनुभयो। उहाँले आगामी दिनमा आर्ट फोटोग्राफीका विविध आयाममा केन्द्रित तालिम आयोजना गरिने जानकारी दिनुभयो।

सिफारिस

‘काठमाडौँ फिल्म फेस्टिभल’ को रेड कार्पेटमा स्वदेशी तथा विदेशी कलाकार (तस्बिरहरू)

काठमाडौँ- काठमाडौँमा जारी तीनदिने ‘काठमाडौँ फिल्म फेस्टिभल’ को दोस्रो दिन आयोजित रेड कार्पेट समारोहमा स्वदेशी तथा विदेशी कलाकार, फिल्मकर्मी र विशिष्ट व्यक्तित्वहरूको उपस्थिति रहेको...

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर आठ जना कैदी फरार भएका छन्। शुक्रबार राति कारागारभित्र ४ मिटर ६३ सेन्टिमिटर लामो सुरुङ...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको छ। काठमाडौँ महानगरपालिकाको आयोजनामा सुरु भएको तीनदिने महोत्सवको उद्घाटन समारोहमा सहभागी अतिथिहरूलाई महाकाली नाचलगायत विभिन्न...

भर्खरै

डोल्पा कारागारबाट सुरुङ खनेर यसरी भागेका थिए आठ कैदी (तस्बिरहरू)

डोल्पा - डोल्पाको सदरमुकाम दुनैस्थित जिल्ला कारागारबाट सुरुङ खनेर...

सांस्कृतिक उत्सवका साथ सुरु भयो ‘काठमाडौँ फिल्म फेस्टिभल’ (तस्बिरहरू)

काठमाडौँ-  काठमाडौँमा शुक्रबारदेखि पहिलो ‘काठमाडौँ फिल्म फेस्टिभल’ सुरु भएको...

खाद्य प्रविधि विभागले भन्यो: जथाभावी इनर्जी ड्रिङ्क्स नपिउनुस्

खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले जथाभावी इनर्जी ड्रिङ्क्स...

क्यानाडामा नोभेम्बर १ मा प्रोफेसनल अचिभमेन्ट अवार्ड हुने

टोरन्टो (क्यानाडा) : सिजन मिडिया प्रालिको आयोजनामा क्यानाडाको टोरन्टोमा...

ड्रोन दृश्यमा हेर्नुस् दर्शकले खचाखच भरिएको त्रिवि क्रिकेट मैदान (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपिएल) को तेस्रो संस्करणअन्तर्गत...

धेरै पढिएको