यस्तो छ लिखु तामाकोशी गाउँपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रम

उपाध्यक्ष मार्फत प्रस्तुत आ.व. २०७७÷०७८ को नीति तथा कार्यक्रम
आदरणीय सभाध्यक्ष महोदय,
प्रमुख अतिथिज्यू,
अतिथिज्यू,
राजनीतिक दलका पार्टी प्रतिनिधिज्यूहरु,
वडा अध्यक्षज्यूहरु, गाउँसभाका सदस्यज्यूहरु,
सम्पूर्ण कर्मचारी मित्रहरू र अन्य उपस्थित महानुभावहरू ।
१. विश्वभर फैलिएको कोभिड–१९ (कोरोना भाइरस) को महामारीबाट सिर्जित विषम परिस्थितिका कारण हाल विकास प्रयास अवरुद्ध भई आर्थिक तथा मानवीय सङ्कट उत्पन्न हुन पुगेको छ । यस परिस्थितिमा अग्रपङ्तिमा रही अनवरत रूपमा खटिरहनु भएका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायत सम्पूर्ण राष्ट्रसेवक कर्मचारीहरूप्रति उच्च सम्मान व्यक्त गर्दछौँ । लिखु तामाकोशी गाउँपालिकाका साथै स्वदेश तथा विदेशमा रहनु भएका दिदी बहिनी तथा दाजुभाइहरूमा परेको असहजताप्रति गाउँपालिका परिवार दुःख व्यक्त गर्दछ । यस महामारीबाट स्वदेश तथा विदेशमा ज्यान गुमाउनु भएका नेपाली दिदी बहिनी र दाजुभाइहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दछौँ । साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै उपचाररत सबैको शीघ्र स्वास्थ्य लाभको कामना गर्दछौँ ।

२. सङ्घीय लोकतान्त्रिक गणतन्त्र प्राप्तिका लागि जीवन आहुति दिने ज्ञात अज्ञात सहिदहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै यस अभियानको नेतृत्व प्रदान गर्नु हुने सम्पूर्ण श्रद्धेय अग्रजहरूप्रति सम्मान व्यक्त गर्दछौँ । नेपालको राजनीतिक तथा प्रशासनिक ऐतिहासिक नक्सा अद्यावधिक गर्ने पुनित कार्यको नेतृत्वदायी भूमिकाका लागि सम्माननीय प्रधानमन्त्रीज्यूको उच्च सम्मान गर्दै कृतज्ञता प्रकट गर्दछौँ । साथै सक्रियतापूर्वक कार्य सम्पन्न गरेकोमा नेपाल सरकारलाई विशेष धन्यवाद दिन चाहन्छौँ ।

३. सङ्घीय गणतन्त्र नेपालको स्थापना भए पश्चात जनताको जनादेश प्राप्त संविधानसभा मार्फत निर्माण गरिएको संविधानको कार्यान्वयन गर्ने शिलशिलामा २०७४ स्थानीय तहको निर्वाचन पश्चात तपाईँ हामी लिखु तामाकोशी गाउँपालिकाबासीको स्थानीय सरकारको प्रतिनिधिको रुपमा सेवा गर्ने अवसर प्राप्त भए पश्चात हामीले लिखु तामाकोशीबासीको जनताका जनअपेक्षा अनुरुप कार्य गर्ने प्रयत्न गरि नै रहेका छौँ । विकास भनेकै जनताका अपेक्षाहरूलाई सम्बोधन गर्ने क्रममा सरकारले गर्ने निरन्तर सकारात्मक परिवर्तनका लागि गर्ने प्रयत्नहरूको निरन्तर प्रक्रिया रहेछ । त्यसैले गत गाउँसभामा प्रस्तुत भएका जनताका चाहानाहरू अहिले पनि निरन्तर रहिरहेको अवस्थालाई मध्यनजर गर्न जरुरी छ । तर विगत ६ महिना अगाडि देखि चीनको हुवेइ प्रान्तको वुहान सहरबाट देखा परेको कोभिड–१९ (कोरोना) भाइरसको महामारीले संसारलाइ नै तहसनस मात्र पारेको छैन वर्तमान मानव सभ्यता र अस्तित्व माथि नै सबैभन्दा ठूलो चुनौतिको रुपमा देखा परेको कारण गत विगतका नीति तथा कार्यक्रममा क्रम भङ्गता समेत देखा परेको अवस्था रहको तर्फ सवैको ध्यानाकर्षण गराउन चाहन्छु ।

४. कोभिड–१९ ले नेपालको परम्परागत विकासप्रतिको दृष्टिकोणमा केही परिवर्तन ल्याएको छ । यस विपत्तिले हाम्रो समग्र विकास पद्धति, विकास अवधारणा र आर्थिक सामाजिक विकासको अभ्यासमा पुनःविचार गर्नु पर्ने अवस्था सिर्जना गरिदिएको छ । विकासप्रतिको अभीमुखीकरणमा व्यापक रुपान्तरणको आवश्यकता देखिएको छ ।

५. मुलुकको राजनीतिक तथा प्रशासनिक संरचना परिवर्तन पश्चातको यो घडीमा उभिएर संविधानले परिकल्पना गरेको दीगो शान्ति एवं हामी सबैले अपेक्षा गरेको समृद्ध नेपाल ः सुखी नेपालीको लक्ष्यलाई आत्मसात् गरी लिखु तामाकोशी गाउँपालिकाको विकास र समृद्धिको लागि वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्न यहाँहरू माझ उभिएको छु ।

६. मुलुकमा अहिले राजनीतिक सङ्क्रमणको अन्त्य भएको छ । मुलुक अहिले आर्थिक विकासको बाटोमा अघि बढिरहेको छ । सङ्घीय शासन प्रणालीले देशभर विकासमा प्रतिस्पर्धा बढेको छ र विभिन्न तहका सरकारहरूबीच प्रतिस्पर्धात्मक विकासको अवधारणा विकसित हुँदै आएको छ ।

७. गाउँपालिकाबासीहरूमा विकास निर्माणको चाहना अधिक रहेको र सोही अनुरुप विकासका गतिविधिहरू समेत सञ्चालनमा रहेको अवस्थामा विश्वव्यापी कोरोना महामारीको कारण हाम्रो गाउँपालिका तथा गाउँपालिकाबासी पनि नराम्ररी प्रभावित भएका छौँ । यस्तो अवस्थामा उपलब्ध साधन र स्रोतको समुचित व्यवस्थापन र प्रयोगद्वारा गाउँबासीको चाहाना बमोजिम लिखु तामाकोशी गाउँपालिकाको समृद्धि र विकासको लागि अधिकतम प्रगति हासिल गर्ने योजना तथा कार्यक्रमहरूलाई ध्यान दिनु छँदैछ तर त्यो भन्दा एक कदम अगाडि लिखु तामाकोशीबासीहरूलाई कोरोना मुक्त वातावरण सिर्जना गरी कोरोनाको कहाली लाग्दो कहरबाट जनतालाई मुक्त गराउनु लिखु तामाकोशी गाउँपालिकाको पहिलो कर्तव्य हुन गएको छ । त्यसैले लिखु तामाकोशी गाउँपालिका स्थानीय जनताको कोरोना कहरले निम्त्याएको असहज, भय र त्रासदीपूर्ण अवस्थाबाट जनतालाई मुक्त गराउन तल्लीन र प्रतिवद्ध रहेको कुरा जानकारी गराउन चाहन्छु । जनतासँग सबैभन्दा निकट रहेको सरकार भएको कारण हामी जनप्रतिनिधीहरू जनता र हामी बीचको सम्बन्धलाई प्रगाढ बनाइ राख्न हामी हरवखत कटिबद्ध रहेका छौँ । बहुजातिय, बहुधार्मिक, बहुसांस्कृतिक तथा भौगोलिक विविधता युक्त हाम्रो लिखु तामाकोशी गाउँपालिकालाई समृद्धिको बाटोतर्फ डो¥याउन यहाँ रहेका प्राकृतिक, धार्मिक, सांस्कृतिक, पुरातात्विक महत्वको स्थान तथा वस्तु र यस गाउँपालिकाका विषेशताहरूको संरक्षण गर्दै नयाँ सम्भावानाहरूको खोजी गर्नु पर्ने आवश्यकता रहेको छ । लिखु तामाकोशी गाउँबासीले हामीलाई सुम्पिएको जिम्मेवारी, हामीलाई गरेको विश्वास मूलतः सुशासन सहितको विकास र अभियानका लागि निरन्तर लागी पर्ने प्रतिबद्धता व्यक्त गर्दछौँ ।

८. स्थानीय तहको निर्वाचन पश्चात गठन भएको जनप्रतिनिधिमूलक यस गरिमामय सभामा चौथो पटक यस गाउँपालिकाको नीति तथा कार्यक्रम लिएर उपस्थित भएको छु । विगत वर्षहरूमा हामीले लिएका नीति तथा कार्यक्रमले यस गाउँपालिकाको विकासको गति मापनयोग्य र अनुमानयोग्य तवरबाट अगाडि बढेको मेरो विश्वास रहेको छ । अघिल्ला वर्षमा हामीले लिएका नीति तथा कार्यक्रमहरू करिब करिब पूरा भएका छन् ।

९. ढिलो गतिमा रहेको गाउँपालिकाको विकासलाई पछिल्ला २ वर्षको वार्षिक नीति तथा कार्यक्रम एवं बजेटले जनतामा आशाको किरण छाएको हाम्रो विश्वास रहेको छ । यस अवधिमा गाउँपालिकाबासीहरू आधारभूत विकासका पूर्वाधारहरूबाट लाभान्वित हुन सकेका छन । सबै वडाहरू सडक सञ्जालले जोडिएका छन । खानेपानी, सिंचाइ सुविधा कृषि तथा पशु सेवा सम्बन्धी सुविधा, शैक्षिक क्रियाकलापहरूको बढोत्तरी, पर्यटन पूर्वाधारको विकास, बजारीकरण जस्ता क्षेत्रमा उल्लेख्य सुधार भएको छ ।

१०. नीतिगत स्पष्टता, कार्य जिम्मेवारीको बोध, कर्मचारी संयन्त्रको सुदृढीकरण, जनशक्ति व्यवस्थापन एवं पूर्वाधार क्षेत्रको विकासले हामीमा अधिकारको प्रयोग बढेको छ भने अधिकारले दिएको सेवाको जिम्मेवारी प्रभावकारी रूपमा वहन गर्न टेवा पुगेको छ ।

११. हामीले तय गरेका विकासका प्राथमिकताहरू पूरा हँुदै गएका छन् । यद्यपि आगामी दिनमा हामीले लिने विकासका नीति एवं कार्यक्रमलाई दिगो र परिणाममुखी बनाउदै लैजानु उत्तिकै चुनौतीपूर्ण समेत रहेको छ ।

१२. नेपालको संविधान, ऐन, कानुन, मन्त्रालयहरूवाट प्राप्त परिपत्र, दिग्दर्शन र विभिन्न विषयगत बजेट सिलिङको आधारमा सहभागितामूलक तवरले आयोजना र कार्यक्रम छनौट गरी नीति कार्यक्रम र बजेट तर्जुमा गरेका छौँ । साथै आथिंक वर्ष २०७७÷०७८ मा संविधानले प्रदान गरेको अधिकार क्षेत्रभित्र रही स्थानीय स्तरमा बाँकी रहेका महत्वपूर्ण ऐन, नियम र कार्यविधि, निर्देििशका तयार गरी सोही बमोजिम कार्य अगाडी बढाउनु पर्ने टड्कारो आवश्यकता छ ।
सभाध्यक्ष महोदय,

१३. “सबैको ऐक्यबद्धता ः स्वच्छ, सुन्दर समृद्ध लिखु तामाकोशी हाम्रो प्रतिवद्धता” भन्ने यस गाउँपालिकाको दुर दृष्टिलाई चरितार्थ गर्न जातिय, धार्मिक, भाषिक, सांस्कृतिक तथा भौगोलिक बिविधता युक्त सामाजिक एकता भएको प्राकृतिक सौन्दर्यले भरिपूर्ण यस गाउँपालिकालाई थप शैिक्षक, आर्थिक, सामाजिक, साँस्कृतिक र पर्यटनको केन्द्रको रुपमा विकसित र समृद्ध बनाउदै लैजानका लागि आ.व. २०७७÷७८ मा यो नीति तथा कार्यक्रम तर्जुमा गरी यस सम्मानित सभामा प्रस्तुत गर्ने अनुमति चाहान्छु ।

१४. नेपालको सविधान, स्थानीय सरकार सञ्चालन ऐन, सङ्घीय एवम् प्रदेश सरकारको नीति तथा कार्यक्रम, सङ्घीय एवं प्रदेश सरकारको आवधिक योजना, नेपाल सरकारले राष्ट्रिय÷अन्तराष्ट्रिय जगत्मा प्रतिवद्धता जनाएका विषयहरू, दिगो विकासको लक्ष्य, एवम् आम लिखु तामाकोशी गाउँपालिकाबासी आमा बुबा, दाजुभाइ तथा दिदी बहिनीहरूले व्यक्त गर्नु भएका विकासका चाहना र आकाङ्क्षाहरू नै यस नीति तथा कार्यक्रमका मार्ग निर्देशनहरू हुन् ।

१५. आम लिखु तामाकोशी गाउँपालिकाबासीको वास्तविक आवश्यकतालाई सम्बोधन गर्न छिटो छरितो र प्रतिफलयुक्त विकासलाई प्रवद्र्धन गर्न र न्यून स्रोतबाट अधिकतम उपलब्धी हासिल गर्नु यस नीति तथा कार्यक्रमको मूख्य ध्येय रहेको छ ।
१६. कार्यन्वयन गर्न नसकिने प्रकृतिका विकासका योजना पेश गरी तपाईँ हामी आम नागरिकमा भ्रम फैलाउनु र नीति तथा कार्यक्रमलाई विकासको मोटो कागजी दस्ताबेज बनाउनु भन्दा कार्यान्वयन योग्य संक्षिप्त योजना र कार्यक्रमको गोजी पात्रो बनाउनु मेरो मूख्य लक्ष्य हो ।

आगामी आ.व. २०७७।०७८ मा देहाय बमोजिमका नीति तथा कार्यक्रम संञ्चालन गरिनेछ ।
आर्थिक विकास
१७. आर्थिक विकास र समृद्धि गाउँपालिकाको मूख्य उद्देश्य रहेकाले गाउँपालिका भित्रका सम्पूर्ण योजना तथा कार्यक्रमलाई सोही दिशामा अघि बढाइनेछ ।

१८. रोजगार कार्यक्रमलाई प्रभावकारी बनाउन गाउँपालिकाबाट बजेट विनियोजन गरी स्थानीय पूर्वाधार विकाससगैँ रोजगारीका माध्यमबाट आय आर्जनमा वृद्धि गराइनेछ । गाउँपालिकाको समग्र विकासको लक्ष्य प्राप्तिको योजना तर्जुमाका लागि आवधिक योजना निर्माण गरिनेछ र सोही बमोजिम आर्थिक एवम् अन्य क्रियाकलाप सञ्चालन गरिनेछ ।

कृषि तथा पशुपंक्षी विकास (पशुपालन तथा ग्रामिण कृषि ः गाउँको समृद्धि)

१. कृषिमा उन्नति ः लिखु तामाकोशी गाउँपालिकाबासीको समुन्नति भन्ने नारामा आधारित रही लिखु तामाकोशी गाउँपालिकाले कृषि क्षेत्रलाई व्यावसायिक, आत्मनिर्भर तथा प्रमुख आय स्रोतको रूपमा विकास गर्ने गरी मुख्य प्राथमिकतामा राख्ने नीति लिइनेछ ।

२. दिगो कृषि प्रणालीलाई प्रवद्र्धन गर्न ५ वर्षे रणनीतिक पत्र तयार गरिनेछ ।

३. हरित खाद्य (ँययम न्चभभल) लाई बढावा दिन घरको निर्माण सम्पन्न प्रमाण पत्र प्रदान गर्दा कम्तिमा पनि दुईवटा फल दिने रुख रोपेको हुनु पर्ने व्यवस्थालाई लागू गरिनेछ ।

४. कृषि तथा सिंचाई क्षेत्रको समग्र विकासका लागि कृषि सहकारी सञ्जाल निर्माण, अर्गानिक कृषि उत्पादन, बिउ बिजन, किट वितरण तथा सतह सिँचाई (कुलो, प्लास्टिक पोखरी, स्प्रिङ्कल सिंचाइ, थोपा सिंचाइ) को प्रबद्र्धन गर्नका लागि कृषि तथा सिंचाई कार्यालय लगायत अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरी कृषक समूहहरूलाई प्रोत्साहित गरिनेछ ।

५. कृषकहरूको मागको आधारमा बेमौसमी तरकारी खेती तथा व्यावसायिक खेती प्रणालीलाई अवलम्बन गर्दै लगिनेछ ।

६. लिखु तामाकोशी गाउँपालिकाको विकट क्षेत्रका कृषकहरूलाई प्राथमिकतामा राखी आवश्यकता अनुसारको कृषि औजार तथा बीउ विजनहरू उपलव्ध गराउने नीति लिइनेछ ।

७. पशु बीमा र कृषि बीमालाई प्रभावकारी रूपमा सञ्चालन गर्न सहजीकरण गरिनेछ ।

८. कृषि सहकारीहरूलाई उल्लेखनीय कार्यहरू गर्न गराउनका लागि प्रोत्साहन गरिनेछ ।

९. गाउँपालिकामा उत्पादित दुग्ध पदार्थ, खाद्य पदार्थ, तरकारी फलफूल लगायत नगदे बाली उत्पादनहरूको बजारमा निकासी गर्न पहुँच वृद्धि गर्दै आन्तरिक बजार विस्तारका लागि जोड दिइनेछ । साथै उत्पादित कृषिजन्य वस्तुहरूलाई भण्डारणको व्यवस्था गर्न पहल गरिनेछ ।

१०. दुध, मासु र माछाको उत्पादनमा जोड तगा पशुपालनका लागि घाँसे खेती कार्यक्रम प्रवद्र्धन गरिनेछ । पशुपंछी पालन तथा कृषिलाई व्यवसायीकरण गर्न चाहने युवा किसानहरूलाई ज्ञान, सीप, प्रविधि र लजिस्टिक सपोर्ट प्रदान गरिनेछ ।

११. चिनौँ आफ्नो माटो ः बनाऔँ आफ्नै गाउँ भन्ने मूल नाराका साथ खाद्य तथा नगदे बाली (कोदो खेती, धान खेती, मकै खेती, फापर खेती, आलु, ओखर, टिमुर) प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।

१२. विदेश पलायन भएका युवालाई कृषिमा आकर्षित गरी रोजगारीको अवसर सिर्जना गर्दै स्वरोजगार तथा आत्मनिर्भर बनाउन कृषिमा यान्त्रीकीकरण आधुनिकीकरण, व्यवसायीकरण र बजारीकरण कार्यक्रमलाई प्रवद्र्धन गरिनेछ ।

१३. गाउँपालिकाको उपयुक्त स्थानमा पशु स्वास्थ्य चौकी स्थापनाका लागि पहल गरिनेछ ।

१४. सम्बन्धित निकायमा दर्ता भई गाउँपालिकामा सूचीकृत हुने कृषि फर्म, कृषक समूह अन्तर्गत पशु पंछी व्यवसाय सञ्चालन गरी आएका कृषकहरूलाई ५० प्रतिशत अनुदानमा पशु स्वास्थ्यसँग सम्बन्धित औजारहरू लगायत तालिम र लजिस्टिक सपोर्ट उपलव्ध गराउने नीति लिइनेछ र यसलाई उत्पादनसँगै जोड दिइनेछ ।

१५. नेपाल सरकारको नीति अनुरुप वैदेशिक रोजगारीबाट फर्किएका युवाहरूलाई कृषि तथा पशुपालन व्यवसायमा आकर्षित गर्न बारीका पाटा र खेतका गरा ः हुन्छन् सबै हराभरा भन्ने मूल नीतिका साथ सामूहिक कृषि तथा पशुपालन गर्न चाहेमा निश्चित अनुदान दिने नीति लिइनेछ ।

१६. मत्स्यपालक र कुखुरापालक कृषकहरूलाई निश्चित अनुदानमा माछाका भुरा तथा कुखुराको चल्ला वितरण गर्ने नीति लिईनेछ ।

१७. “आफ्नो लागि आफैं उत्पादन गरौं, तरकारीमा आत्मनिर्भर बनौं” र “एक घर एक करेशाबारी” भन्ने नाराका साथ तरकारीमा आत्मनिर्भर हुन आवश्यक नीति तय गरिनेछ ।

१८. आम लिखु तामाकोशी गाउँपालिकाबासीलाई स्वच्छ माछा मासु उपभोग गर्ने वातावरणको सुनिश्चितता प्रदान गर्नका लागि पशु बधशाला र मासु जाँच गर्ने ऐन, २०५५ को कार्यान्वयनमा आवश्यक पहल गर्ने नीति लिइनेछ । साथै मासु व्यवसायीहरूले गाउँपालिकाले तोकेको स्थानमा मात्रै मासुको कारोवार गर्नको लागि प्रोत्साहन गरिनेछ ।

१९. कृषि उत्पादनको क्षेत्रमा गाउँपालिका आफैँले निश्चित स्थानको छनौट गरी सामुहिक व्यवसाय सञ्चालन गराई रोजगारीको सिर्जना गरिनेछ ।

२०. पशुधन सुरक्षाको लागि नाम्ले जुका, कृणा, जुम्रा, लुतो, जस्ता विभिन्न औषधीको आवश्यकतालाई पूर्ति गर्न पशु शिविर सञ्चालन गरिनेछ ।

२१. पशु नश्ल सुधार गर्नका लागि सबै वडाहरूमा बोयर जातको बीउँ बोका, उन्नत जातको राँगा तथा बङ्गुर वितरण गरिनेछ ।

२२. कृषिरोड संरक्षणका लागि वृक्षारोपणका कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।

२३. अर्गानिक खेती प्रणालीलाई प्रोत्साहित गरी विषाधिको प्रयोगलाई हटाइनेछ । एवम् आगामी आ.व.भित्र गाउँपालिकालाई अर्गानिक गाउँपालिका घोषणा गर्न जोडदार पहल गरिनेछ ।

२४. एक वडा तह ः एक पकेट क्षेत्र भन्ने नीति लिई फलपूmल तथा खाद्य बाली र नगदेबालीलाई विशेष प्रोत्साहन गर्दै विशेष गरी टिमुर, ओखर, किवी, कागती, अलैँची तथा जुनारसुन्तला र लिचीको उत्पादनमा जोड दिइनेछ । यसका लागि सम्बन्धित विषय विज्ञ झिकाइ सम्भाव्यता अध्ययन गरी पकेट क्षेत्र घोषणा गरिनेछ । कृषियोग्य भूमिको नियमित माटो परीक्षण, कृषकहरूलाई माटोको प्रकार, गुणस्तर र हावापानी अनुकूल खेती गर्न एवम् उचित मात्रामा मल बिउँ प्रबन्ध मिलाउन र विषादिको प्रयोगलाई निरुत्साहित गरी अर्गानिक खेती प्रणालीको प्रोत्साहन गर्न सङ्घीय सरकारद्वारा स्वीकृत दरबन्दी बमोजिम यसै आ.व.को सुरुमै यस गाउँपालिकामा रिक्त रहेका प्राविधिक कर्मचारी करार सेवामा नियुक्त गर्ने नीति लिइनेछ । १ वडा १ कृषि तथा पशु सेवा प्राविधिकको व्यवस्था गरी कृषकहरूलाई सेवा प्रदान गरिनेछ ।

२५. परजिवी नियन्त्रण कार्यक्रमलाई प्रभावकारी बनाइनेछ ।

२६. तोरी खेती प्रवद्र्धन कार्यक्रम सञ्चालनमा ल्याइनेछ ।

२७. लोपउन्मुख हुदै गएको पशु (बाख्रा तथा भेडा) पालनलाई प्रवद्र्धन गरिनेछ ।

२८. कृषि तथा पशु पालन क्षेत्रको विकासको लागि कृषकहरूलाई तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रम संञ्चालनमा ल्याइनेछ ।

२९. “खोला खोल्सीको पानी, पाखाबारीको जिन्दगानी” नाराका साथ गाउँपालिकाका स–साना खोल्सा खोल्सी, कुवा जस्ता पानीका मुहान संरक्षण गरी कृषि कार्यमा प्रयोग गरिनेछ ।

३०. गाउँपालिका स्तरीय कृषि उपज सङ्कलन केन्द्र स्थापना गरिनेछ । गाउँपालिकाको केन्द्र धोवीमा डेरी सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइनेछ ।

३१. नर्सरी प्रर्वद्धनका लागि १ वडा १ नर्सरी कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ साथै कृषिजन्य बोटविरुवाको आयत न्यूनिकरण गरिनेछ । स्थानीय उत्पादनलाई प्राथमिकता दिइनेछ ।

३२. सङ्घीय सरकारको नीति बमोजिम भूमिको खोजी र प्रविधिको संयोजनमा कृषिभूमिको सदुपयोग गरी कृषिको व्यवसायिक उत्पादन बढाउन भूमिबैँकको स्थापना गरिनेछ । भूमिको चक्लाबन्दीलाई प्रोत्साहन गरी करार, व्यावसायिक, सहकारी र सामूहिक खेती गर्न समुदायको समन्वयमा एकै प्रकारका बाली लगाउने व्यवस्था मिलाइनेछ ।

पर्यटन

१. पर्यटन क्षेत्रको टेवाका लागि गाउँपालिका क्षेत्रको पर्यटकीय सम्भावनायुक्त क्षेत्रको पर्यटन पूर्वाधार विकास विस्तार र संरक्षणमा जोड दिइनेछ ।

२. गाउँपालिका क्षेत्रभित्रका धार्मिक, सास्कृतिक, ऐतिहासिक सम्पदाको नियमित संरक्षण र प्रर्वद्धन गरिनेछ ।

३. एक वडा एक नमूना पर्यटकीय गन्तव्य निर्माणमा जोड दिइनेछ ।

४. गाउँपालिकाको चिनारी÷पहिचान प्रर्वद्धन गर्ने संघ संस्था, व्यक्ति वा कार्यक्रम आयोजकलाई प्रोत्साहन गरिनेछ ।

५. पर्यापर्यटनको प्रवद्र्धन ः लिखु तामाकोशी गाउँपालिकाको संस्कृति सम्वद्र्धन भन्ने मूल नाराका साथ सबै जातजाति कला भाषा, धर्म सस्कृति एवम् समुदायको रीतिथिति, रहनसहनलाई सम्मान गर्दै प्रोत्साहन गरिनेछ । साहित्य तथा कला क्षेत्रको विकासका लागि प्रर्वद्धनात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।

६. आदि कालदेखि बसोबास गर्दै आएका आदिबासी जनजाति लगायत विशेष जातजाति, समुदाय र सम्प्रदायको विशेष संस्कृति, चाडपर्व, रीतिरिवाज र परम्परालाई संरक्षण, सम्वद्र्धन र प्रवद्र्धन गरिनेछ ।

७. भृङ्गेश्वर (कोटगाउँ), चिलाउने आइतबारे मन्दिर, ऐरम्बास, कालीदेवीस्थान (बिजुलीकोट र गोठगाउँ सीमाना), थलारी (बिजुलीकोट ः सूर्यास्त हेर्न सकिने उच्च स्थान), गिद्धे डाँडा (सैपु) र त्रिपुरेश्वर गुफा (दुरागाउँ) दुरागाउँको कुपिन्डेमा हालसालै पत्ता लागेको तर नामाकरण भइ नसकेको खोज अनुसन्धाकै क्रममा रहेको गुफा तथा ५ नं. वडा नागदहको गिदानचौर पर्यटकीय स्थललाई पर्यटनमैत्री बनाउन पूर्वाधारको विकास गरिनेछ । साथै गाइखर्केनीदेखि आइतबारे चिलाउने मन्दिर सम्मको केवलकारको लागि सम्भाव्यता अध्ययन गरिनेछ र वडा नं. ६ मा रहेको नर्वदेश्वर महादेव मनिदर हुँदै क्षेताकुण्ड महादेव मन्दिरसम्म पर्यटकीय पदमार्ग निर्माण गरिनेछ । धोवीको खाराङखुरुङ गुफा पर्यटक प्रवद्र्धन र व्यवस्थित गरिनेछ ।

८. आन्तरिक र बाह्य पर्यटकलाई सुविधा दिन उचित स्थानमा होटल, रेस्टुरा, पार्क, स्विमिङ पुल (खिम्ती, हलेदे), होमस्टे (मानेडाँडा, नागदह, गिदानचौर) निर्माण गरी सञ्चालन गर्न सङ्घीय सरकार, प्रदेश सरकारसँग स्थानीय सरकारले सहकार्य गर्नेछ र निजी क्षेत्र तथा सर्वसाधारण नागरिक समेतलाई सो कार्यका लागि प्रोत्साहन गरिनेछ ।

९. यस गाउँपालिकाको छिमेकी गाउँपालिका तथा नगरपालिकामा रहेका पर्यटकीय स्थल, धार्मिक स्थलसम्म आवतजावतका लागि सहज सडक सञ्जाल निर्माणका लागि निरन्तरता दिइनेछ ।

१०. वडा नं. १ दुरागाउँ स्थित झन्डीडाँडा समेत भनेर चिनिने दुरविन डाँडामा आ.व.२०७७÷०७८ भित्रै दृश्यावलोकनका लागि भ्यु टावरको सम्भाव्यता अध्ययन तथा डि.पि.आर.गरी आन्तरिक र बाह्य पर्यटन प्रवद्र्धनका लागि सोलुखुम्बु, ओखलढुङगा, सिन्धुली, दोलखा र रामेछापका अधिकांश भूभाग तथा यस गाउँपालिकाको समग्र भू–भागको दृश्यावलोकन गर्दै भ्यु टावरसम्म पुग्ने पदमार्ग र विश्राम स्थल यसै जिल्लाको छिमेकी गाउँपालिका गोकुलगङ्गा गाउँपालिकासँगको साझेदारीमा समेत निर्माण गर्ने र पर्यटकलाई दृश्यावलोकन गराउने नीति लिइएको छ ।

उद्योग तथा वाणिज्य

१. एक घर ः एक उद्यमी नीति अवलम्बन गरी लघु उद्यम विकास मोडलमा नयाँ उद्यमीहरू निर्माण गर्ने नीति लिइनेछ ।
२. गाउँपालिकाभित्र सञ्चालन हुने विभिन्न उद्योगमा आम नागरिकको शेयर लगानी गर्ने र त्यसको लागि पालिकाभित्र रहेका अति विपन्न गरिब परिवाहरूका लागि निश्चित प्रतिशत शेयर गाउँपालिकाले लगानी गर्ने नीति अवलम्बन गर्नेछ ।
३. खनिजजन्य उद्योग सम्भाव्यताको खोज अनुसन्धानको लागि नेपाल सरकार र प्रदेश सरकारलाई अनुरोध गरिनेछ ।
४. उद्यमीको स्तरोन्नति गर्नका लागि उनीहरूको आवश्यकता पहिचानको आधारमा पुनःताजगी एडभान्स सीप विकास तालिम सञ्चालन गरिनेछ ।
५. गाउँपालिकामा रहेका सम्पूर्ण स्लेट ढुङगा, तामाखानी, खरीखानी, मार्वलखानी (दुरागाउँ), तामाखानी (काङवा, तिल्पुङ, ऐरम्बास, खिम्ती), एवम् फलामखानी (दुरागाउँ) लगायत अन्य खानीहरूको संरक्षण गरी रोजगारी सिर्जना गर्न खानीजन्य उद्योग प्रवद्र्धनको नीति अवलम्बन गरिनेछ ।
सहकारी नीति
शिक्षा, तालिम र सूचनाको माध्यमबाट सहकारीको संस्थागत क्षमता विकास र सहकारीसम्बन्धी जनचेतना अभिबृद्धि गर्ने सम्बन्धमा देहायका नीतिहरू अवलम्बन गरिनेछ ः–

१. सहकारी क्षेत्रको विकास, विस्तार र प्रबद्र्धनका लागि दीर्घकालीन रणनीतिक योजनाको तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
२. सहकारी उद्योग व्यवसायको विकास, विस्तार र प्रवद्र्धनमा स्थानीय सरकार तथा विकास साझेदारहरूको सहभागितालाई प्रोत्साहित गरिनेछ।
३. सहकारी शिक्षा, तालिम र सूचनालाई व्यापक र प्रभावकारी बनाउन पालिका भित्रका सम्बन्धित सरकारी निकाय तथा सहकारी संघ संस्थाहरूलाई प्रभावकारी ढङ्गले परिचालन गरिनेछ ।
४. आम नागरिकहरूलाई सहकारी सम्बन्धी जनचेतना अभिवृद्धिका लागि स्थानीय निकाय, सहकारी क्षेत्र, नागरिक समाज, विकास साझेदार, शैक्षिक क्षेत्र, सञ्चार जगतका साथै सम्बद्ध सामाजिक संघ संस्थाहरू परिचालन गरिनेछ ।
५. कृषि क्षेत्र लगायत अन्य उत्पादन तथा सेवामा आधारित सबै प्रकारका व्यवसायमा सहकारीलाई श्रमिकहरूको स्वामित्व रहने सहकारी उद्योग व्यवसाय मार्फत रोजगारीको सिर्जना गर्न नीतिगत व्यवस्थाका साथै उपयुक्त कार्यक्रमहरूको तर्जुमा गरी कार्यान्वयन गरिनेछ ।
६. सहकारी उद्योग व्यवसायलाई स्वच्छ र वातावरणमैत्री बनाउन आवश्यक प्रविधिको उपयोगमा जोड दिइनेछ ।
७. कृषि उत्पादन, भण्डारण, प्रशोधन तथा बजारीकरण र कृषि सामग्रीको आपूर्ति व्यवस्थापनमा कृषि सहकारी संघ संस्थाहरूको संलग्नतालाई प्रोत्साहन गरिनेछ ।
८. सार्वजनिक क्षेत्रका कलकारखाना, कृषि फर्म तथा बजार केन्द्रहरूको व्यवस्थापन गर्ने नीति लिइनेछ ।
९. कृषि, शिक्षा, स्वास्थ्य, उर्जा, बीमा, पर्यटन, सञ्चार जस्ता उत्पादन तथा सेवाका उद्योग व्यवसायमा सहकारी संघ संस्थाको लगानी र व्यवस्थापनलाई उत्पे्ररित गरिनेछ ।
१०. सहकारी क्षेत्रमा अनुसन्धान तथा विकासको कार्यलाई प्रोत्साहित गर्दै यस क्षेत्रमा नवीन प्रयोग तथा सम्भावनाका नयाँ क्षेत्रहरूको पहिचान गरिनेछ ।
११. स्थानीय पूँजी, श्रम, सीप र साधनको परिचालन गरी ग्रामीण अर्थतन्त्रको विकास गर्न सहकारीमा आधारित कृषिसँग सम्बन्धित उद्योग व्यवसायलाई प्रवद्र्धन गरिनेछ ।
१२. गरिबी निवारण कोष मार्फत सञ्चालित समूहहरुलाई वडास्तरमा सहकारी मार्फत एकीकृत गरी परिचालन गरिनेछ ।

वित्तीय क्षेत्र

१. कोभिडको असर न्यूनीकरणका लागि वित्तीय सेवा प्रभावलाई व्यवस्थित रूपमा नियमन, सञ्चालन तथा वित्तीय क्षेत्रको स्रोत परिचालन गरिनेछ ।
२. भुक्तानी प्रणालीलाई सुरक्षित आधुनिक र विद्युतीय प्रविधिमा आधारित बनाइनेछ ।
३. बैक तथा वित्तीय संस्थालाई बाह्य पूँजी परिचालन गर्न प्रोत्साहित गरिनेछ ।
४. आम नागरिकमा पहुँच पुग्ने गरी बीमाको दायरा विस्तार गरिनेछ ।
५. लगानी तथा व्यापारलाई व्यवस्थित गर्न आवश्यक कानुन तर्जुमा गरिनेछ ।
६. विभिन्न समूह मार्फत बचत तथा ऋणको कारोबार गर्ने स–साना समूहहरूलाई सहकारी संस्थामा दर्ता गर्न प्रोत्साहित गरिनेछ ।
७. बैँक तथा वित्तीय संस्थाहरूको स्थापना गर्न आवश्यक सहजीकरण गरिनेछ ।
८. बचत गर्ने प्रणालीलाई व्यवस्थित गर्न नयाँ बैँक खाता सञ्चालनका लागि आम नागरिकहरूलाई प्रोत्साहित गरिनेछ ।

सामाजिक विकास
शिक्षा
“समृद्ध लिखु तामाकोशीको प्राथमिकता ः घर–घरमा शिक्षा, स्वास्थ्य र स्वोरोजगार सेवा”
१. “प्राकृतिक रुपमा सिर्जित संक्रमणबाट बचौं बचाऔं, सुरक्षित वातावरणमा सिकौं सिकाऔं” भन्ने नाराका साथ विद्यालयहरुमा सामाजिक दूरी अपनाई सिकाइलाई निरन्तरता दिइने छ साथै वैकल्पिक माध्यामबाट पनि विद्यालय सिकाइलाई सहजीकरण गरिनेछ ।
२. शिक्षासम्बन्धी स्थानीय वार्षिक शैक्षिक योजना तथा कार्यविधि निर्माण गरी कार्यान्वयन गरिनेछ ।
३. विद्यालयमा सुशासन ः नागरिक सबैमा अनुशासन नाराका साथ अनुगमन तथा सुपरीवेक्षणका माध्यमबाट शैक्षिक क्षेत्रलाई व्यवस्थित गरिनेछ ।
४. बालमैत्री विद्यालय राष्ट्रिय प्रारुप, २०६७ अनुसार एकै किसिमको रङरोगन तथा बिग्रेका संरचनाको पुनःनिर्माण गरी भौतिक संरचनाको सुदृढीकरण गरिनेछ ।
५. पालिकाको शैक्षिक गतिविधि बारे जाकारी दिन शैक्षिक क्यालेन्डर, बुलेटिन, स्मारिका जस्ता सामग्री प्रकाशन तथा वितरण गरिनेछ ।
६. पालिका भित्रका उत्कृष्ट विद्यालय, शिक्षक र विद्यार्थीलाई सम्मान तथा पुरस्कृत गरिनेछ ।
७. विद्यार्थीहरुको प्रतिभा प्रष्फुटन गराउन विभिन्न किसिमका प्रतियोगितात्मक कार्यक्रम सञ्चालन गरिनेछ ।
८. पालिकाभित्र सञ्चालन हुने विभिन्न परीक्षाहरुलाई व्यवस्थित गरिनेछ ।
९. जीवनमा शिक्षाको औपचारिक सुरुवातको रुपमा रहने बाल विकास शिक्षालाई रोचक, ज्ञानवद्र्धक र ब्यवस्थित बनाइनेछ ।
१०. बाल सहयोगी कार्यकर्तालाई तालिमको व्यवस्था गरिनेछ ।
११. आधारभुत र माध्यमिक शिक्षामा सबै बालबालिकाहरुको समतामुलक पहुँच, गुणस्तर र सान्र्दभिकता तथा संस्थागत सक्षमता हुनेछ ।
१२. सिकाई उपलब्धी कम प्रतिशत भएका विषयगत शिक्षकहरुलाई गणित, विज्ञान र अङग्रेजी विषयको तालिम सञ्चालन गरिनेछ । शैक्षिक संस्थाहरुलाई गुणस्तरीय बनाउन अध्ययन अवलोकन भ्रमण गराई त्यहाँको असल अभ्यास अनुशरण गराइनेछ ।
१३. गाउँपालिका पूर्ण साक्षर घोषणा भइ नसकेकाले त्यसका लागि आवश्यक रणनीति योजना तथा कार्यक्रम सञ्चालन गरिनेछ ।
१४. गरिव, विपन्न, द्वन्द्व पीडित तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीहरुलाई शैक्षिक सामग्रीको व्यवस्था तथा छात्रवृत्तिको लागि निश्चित कोष स्थापना गरी सञ्चालन गरिनेछ ।
१५. विगत लामो समयदेखि समस्यामा रहेका सामुदायिक विद्यालयहरुमा गुणस्तरीय शिक्षाका लागि निजी स्रोतका शिक्षकहरु तथा अन्य कर्मचारीको सेवा सुविधाको स्रोत जुटाउने प्रयोजनार्थ आवश्यक बजेटको व्यस्था गरिनेछ ।
१६. विद्यार्थी सङ्ख्या कम भएका विद्यालयहरुमा नजिकको विद्यालयमा गाभ्ने र दरबन्दी मिलान गर्ने कार्यलाई अगाडि बढाइनेछ ।
१७. सामुदायिक विद्यालयको शैक्षिक गुणस्तरको सुधार गर्न विद्यालयका प्रधानाध्यापक र विषय शिक्षकहरुसँग कार्य सम्पादन करार गरी कार्यसम्पादनलाई प्रभावकारी बनाइनेछ ।
१८. सामुदायिक सिकाई केन्द्रलाई सूचना प्रविधि पूर्वाधार सहितको शैक्षिक सूचना केन्द्रको रुपमा विकास गर्ने कार्यक्रमलाई कार्यान्वयन गरिनेछ ।
१९. सम्भाव्यताका आधारमा आवश्यक नियम कानुन तथा कार्यविधि तर्जुमा गरी भाषा नीति तथा मातृभाषा शिक्षा कार्यक्रम कार्यान्वयनमा ल्याइनेछ ।
२०. यस गाउँपालिकाभित्र रहेका द्वन्द्व पीडित परिवारहरुको आर्थिक अवस्थामा सुधार ल्याउने नीति लिइनेछ ।

युवा तथा खेलकुद

१९. प्रत्येक वर्ष गाउँपालिकास्तरीय विभिन्न खेलकुद कार्यक्रम सञ्चालन गरि खेलकुद क्षेत्रको विकासका लागि गाउँपालिकास्तरिय मुल खेलकुद विकास समिति र वडा स्तरीय उपसमितिहरु गठन गरि कार्यक्रम कार्यान्वयन गरिनेछ । एक वडा एक खेलमैदान कार्यक्रम तुरुन्त कार्यान्वयनमा लगिनेछ ।
२०. समृद्ध राष्ट्र निर्माणमा युवाको भूमिकालाई मध्यनजर गर्दै युवा बेरोजगारलाई न्युनीकरण गर्न युवा स्वोरोजगार सम्बन्धी विविध कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
२१. पालिकाभित्र लुप्त बालबिबाह, घरेलु हिंसा, छुवाछुत, वर्गीय विभेद जस्ता कुसंस्कार तथा कुरीतिको न्युनिकरण गर्न विविध किसिमका जनचेतना जगाउने कार्यक्रममा युवाहरुलाई परिचालन गरिनेछ ।
२२. पालिका स्तरीय खुल्ला खेलकुद, अन्तर विद्यालय खेलकुद प्रतियोगिताहरु सञ्चालन गरिनेछन् ।
२३. युवा उद्यमीहरुलाई हौसला प्रदान गर्न सम्मान एवम् पुरस्कृत गरिनेछ ।
२४. विद्यालयहरुलाई खेलकुदका सामग्रीहरु वितरण गरिनेछ ।

स्वास्थ्य

१. कोभिड–१९ को सङ्क्रमणलाई यथाशीघ्र रोकथाम तथा नियन्त्रण गर्न मापदण्ड अनुसार परीक्षणको दायरा वृद्धि, थप पि.सि.आर. ल्याव सञ्चालन, केस इन्भेस्टिगेसन, कन्ट्रयाक्ट ट्रेसिङ र परीक्षण कार्यका लागि गाउँपालिकाको केन्द्र धोबीमा व्यवस्था मिलाइनेछ ।
२. सरकारी तथा अन्य सामुदायिक अस्पतालसँगको सहकार्यमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरिनेछ ।
३. यस गाउँपालिकाभित्र कार्यरत महिला स्वास्थ्य स्वयम् सेविकाहरुको क्षमता विकासका लागि उचित प्रोत्साहन भत्ताको व्यवस्था गरिनेछ ।
४. नेपाल सरकारको नीति अनुसार नै गाउँपालिकाभित्रका स्वास्थ्य संस्थाहरुको भौतिक सुधार गरी स्वास्थ्य सुविधालाई सहज र पहुँचयोग्य बनाइनेछ ।
५. ६० वर्ष माथिका ज्येष्ठ नागरिकहरुको स्वास्थ्य जाँचको लागि निःशुल्क स्वास्थ्य परीक्षण शिविर लगायत ज्येष्ठ नागरिक सम्मान र परिचयपत्र वितरणको व्यवस्था मिलाइनेछ ।
६. यस गाउँपालिकाभित्र दीर्घरोग, नसर्ने रोग, महिलाहरुको पाठेघरको मुखको क्यान्सर रोग न्यूनीकरण गर्नका लागि शिविर सञ्चालन गरिनेछ ।
७. स्वास्थ्य तथा व्यक्तिगत सरसफाइ कार्यक्रम अन्तर्गत विद्यालयमा अध्ययनरत छात्राहरुको तथ्याङ्क सङ्कलन गरी निःशुल्क स्यानिटरी प्याड वितरणका लागि आवश्यक उपकरणको व्यवस्था गरिनेछ ।
८. महामारी रोग नियन्त्रणका लागि ¥यापिड रेस्पोन्स टिम ९च्च्त्० गठन गरी आवश्यकता अनुसार कार्यसञ्चालन गरिनेछ ।
९. यस गाउँपालिकाको बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाहरुलाई कार्यविधि तर्जुमा गरी सो बमोजिम उचित सुत्केरी भत्ताको व्यवस्था मिलाइनेछ ।
१०. स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुको क्षमता अभिवृद्धिका लागि तालिम, गोष्ठी तथा अध्ययन अवलोकनको व्यवस्था गरिनेछ ।
११. आपतकालीन अवस्थामा बिरामी बोक्नका लागि व्यवस्था गरिएको निःशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइनेछ ।
१२. स्वास्थ्य संस्थाहरुको रेकर्डिङ रिपोर्टिङहरुलाई व्यवस्थित गरी सफ्टवेयर÷अनलाइनबाट सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ ।
१३. मनोसामाजिक परामर्शदाताको व्यवस्था तथा सोसँग सम्बन्धित कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
१४. नेपाल सरकारबाट सशर्त सहित आएका कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ ।
१५. नेपाल सरकार र प्रदेश सरकारको साझेदारीमा १५ शैयाको हस्पिटल निर्माणको लागि विशेष पहल गरिनेछ ।
१६. कोभिड १९ रोग समुदायमा फैलिन नदिन क्वारिन्टाइन व्यवस्थापनलाई थप प्रभावकारी बनाइनेछ । आवश्यकता अनुसार आइसोलेसनको समेत व्यवस्था मिलाइनेछ ।
१७. कोभिड १९ नियन्त्रण रोकथाममा खटिने स्वास्थ्यकर्मी र कर्मचारीहरुलाई आवश्यक सुरक्षा सामाग्री प्रदान गरी सङ्घीय सरकार तथा स्थानीय सरकारको सहकार्यमा जोखिम भत्ताको व्यवस्था गरिनेछ ।
१८. स्वास्थ्य सम्बन्धी स्थानीय ऐन, नियमावली तथा कार्यविधि निर्माण गरी कार्यान्वयन गरिनेछ ।
१९. सबै स्वास्थ्य संस्थामा आवश्यक औषधि, सामग्री, औजार उपकरण तथा खोप खरिद तथा वितरण गरिनेछ ।
२०. स्वास्थ्य संस्थामा रिक्त रहेका दरबन्दी पूर्तिका लागि करार सेवाबाट पदपूर्ति गरिनेछ ।
२१. अनुगमन तथा मूल्याङ्कनका माध्यमबाट स्वास्थ्य क्षेत्रलाई व्यवस्थित गरिनेछ ।
२२. वन हर्ट वल्ड वाइड संस्था तथा कार्यक्रमसँग समन्वय गरी स्वास्थ्य संस्थाको स्तरोन्नति गरिनेछ ।
२३. सबै स्वास्थ्य संस्थामा इन्टरनेट प्रविधिको व्यवस्था गरी मासिक ९म्ज्क्ष्क्द्द० रिपोर्टिङ गर्ने व्यवस्था मिलाइनेछ ।
२४. गाउँघर क्लिनिक तथा खोप क्लिनिक सञ्चालन गरिनेछ । साथै फिल्ड भत्ता दिने व्यवस्था मिलाइनेछ ।
२५. बर्थिङ सेन्टरमा कार्यरत नर्सिङ स्वास्थ्यकर्मीहरुलाई प्रचलित कानुन र सूचकका आधारमा कार्यसम्पादन मूल्याङ्कन गरी नाइट भत्ता दिने व्यवस्था मिलाइनेछ ।
खानेपानी तथा सरसफाइ

१. गाउँपालिकाबासीलाई स्वच्छ खानेपानीको व्यवस्था गर्नका लागि पानीको मुहान संरक्षण तथा सुदृढीकरण गर्दै लगिनेछ । सबै नागरिकलाई खानेपानीमा पहँुच विस्तार गर्न आवश्यक योजना सञ्चालन गरिनेछ ।
२. पालिकाभित्रका सबै सार्वजनिक निकायहरुमा सुविधा सम्पन्न शौचालय निर्माण गर्ने नीति लिइनेछ ।
३. यस गाउँपालिकाको अधिकांश क्षेत्र र गाउँपालिकाबासीलाई समेट्ने गरी खानेपानी ट्याङ्की स्थापना, सञ्चालन एवम् व्यवस्थापन गर्न हिङ्गाखोला–ढाडखर्क मुहान हुँदै धोवीबजार–वडा नं. ३, ४ र ५ बृहद् खानेपानी योजनाको चालु आ.व.२०७६÷०७७ मा भएको डि.पि.आर. बमोजिम गाउँपालिकाको गौरवको आयोजना अन्तर्गत आवश्यक बजेटको व्यवस्था गरी चालु आ.व.२०७६÷०७७ कै एक घर एक धारा नीति अनुरुप आगामी आ.व.२०७७÷०७८ को दोस्रो चौमासिकभित्र कार्य सम्पन्न गरिनेछ ।
४. लिखु तामाकोशी गाउँपालिकााबासीको रहर ः सफा र स्वस्थ गाउँघर भन्ने नीति अनुरुप यस गाउँपालिकाभित्रका प्रमुख बजारकेन्द्र तथा सार्वजनिक जमघट र भेला हुने महत्वपूर्ण स्थानमा फोहोरमैला व्यवस्थापनका लागि डस्टबिनको व्यवस्था मिलाइनेछ ।

लैँगिक समानता र सामाजिक समावेशीकरण

१. समावेशी विकास ः समस्याको निकास भन्ने नीतिलाई आत्मसात् गर्दै लक्षित वर्ग, महिला, दलित, अपाङ्गता भएका व्यक्ति, जनजाति, बालबालिका, जेष्ठ नागरिक कार्यक्रम शसक्तीकरणमा ध्यान दिँदै आयआर्जन, सीपमूलक विभिन्न कला र संस्कृति झल्किने कार्यक्रममा जोड दिइनेछ । यसका लागि टोलटोलमा गाउँपालिका कार्यक्रम मार्फत आवश्यक बजेट विनियोजन गरी कार्यान्वयन गरिनेछ ।
२. छुवाछुत, जातिय, भेदभाव लगायतका विकृति न्यूनीकरणमा विशेष अभियान सञ्चालन गरिनेछ ।
३. अपाङ्गता हुने व्याक्तिहरुको परिचय पत्र वितरण कार्य सहज र सरल बनाई क्षमता र सीप विकासमा विभिन्न कार्यक्रमहरु सञ्चालन गरिनेछ ।
४. जेष्ठ नागरिकसँगको ज्ञान, सीप र अनुभवलाई आत्मीकरण गर्न विभिन्न अन्तरक्रिया कार्यक्रम सञ्चालन साथै सम्मान कार्यक्रम गरिनेछ ।
५. मूर्त–अमूर्त सांस्कृतिक सम्पदा संरक्षण तथा प्रवद्र्धन कार्यक्रम मार्फत गाउँपालिकाकालाई जिल्लाकै सांस्कृतिक धरोहरका रुपमा विकास गरिनेछ ।

पूर्वाधार विकास (पूर्वाधार समुन्नतिको आधार ः विकास जनताको अधिकार)

१. राज्य पुनःसंरचनाका क्रममा बन्ने स्थानीय तह अन्तर्गत रहने विभिन्न निकाय तथा कार्यालयहरूको व्यवस्थापनका लागि आगामी आर्थिक वर्ष २०७७÷०७८ भित्रै गाउँपालिकाको आफ्नै नाममा जग्गा प्राप्त गरी सोको डि.पि.आर. गराई सो बमोजिमको आवश्यक बजेटका लागि नेपाल सरकार, प्रदेश सरकार र यस स्थानीय सरकारको सहकार्यमा गाउँकार्यपालिकाको प्रशासकीय भवन निर्माण कार्य सम्पन्न गर्नुका साथै क्रमागत रूपमा वडा नं. २, ३, ६ र ७ नं. वडाको वडाकार्यालय भवन निर्माण कार्य यसै आर्थिक वर्षमा सुरु गरिनेछ भने वडा नं. १ दुरागाउँ र वडा नं. ४ बिजुलीकोटको भवन आवश्यक मर्मत सम्भार र विस्तार गरिनेछ । यसै चालु आ.व. २०७६÷०७७ मा निर्माण कार्य सुरु भएको ५ नं.वडा नागदहको वडाकार्यालय भवन आगामी आ.व.२०७७÷०७८ मा सुसम्पन्न गरिसकिनेछ ।
२. आर्थिक वर्ष २०७७÷०७८ भित्रै गाउँपालिकाको समग्र क्षेत्रको जनअपेक्षित तथा सुव्यवस्थित विकास र समृद्धिका लागि अल्पकालीन, मध्यकालीन र दीर्घकालीन लक्ष्य सहितको ५ देखि २० वर्षीय बृहत् एकीकृत विकास योजना ९क्ष्लतभनचबतभम ग्चदबल म्भखभयिऊभलत एबिल ( क्ष्ग्म्ए० तयार गरी विगतको अभ्यासमा रहेका टुक्रे योजनाहरूमा बजेट विनियोजन गर्ने परम्परालाई अन्त्य गर्दै पूर्वाधार विकासका केही ठूला र विशेष महत्वका योजनाहरू सञ्चालनमा ल्याइनेछ ।
३. आगामी आर्थिक वर्ष २०७७÷०७८ भित्र यस गाउँपालिकाको भूउपयोग नीति तयार गरी सोही अनुरुप विकास निर्माण तथा सहरीकरण कार्यक्रम सञ्चालन गरिनेछ ।
४. बस्ती विकास, सहरी योजना तथा भवन निर्माण सम्बन्धी आधारभूत मापदण्ड, २०७२ मा व्यवस्था भए बमोजिम घरमा सेफ्टी ट्याङ्की निर्माण र जडान भएका तथा तोकिएको सडक क्षेत्राधिकारको जग्गा पुग्ने गरी सडकको चौडाइ भए पश्चात मात्र घरलाई निर्माण सम्पन्न प्रमाण पत्र दिने व्यवस्थालाई कडाइका साथ लागू गरिनेछ । साथै गाउँपालिकाले लागू गरेको यातायात गुरुयोजना ९ःगलष्अष्उब ित्चबलकउयचतबतष्यल ःबकतभच एबिल ( ःत्ःए० अनुसार निर्माण तथा विस्तार भएका वा हुने सडकमा अवरोध खडा गरी क्षति पुगेमा सोको क्षतिपूर्ति सम्बन्धित व्यक्ति, पक्ष, निकाय वा घरपरिवारबाट असुल उपर गर्ने नीति कडाइका साथ लागू गरिनेछ ।
५. सङ्घीय सरकार, पूर्वाधार विकास साझेदारी कार्यक्रम तथा प्रदेश सरकारको सहयोग तथा स्थानीय सरकारको सहकार्यमा गाउँपालिका जोड्ने मुख्य सडकहरू हलेदे–धोवी–सिरिसे–ढाँडे र धोवी–दिलौरी–सैपु–दुरागाउँ जोड्ने सडक ग्राभेल तथा कालोपत्रे गर्ने कार्यमा विशेष पहल र जोड दिइनेछ ।
६. अत्यन्तै सामरिक महत्व रहेको गाउँपालिकाको केन्द्र, धोवीबजार र छिमेकी दुई नगरपालिकाहरु क्रमशः रामेछाप–सालु–कुकुरकाटेभन्ज्याङ–खरानेटार–काङबा–चित्रेचौतारा–धोवी र मन्थलीबाट कठजोर–ऐरमबास–काङवा खत्रीडाँडा हुँदै धोवीदेखि विकटमा रहेको दुरागाउँसम्म जोड्ने चालु आ.व.२०७६÷०७७ मा सुरु गरिएको सडक चौडा तथा विस्तार कार्यलाई विशेष जोड र निरन्तरता दिई बाह्रै महिना ठूला सवारी साधन समेत चल्न सक्ने गरी स्तरोन्नतिको कार्यलाई तीव्रता दिइनेछ ।
७. खिम्ती–शिवालय–धोवी सडक, छाँगा–तिल्पुङ–कटहरे–बोहोरागाउँ–बाँसबोटे–गैरी–धोवी सडक, धोवी स्वास्थ्यचौकी हुँदै भाङटार–चित्रेचौतारा सडक र दिलौरी–जगमाने–सानापानी–खापिङ–वडाकार्यालय सडक स्तरोन्तति तथा कालोपत्रे गर्ने पहल गरिनेछ ।
८. छनौट तथा तर्जुमा गरिएका लिखु तामाकोशी गाउँपालिकाका गौरवका आयोजनाहरू बोलपत्र (टेन्डर) आव्हान गरी कार्यान्वयन गरिनेछ ।
९. हाल भइरहेका सडकहरूको स्तरोन्नति गरिनेछ भने वातावरण संरक्षण तथा विपद् व्यवस्थापनका दृष्टिले नयाँ ट्रयाक खोल्ने कार्यलाई अत्यावश्यक बाहेक निरुत्साहित गरिनेछ ।

सिंचाई

१. सिंचाई व्यवस्था नभएका खेतीयोग्य जमिनहरुको वर्गीकरण गरी आवश्यक ठूला साना सिंचाई कार्यक्रमहरु संचालन गरिनेछ ।
२. गाउँपालिकाबाट सिंचाईको लागि स्रोत नपुग भएमा समपुरक अनुदानको व्यवस्था गरी वा विशेष अनुदान कार्यक्रम अन्तर्गत प्रदेश सरकार र सङ्घीय सरकारसँग अनुदान माग गरिनेछ ।
भवन तथा सहरी विकास
१. अति विपन्न परिवारको पहिचान गरी घरविहीन परिवारको लागि जनता आवास कार्यक्रम तथा गरिवसँग गाउँपालिका कार्यक्रम सञ्चालन गरिनेछ ।
२. एकीकृत बस्ती विकासको लागि सबै वडाको सम्भाव्यता अध्ययन गरिनेछ ।
वातावरण तथा विपद् व्यवस्थापन
वन, वातावरण, जलवायु तथा भूसंरक्षण
(क) वन
१. लिखुताकाकोशी क्षेत्र तथा वरिपरिको वन ः लिखु तामाकोशीबासीको धन भएकाले वन, वन्यजन्तु, पशुपंक्षी, वनस्पति तथा जैविक विविधताको संरक्षण गर्ने नीति अवलम्वन गरिनेछ ।
२. विपद् व्यवस्थापन ः सबै सावधान को नीति अनुरुप नदी नियन्त्रण, पहिरो नियन्त्रण, जलाधार संरक्षण, वन फडानी नियन्त्रण, वन्यजन्तु चोरी निकासी नियन्त्रण, वन पैदावार नियन्त्रण, वृक्षारोपण कार्यक्रम, फोहोरमैला व्यवस्थापन, जल उत्पन्न प्रकोप नियन्त्रण लगायतका विषयलाई महत्वका साथ सम्बोधन गरिनेछ ।
४. जलवायु परिवर्तनसँग सम्बन्धित क्षेत्रमा कार्यररत विभिन्न संघ संस्थाहरुसँग सहकार्य गरी जलवायु अनुकुलन सम्बन्धी कार्यक्रम सञ्चालन गर्ने नीति लिइएको छ । बाढी पहिरो भू–क्षयलाई न्यूनीकरण गर्न बायो इन्जिनियररिङ्गको प्रविधि अङ्गिकार गरिनेछ ।
५. नदी कटान र भू–क्षयको खतरा हुने स्थानको पहिचान गरी ढुङ्गा, वालुवा र गिटी लगायत उत्खनन् गर्ने कार्यमा बन्देज लगाइनेछ साथै उक्त्त क्षेत्रको वृक्षारोपण तटबन्ध निर्माण गर्ने कार्यमा संघ र प्रदेशको सहयोग लिइनेछ ।
६. समृद्धिको लागि वन कार्यक्रम प्रभावकारी बनाउन जडिबुटी उत्पादन मार्पmत जडिबुटी खेतीको सम्भाव्यता अध्ययन गरी व्यावसायिक जडिबुटी खेती गर्न प्रोत्साहन गरिनेछ ।
(ख) जलाधार संरक्षण
१. पानीका मुहानहरुको संरक्षण गर्न आवश्यक कार्यक्रम संचालन गरिनेछ ।
२. एक वडा एक पोखरी अभियान सञ्चालन गरी जलाधार संरक्षणको कार्यलाई जोड दिइनेछ
(ग) फोहोरमैला व्यवस्थापन
१. हरेक वडाका टोल बस्तीहरुमा फोहोरमैला विसर्जन स्थल निर्माण कार्यलाई प्रभावकारी बनाइने छ ।
२. कुहिने र नकुहिने फोहोर छुट्याई कुहिने फोहोरबाट जैविक मल बनाउन प्रोत्साहन गरिने छ ।
३. प्लास्टिकजन्य बस्तुहरुको आयत न्युनिकरण कार्यक्रम गरिने छ ।
(घ) विपद व्यवस्थापन
१. विपद व्यवस्थापनसँग सम्बन्धित ऐन, कानून, कार्यविधी निर्माण गरी कार्यन्वयन गरिनेछ ।
२. विपद व्यवस्थापन कोषमा आवश्यक रकम थप गर्दै लगिनेछ ।
३. विपद व्यवस्थापनको पूर्व तयारीमा आवश्यक सामाग्री, औजार, उपकरण, खरिद गरी विपद व्यवस्थापन समिति मार्फत प्रयोगको लागि व्यवस्था गरिनेछ ।
संस्थागत विकास सेवा प्रवाह तथा सुशासन
१. गाउँपालिकाको कार्यालय, वडाकार्यालय तथा विषयगत शाखा वा इकाइको सेवा प्रवाहलाई सम्भव भएसम्म सूचना प्रविधिमैत्री बनाइनेछ । त्यसको लागि आवश्यक कागजात, लाग्ने समय, प्रक्रिया र दस्तुर समेतको जानकारी हुने गरी मोबाइल एप्सको निर्माण गरिनेछ । यस्तो एप्सलाई गाउँपालिका सम्बन्धी जुनसुकै जानकारी प्राप्त गर्न सकिने स्रोतका रूपमा स्थापित गरिनेछ ।
२. सार्वजनिक सुनुवाइ, सामाजिक परीक्षण, तेस्रो पक्ष अनुगमन, सामुदायिक स्कोर कार्ड जस्ता विधिहरूको प्रयोग गरी सुशाासन अभिवृद्धि गरिनुका साथै भ्रष्टाचार विरुद्धको शून्य सहनशीलतामा जोड दिइनेछ ।
३. आवश्यक स्थानहरूमा एकीकृत घुम्तिसेवा समेत सञ्चालन गरिनेछ ।
४. उपभोक्ता समितिलाई योजना सम्पन्न गर्न गराउन अपनाउनु पर्ने विधि, प्रक्रिया लगायतका सम्पूर्ण विषयमा जानकारी हुने गरी प्रारम्भमै तालिम दिने व्यवस्था मिलाइनेछ । उपभोक्ताहरूले बुझ्ने गरी लगत इस्टिमेट तयार पार्ने व्यवस्था मिलाइनेछ । अनुगमन तथा मूल्याङ्कन कार्यलाई प्रभावकारी बनाइनेछ ।
५. वेभसाइट, अडियो–भिजुअल सूचना पाटी तथा नागरिक वडापत्रको उपयोगलाई प्रभावकारी बनाइनेछ ।
६. वित्तीय तथा आर्थिक अनुशासन कायम गर्न र छिटो छरितो सेवा प्रवाह गर्न प्रशासनिक क्रियाकलापमा प्रविधिको प्रयोगमा जोड दिइनेछ । लेखा, राजस्व, जिन्सी तथा जनशक्ति व्यवस्थापन लगायतका कार्यलाई समेत सफ्टवेयरमा आधारित बनाइनेछ ।
७. स्क्यानर सहितको कलर प्रिन्टर प्रत्येक वडाकार्यालयसम्म पु¥याई भरपर्दो इन्टरनेट सुविधा विस्तार गरी सम्पत्ति कर, व्यक्तिगत घटना दर्ता, सामाजिक सुरक्षा वितरण, दर्ता नवीकरण लगायतका कार्यहरूलाई वडास्तरबाटै अनलाइन सिस्टममा लगिनेछ ।
८. पुराना घटना दर्ता सुरक्षित गर्नका लागि डिजिटाइजेसन गरिनेछ । घटना दर्ता गर्न कोही नछुटुन् कोही नदोरियुन् भन्ने उद्देश्यका साथ घटना दर्ता र सामाजिक सुरक्षामा पहुँच पु¥याउन सञ्चार तथा वडा वडामा घटना दर्ता शिविर सञ्चालन गरिनेछ ।
८. गाउँपालिकाको वेभसाइटलाई सम्पूर्ण सूचना प्राप्त गर्न सकिने थलोका रूपमा विकास गर्नुका साथै गाउँपालिका तथा वडाकार्यालय समेतको फेसबुक पेज निर्माण गरी सूचना सम्प्रेषणमा जोड दिइनेछ ।
९. कर्मचारीको क्षमता विकासका लागि आवश्यक विभिन्न तालिम तथा अभिमुखीकरण कार्यक्रमहरू सञ्चालन गरिनेछ । विज्ञ झिकाइ कर्मचारी तथा जनप्रतिनिधिहरूलाई सेवाग्राहीमैत्री बनाउन उत्प्रेरणात्मक तथा सकारात्क सोच र समृद्धि सम्बन्धी कार्यक्रमहरू सञ्चालन गरिनेछ ।
१०. गाउँपालिकाका सबै कार्यालयहरूलाई डिजिटालाइज्ड गर्ने गरी तयारी गरिनेछ ।
११. सम्पत्ति कर सम्बन्धी व्यवस्थालाई अनिवार्य रूपमा कार्यान्वयन गरिनेछ ।
१२. गाउँपालिकाका सबै वडा तथा कार्यालयहरूमा सुझाव पेटिका, नागरिक वडापत्र, सूचना अधिकारी तथा गुनासो सुन्ने अधिकारीको व्यवस्था गरिनेछ ।
१३. गाउँपालिकामा सेवा लिन आउने सेवाग्राहीहरूलाई सहज रूपमा सेवा लिनका लागि कार्यालयमा स्थापना गरिएको सहायता कक्षलाई अझै सशक्त बनाइनेछ ।
१४. न्यायिक समिति अन्तर्गत गठित मेलमिलाप केन्द्रहरूलाई नियमानुसार छिटो छरितो ढङ्गले सेवा प्रदान गरिने नीति लिइनेछ ।
१५. सामाजिक सुरक्षा भत्ता वितरण प्रक्रियालाई बैँङ्किङ प्रणालीद्वारा व्यवस्थित गरिनेछ ।
१६. गाउँपालिकाका सबै वडा तथा कार्यालयहरूमा सिसिटिभि र इ–हाजिरी जडान गरिनेछ ।
आदरणीय सभाध्यक्षज्यू,
हामीले पर्याप्त समस्याहरूका बीचमा सम्भावना खोज्दै गरेको अवस्था हो । मुलुकले सङ्घीय शासन व्यवस्था अबलम्वन गरे पश्चात् स्थानीय तहमा सम्भावना र अवसर खोज्ने साथै मुलुकको कायाँपलट गर्ने दायीत्व हाम्रो काँधमा रहेको छ । यसका लागि हामीले योजना तर्जुमा गर्दा सेवामूलक, उत्पादनमूलक, रोजगारमूलक, वातावरणमैत्री र रीतिरिवाजको संरक्षण गर्ने खालका कार्यक्रमहरूलाई सन्तुलित ढङ्गले अगाडि बढाउन सकियो भने मुलुकले अगाडि सारेको समृद्ध नेपाल ः सुखी नेपालीको नारा साकार पारेर देशलाई समृद्ध बनाउन सकिने कुरामा विश्वास व्यक्त गर्न चाहान्छु । यस गाउँपालिकालाई समृद्ध बनाई जनतालाई सुखी बनाउन सकिन्छ । हामीले यी अवसर उजागर गर्दै नमुना गाउँपालिका बनाउन जनताले हामीलाई निर्वाचित गरी पठाउनु भएको छ । जनताको नजरमा हामीले यो अग्नि परीक्षामा उत्तीर्ण हुनुु छ । यो जङ्घार तर्ने माध्यम भनेको हामीले बनाएको नीति तथा कार्यक्रम र यसलाई सघाउने योजना निर्माण नै हुन् । तसर्थ आजको प्रस्तुत नीति तथा कार्यक्रम अनुसार आगामी आर्थिक वर्षको योजना तथा कार्यक्रम बन्ने र प्रभावकारी कार्यान्वयनमा गम्भीर छलफल र सल्लाह सुझाव प्राप्त हुने नै छ भन्ने पूर्ण विश्वास लिएको छु ु।

विविध कारणवश चालु आ.व.२०७६÷०७७ को नीति तथा कार्यक्रम र बजेट तोकिएको मिति र समयमा नै ल्याई पारित गर्न नसकी यही जेठ महिनाबाट भर्खर गति लिन लागेको हाम्रो गाउँपालिकाको समृद्धिको यात्रामा पुनः कोभिड–१९ सङ्क्रमणको कारण केही अवरोध सिर्जना भएको छ । देश बन्दाबन्दीको अवस्थामा रहँदा बन्द प्रायः रहेका आर्थिक गतिविधिहरुलाई अव पुनःजीवन दिन र यथास्थानमा ल्याउन थप प्रयास गर्नु पर्ने भएको छ ।

प्रस्तुत नीति तथा कार्यक्रम तयार गर्न प्रत्यक्ष रुपमा अहोरात्र खटिई सहयोग गर्नु हुने प्रमुख प्रशासकीय अधिकृत श्री धनेन्द्र भुजेलज्यू तथा आर्थिक प्रशासन शाखा र अन्य विषयगत शाखाका कर्मचारी साथीहरुलाई विशेष धन्यवादका साथै आजको यस कार्यक्रममा पाल्नु हुने प्रमुख अतिथि, यस जिल्लाका प्रतिनिधि सभा सदस्यज्यू, प्रदेश सभा सदस्यज्यूहरु, सम्पूर्ण वडाका वडा अध्यक्षज्यूहरु, कार्यपालिका सदस्यज्यूहरु, गाउँसभा सदस्यज्यूहरु लगायत राजनीतिक दलका पार्टी प्रतिनिधि, बुद्धिजीवी, समाजसेवी, शिक्षक शिक्षिका, पत्रकार, सुरक्षाकर्मी र देश विदेशमा रहनु भएका यस लिखु तामाकोशी गाउँपालिकाबासी आम दाजुभाइ, दिदीबहिनीहरु सबैमा हार्दिक कृतज्ञता र आभार प्रकट गर्दछु र अब म लिखु तामाकोशी गाउँपालिकाको आ.व.२०७७÷०७८ को आयको संक्षिप्त विवरण पेश गर्ने अनुमति चाहन्छु ।
धन्यवाद ।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको