पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । नेपाल आयल निगमले पेट्रोलमा प्रति लिटर ५ रुपैयाँ र डिजेल तथा मट्टीतेलमा प्रति लिटर २-२ रुपैयाँ मूल्य बढाएको हो ।
यस सँगै पेट्रोलको मूल्य प्रतिलिटर १०१ रुपैयाँ र डिजेल तथा मट्टितेलको मूल्य प्रतिलिटर ८७ रुपैयाँ कायम भएको छ । नयाँ मूल्य सुची मंगलबार राति १२ बजेदेखि लागु हुने छ ।
हवाई इन्धन र खाना पकाउने एलपी ग्यासको मूल्य भने यथावत नै छ ।