रामेछाप – पश्चिमी रामेछापको गुन्सी स्वास्थ्य चौकी निर्माणका लागि ६ बर्ष लागेको छ । उक्त स्वास्थ्य चौकी २ बर्षमा सक्नु पर्ने गरी निर्माण व्यवसायी धुलिखेल निर्माण सेवासंग संझौता भएको थियो ।
तत्कालिन शहरी विकास तथा भवन निर्माण डिभिजन काभ्रेबाट ठेक्का लागेको उक्त स्वास्थ्य चौकीको भवन निर्माणका लागि २०७१ जेठमा निर्माण व्यवसायीलाई कार्यादेश दिइएको थियो । तोकिएको अवधिमा काम पुरा नहुदा पटक पटक संझौताको म्याद थपेर भवनको काम पुरा गराइएको हो । निर्माणका क्रममा निर्माण व्यवसायीलाई हर्जाना समेत भराईएको थियो ।
सघन शहरी तथा भवन निर्माण आयोजना रामेछापका आयोजना प्रमुख अमरवहादुर थापाका अनुसार लामो समय लागेपछि अव स्वास्थ्य चौकी संचालन गर्न भवन तयारी अवस्थामा पुगेको छ । सौचालय, स्वास्थ्यकर्मीको आवास, सुरक्षित सुत्केरी गराउने कक्ष, विरामी उपचार कक्ष, स्वास्थ्य सामाग्री भण्डार, प्रयोगशाला लगाएतको पूर्वाधार रहेको उक्त भवनबाटै स्वास्थ्य सेवा संचालन गर्नका लागि सुनापति गाउ“पालिकालाई जानकारी गराएको थापाले वताए । हाल सा“घुरो भवनमा वसेर स्वास्थ्य सेवा प्रवाह हुदै आएको छ ।
गाउँपालिकाका अध्यक्ष धावा लामाले नवनिर्मित स्वास्थ्य भवन तत्कालै संचालनमा ल्याउने वताए । पालिकाले कोभिड १९ का संक्रमित लाई राख्न केहि सैया आइसुलेसन र केहि क्वारेन्टाइन वेड राखेको उक्त सुविधा सम्पन्न भवन अव पूर्णतया प्रयोगमा ल्याउने वताए । क्वारेन्टाईन र आइसुलेसन वार्डलाई पुरानोमा राखेर नया“ भवनमा स्वास्थ्य चौकी संचालनका लागि तयारी गरेका छौं अध्यक्ष लामाले वताए ।
सघन सहरी तथा भवन निर्माण आयोजना रामेछापका अनुसार गुन्सी स्वास्थ्य चौकि भवनका लागि १ करोड ८५ लाख ७८ हजार ६ सय ३२ को ठेक्का संझौता भएको थियो ।
