काठमाडौं – नेपालमा सुनको मूल्य प्रतितोला ९८ हजार ५ सय रुपैयाँ पुगेको छ । अघिल्लो दिनको तुलनामा छापावाल सुन प्रतितोला ३ सय रुपैयाँ महँगिएर प्रतितोला ९८ हजार ५ सय रुपैयाँ कायम भएको हो ।
छापावाल सुनको मूल्य बढ्दा तेजाबी सुन पनि प्रतितोला ९८ हजार ६५ रुपैयाँ कायम भएको छ ।
चाँदी भने प्रतितोला २० रुपैयाँ सस्तो भएको छ । यसदिन सुन प्रतितोला १२ सय २५ रुपैयाँमा किनबेच भइरहेको छ ।
पछिल्लो एकसाता अवधिमा सुनको मूल्यले दैनिक नयाँ कीर्तिमान कायम गरिरहेको छ ।
