काठमाडौंको चुच्चेपाटीमा आफ्नै पत्नी र छोरीमाथि स्प्रिट प्रहार

काठमाडौं- काठमाडौंको चुच्चेपाटीमा एक व्यक्तिले आफ्नै पत्नी र छोरीलाई स्प्रिट छ्यापेका छन्।

हेटौंडा घर भइ चुच्चेपाटी बस्दै आएका करिब ४४ वर्षीय राजन विष्टले रक्सीको सुरमा ४० वर्षीया पत्नी र करिब २० वर्षीया छोरीलाई गए राति नौ बजे स्प्रिट आक्रमण गरेका हुन्।

घटनापछि राजन विष्टलाई नियन्त्रणमा लिइएको महानगरीय प्रहरी वृत्त बौद्धका प्रहरी निरीक्षक हिरा महराले जानकारी दिए।

‘विष्ट परिवारमा घरायसी झगडा रहेछ। राति मादक पदार्थ खाएर घर आएपछि बाबुले छोरी र पत्नीलाई एसिड आक्रमण गरे भन्ने खबर आयो,’ प्रहरी निरीक्षक महराले भने, ‘बाबुलाई पक्राउ गरेर अनुसन्धान गर्दा एसिड नभएर हात धुन प्रयोग गरिने स्प्रिट छ्यापेको पाइयो।’

स्प्रिट आक्रमणबाट आमा र छोरीलाई कुनै असर भने नगरेको उनले बताए। ‘राति नै उनीहरुलाई उपचारका लागि तिलगंगा अस्पताल लगिएको थियो, दुबै जना उपचारपछि डिस्चार्ज भइसकेका छन्।’

टाउको र अनुहारमा स्प्रिट परे पनि आमाछोरी दुबैको आँखाको ज्योतिमा कुनै असर नगरेको चिकित्सकले बताएका छन्।

‘स्प्रिट आक्रमण गर्नेलाई के कारबाही हुन्छ, हामी बुझ्दै छौँ। छलफलको लागि राजनका पत्नी र छोरीलाई आज बिहान प्रहरी कार्यालयमा बोलाएका छौँ,’ प्रहरी निरीक्षक महराले भने।

सिफारिस

मंसिर २५ देखि रामेछापको सुनापतिमा पर्यटन महोत्सव, के–के छन् आकर्षण ?

रामेछाप - रामेछापको सुनापति गाउँपालिकामा पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले ‘सुनापति पर्यटन महोत्सव तथा पर्यटन वर्ष घोषणा–२०८३’ आयोजना हुने भएको छ । गाउँपालिकाले मंसिर २५...

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका दानबहादुर कार्कीको मागबमोजिम अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । सर्वोच्च अदालतका न्यायाधीशद्वय नृपध्वज निरौला...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड धानको प्रयोगात्मक खेती सफल भएको छ । कृषि तथा वन विज्ञान विश्वविद्यालय (AFU) अन्तर्गत सञ्चालित...

भर्खरै

दानबहादुर कार्कीलाई अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाडौँ - सर्वोच्च अदालतले प्रहरी महानिरीक्षक (आईजीपी) पदबाट हटाइएका...

चितवनमा चिनियाँ हाइब्रिड धानको सफल परीक्षण, प्रतिहेक्टर ६.८६ टन उत्पादन (तस्बिरहरू)

चितवन, ९ मङ्सिरः चीनको प्राविधिक सहयोगमा चितवनमा गरिएको हाइब्रिड...

नेपाल–भारत संयुक्त सैनिक अभ्यास ‘सूर्यकिरण’को २०औँ संस्करण सुरु

काठमाडौं - नेपाली सेना र भारतीय सेनाबीच सञ्चालन हुँदै...

निजामती सेवामा सरुवा, भनसुन र राजनीतिक पहुँचको विकृति अन्त्य गर्नुपर्छ : मन्त्री रावल

ललितपुर - भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य...

Why Are We Leaving Nepal? A Question We Need to Ask Beyond Age and Education

Perhaps migration is no longer just about seeking a...

हिमपातपछि सेताम्मे बन्यो पाँचपोखरी (तस्बिरहरू)

सिन्धुपाल्चोक- जिल्लाको प्रसिद्ध धार्मिक तथा पर्यटकीय गन्तव्य पाँचपोखरी हिमपातपछि...

धेरै पढिएको