सन्दीप र मुजिबले उत्कृष्ट प्रदर्शन गर्दा पनि ब्याटिङ चुक्दा जमैका पराजित

एजेन्सी – ब्याट्सम्यानहरुले अपेक्षित प्रदर्शन गर्न नसक्दा जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा तेस्रो हार बेहोरेको छ । प्रतियोगिताको पाँचौ खेलमा जमैकाले बार्बाडोससँग ३६ रनको हार बेहोरेको हो ।

बिहीबार जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रनमात्र जोड्न सक्यो । क्रुमा बोनरले ३१ रन र जर्मेन ब्लाकवुडले २८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । बार्बाडोसका स्पिनरहरु राशिद खान र मिचेल सान्टनरले २-२ तथा हेडन वाल्सले १ विकेट लिए । जेसन होल्डर र रेमन राइफरले २-२ विकेट बाँडे ।

जमैकाले सातौं ओभरमा नै ४ विकेट गुमाउँदा मात्र २७ रन जोड्न सकेको थियो । ओपनर ग्लेन फिलिप्स पहिलो ओभरमै मिचेल सान्टनरको बलमा शून्यमा बोल्ड हुँदा अर्का ओपनर चाडविक वाल्टन १० रन जोड्दै कट बिहाइन्ड भए । कप्तान होल्डरले दोस्रो ओभरमा वाल्टन र पाँचौ ओभरमा विपक्षी कप्तान रोभमान पावेललाई विकेटकिपर शाइहोपबाट क्याच गराएका थिए ।

आसिफ अली २ रन जोड्दै हेडन वाल्स जुनियरको बलमा क्याच आउट भए । कार्लोस ब्रेथवेटले रशिद खानको एलबीडब्लु धरापमा पर्नुअघि १ रन मात्र जोडे । जर्मेन ब्लाकवुडले २८ बलमा १ चौका र २ छक्कासहित २८ रनको योगदान दिए । उनी सान्टनरको बलमा कप्तान होल्डरबाट क्याचआउट भएका थिए ।

बोनरले २८ बलमा ३१ रन जोडे । ३ चौका र १ छक्का र्पहार गरेका बोनर रशिद खानको बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट भए । मुजिबले तल्लोक्रममा १० बलको सामना गर्दै १ चौका र २ छक्कासहित १८ रन जोडे । उनी रेमन राइफरको बलमा रिभर्स सट खेल्ने धुनमा एलबीडब्लु आउट भए । सन्दीप ४ रन र एडवार्ड्स २ रनमा नटआउट रहे ।

टस जितेर पहिलो फिल्डिङ रोजेको जमैकाका स्पिनरद्वय सन्दीप लामिछाने र मुजिब उर रहमानको उत्कृष्ट प्रदर्शन भने कायम रहयो । तर तीव्र गतिका बलरले सोहि अनुसार साथ दिन नसक्दा बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन जोड्यो ।

बार्बाडोसका लागि काइल मेयर्सले सर्वाधिक ८५ रनको योगदान दिएका थिए । उनले ५९ बलमा ३ चौका र ८ छक्का प्रहार गरे । उनले कार्लोस ब्रेथवेटले फ्याँकेको १८ औं ओभरमा ४ छक्कासहित २९ रन जोड्दै खेलको अवस्था नै परिवर्तन गरेका थिए । मेयर्स र होल्डरले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै बलियो स्कोरतर्फ टोलीलाई बढाएका थिए ।

कप्तान होल्डरले १४ बलमा १५ रन जोड्ने क्रममा १ छक्का प्रहार गरे । मिचेल सान्टनर २० रनमा नटआउट रहे । उनले १९ बलको सामना गर्दै २ चौका प्रहार गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मुजिब उर् रहमानले ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए । उनले ओपनरद्वय जोन्सन चार्ल्स (३) र शाइ होप (८) तथा अलराउन्डर कोरी एन्डरसन (१) लाई पेभेलियन फर्काएका थिए । सन्दीपले पनि ४ ओभरमा मात्र १६ रन दिँदै २ विकेट लिए । सन्दीपले राशिद खानलाई मुजिबको हातबाट शून्यमा क्याच आउट तथा एशले नर्सलाई २ रनको अवस्थामा बोल्ड गरेका थिए ।

जमैकाका फिडेल एडवार्ड्स र कार्लोस ब्रेथवेटले १-१ विकेट लिए । ब्रेथवेटले एकै ओभरमा २९ रनसहित समग्रमा ३ ओभरमा ४५ रन खर्चिए । रोभमान पावेल र विरसामी पर्मल विकेटविहिन रहे ।

सिफारिस

टुँडिखेलमा सेनाको फूलपाती बढाइँ (तस्बिरहरू)

काठमाडौं— बडादसैँको सातौँ दिन फूलपातीका अवसरमा शनिबार काठमाडौंको सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ समारोह आयोजना गरिएको छ। नेपाली सेनाले आयोजना गरेको समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल,...

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

भर्खरै

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

धेरै पढिएको