सन्दीप र मुजिबले उत्कृष्ट प्रदर्शन गर्दा पनि ब्याटिङ चुक्दा जमैका पराजित

एजेन्सी – ब्याट्सम्यानहरुले अपेक्षित प्रदर्शन गर्न नसक्दा जमैका तलावाजले क्यारेबियन प्रिमियर लिग (सिपिएल) मा तेस्रो हार बेहोरेको छ । प्रतियोगिताको पाँचौ खेलमा जमैकाले बार्बाडोससँग ३६ रनको हार बेहोरेको हो ।

बिहीबार जितका लागि १ सय ४९ रनको लक्ष्य पछ्याएको जमैकाले २० ओभरमा ९ विकेट गुमाउँदै १ सय १२ रनमात्र जोड्न सक्यो । क्रुमा बोनरले ३१ रन र जर्मेन ब्लाकवुडले २८ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य योगदान दिन सकेनन् । बार्बाडोसका स्पिनरहरु राशिद खान र मिचेल सान्टनरले २-२ तथा हेडन वाल्सले १ विकेट लिए । जेसन होल्डर र रेमन राइफरले २-२ विकेट बाँडे ।

जमैकाले सातौं ओभरमा नै ४ विकेट गुमाउँदा मात्र २७ रन जोड्न सकेको थियो । ओपनर ग्लेन फिलिप्स पहिलो ओभरमै मिचेल सान्टनरको बलमा शून्यमा बोल्ड हुँदा अर्का ओपनर चाडविक वाल्टन १० रन जोड्दै कट बिहाइन्ड भए । कप्तान होल्डरले दोस्रो ओभरमा वाल्टन र पाँचौ ओभरमा विपक्षी कप्तान रोभमान पावेललाई विकेटकिपर शाइहोपबाट क्याच गराएका थिए ।

आसिफ अली २ रन जोड्दै हेडन वाल्स जुनियरको बलमा क्याच आउट भए । कार्लोस ब्रेथवेटले रशिद खानको एलबीडब्लु धरापमा पर्नुअघि १ रन मात्र जोडे । जर्मेन ब्लाकवुडले २८ बलमा १ चौका र २ छक्कासहित २८ रनको योगदान दिए । उनी सान्टनरको बलमा कप्तान होल्डरबाट क्याचआउट भएका थिए ।

बोनरले २८ बलमा ३१ रन जोडे । ३ चौका र १ छक्का र्पहार गरेका बोनर रशिद खानको बलमा ठूलो सट खेल्ने धुनमा क्याच आउट भए । मुजिबले तल्लोक्रममा १० बलको सामना गर्दै १ चौका र २ छक्कासहित १८ रन जोडे । उनी रेमन राइफरको बलमा रिभर्स सट खेल्ने धुनमा एलबीडब्लु आउट भए । सन्दीप ४ रन र एडवार्ड्स २ रनमा नटआउट रहे ।

टस जितेर पहिलो फिल्डिङ रोजेको जमैकाका स्पिनरद्वय सन्दीप लामिछाने र मुजिब उर रहमानको उत्कृष्ट प्रदर्शन भने कायम रहयो । तर तीव्र गतिका बलरले सोहि अनुसार साथ दिन नसक्दा बार्बाडोसले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ४८ रन जोड्यो ।

बार्बाडोसका लागि काइल मेयर्सले सर्वाधिक ८५ रनको योगदान दिएका थिए । उनले ५९ बलमा ३ चौका र ८ छक्का प्रहार गरे । उनले कार्लोस ब्रेथवेटले फ्याँकेको १८ औं ओभरमा ४ छक्कासहित २९ रन जोड्दै खेलको अवस्था नै परिवर्तन गरेका थिए । मेयर्स र होल्डरले तेस्रो विकेटका लागि ६३ रनको साझेदारी गर्दै बलियो स्कोरतर्फ टोलीलाई बढाएका थिए ।

कप्तान होल्डरले १४ बलमा १५ रन जोड्ने क्रममा १ छक्का प्रहार गरे । मिचेल सान्टनर २० रनमा नटआउट रहे । उनले १९ बलको सामना गर्दै २ चौका प्रहार गरे । अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

मुजिब उर् रहमानले ४ ओभरमा मात्र १४ रन खर्चेर ३ विकेट लिए । उनले ओपनरद्वय जोन्सन चार्ल्स (३) र शाइ होप (८) तथा अलराउन्डर कोरी एन्डरसन (१) लाई पेभेलियन फर्काएका थिए । सन्दीपले पनि ४ ओभरमा मात्र १६ रन दिँदै २ विकेट लिए । सन्दीपले राशिद खानलाई मुजिबको हातबाट शून्यमा क्याच आउट तथा एशले नर्सलाई २ रनको अवस्थामा बोल्ड गरेका थिए ।

जमैकाका फिडेल एडवार्ड्स र कार्लोस ब्रेथवेटले १-१ विकेट लिए । ब्रेथवेटले एकै ओभरमा २९ रनसहित समग्रमा ३ ओभरमा ४५ रन खर्चिए । रोभमान पावेल र विरसामी पर्मल विकेटविहिन रहे ।

सिफारिस

इतिहास रच्दै रोड टु युएफसी सिजन–५ को फाइनलमा पुगे रवीन्द्र ढाँट

काठमाडौं - नेपाली मिक्स मार्सल आर्ट्स (एमएमए) फाइटर रवीन्द्र ढाँटले ‘रोड टु युएफसी’ सिजन–५ को फाइनलमा प्रवेश गर्दै ऐतिहासिक उपलब्धि हासिल गरेका छन्। चीनको साङ्घाईस्थित...

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा चीनतर्फको बाँध फुटेर आएको भीषण बाढीपहिरोबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि स्वस्तिश्री गुरुकुल आई.बी....

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि नेपाली सेना तथा निजी क्षेत्रका गरी १५ वटा हेलिकप्टर परिचालन गरिएको छ। उद्धार कार्यमा नेपाली सेनाका...

भर्खरै

रसुवा बाढीपीडितको राहतमा स्वस्तिश्री गुरुकुल, ५ लाखको कोष स्थापना

काठमाडौं - रसुवा जिल्लाको केरुङ नाका अन्तर्गत टिमुरे क्षेत्रमा...

रसुवा बाढी प्रभावितको उद्धारमा १५ हेलिकप्टर परिचालन, ९७ जनाको उद्धार (तस्वीरहरू)

काठमाडौं - रसुवामा आएको बाढीका कारण प्रभावितहरूको उद्धारका लागि...

किंग्स टी–१० सिजन–२ को उपाधि रोयल स्पोर्ट्स पार्क ब्लूलाई

काठमाडौं : किङ्स टी–१० इन्डोर टुर्नामेन्ट सिजन–२ को उपाधि...

स्वस्तिश्रीमा ८औँ एसजी अन्तरविद्यालय फुटसल: रातो बंगला, जेम्स, राई र लोयल्टीले उचाले उपाधि

८ औँ एसजी सिनियर अन्तरविद्यालय फुटसल प्रतियोगिता २०२६ सम्पन्न...

बंगलादेशी फोटो पत्रकारद्वारा अन्नपूर्ण केबलकारमार्फत सराङकोट भ्रमण (तस्वीरहरू)

पोखरा - राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपीजे) नेपालको निमन्त्रणामा...

आस्था र प्रकृतिको संगम बडीमालिका (तस्वीरहरू)

बाजुरा - सुदूरपश्चिमकै प्रमुख धार्मिक आस्थाको धरोहर बाजुराको बडीमालिका...

धेरै पढिएको