काठमाडौँ – नेपाली लेग स्पिनर सन्दीप लामिछाने सम्मिलित जमैका तालावाजले क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटमा फाइनल प्रवेशका लागि आज (मंगलबार) राति ट्रिन्बागो नाइट राइडर्ससंग प्रतिस्पर्धा गर्दैछ ।

लिग चरणमा चौथो स्थानमा रहँदै सेमिफाइनल पुगेको जमैकाले शीर्ष स्थानको नाइट राइडर्ससँग खेल्ने लागेको हो । ब्रायन लारा क्रिकेट स्टेडियममा हुने पहिलो सेमिफाइनल खेल आज नेपाली समय अनुसार राति ७:४५ बजे सुरु हुनेछ । पहिलो सेमिफाइनल खेलको विजेताले फाइनलमा स्थान बनाउने छ ।

लिग चरणमा जमैकाले १० खेलमा ३ जित निकाल्दै ७ अंकका साथ सेमिफाइनलमा स्थान बनाएको थियो । यता नाइट राइडर्स भने प्रतियोगितामा अपराजित रहेको छ । निकै लयमा रहेको उसको १० खेलमा २० अंक जोड्दै शीर्ष स्थानमा रहेको छ ।

सन्दीपले लिग चरणको १० खेल खेल्दै ९ इनिङस बलिङ गर्दा १२ विकेट लिन सफल भएका छन् ।

फेसबुकबाट तपाईको प्रतिक्रिया