म्यानुयल थेरापी सेन्टर अब एम.टी. हस्पिटलमा स्तरउन्नती

काठमाडौं – नेपालको एकमात्र म्यानुयल थेरापी एण्ड पेन रिलिफ सेन्टर अब एम.टी. हस्पिटलको रुपमा स्तरउन्नती भएको छ । नेपालको पहिलो तथा एकमात्र म्यानुयल थेरापी एण्ड पेन रिलिफ सेन्टरको रुपमा परिचित यो संस्था बिरामीहरु माझ निकै लोकप्रिय मानिन्छ । यस हस्पिटलले हाल ललितपुरको धोबिघाट, काठमाण्डौंको बानेश्वर र मकवानपुरको हेटौंडाबाट आफ्नो सेवा दिइरहेको छ ।

एम.टी. हस्पिटल अब म्यानुयल थेरापीमा आधारित नेपालको एक मात्र तथा पहिलो हस्पिटलको रुपमा स्थापित भएको छ । एम.टी. हस्पिटलले म्यानुयल थेरापी भित्र कायरो प्राक्टिस, ओस्ट्योपाथ लगायतको बिशेषज्ञ सेवा दिइरहेको छ ।

स्थापनादेखि नै म्यानुयल बिधीलाई केन्द्रमा राखेर विशेषज्ञ सेवा दिदै आइरहेकोमा अहिले आएर यस हस्पिटलले म्यानुयल थेरापिका साथै बिरामीको आवश्यता र माग बमोजिम छाला तथा यौन रोग, सुगर तथा थाईराड, मनोरोग, बाल रोग, स्त्री रोग, जनरल फिजिसियन लगायतका सेवाहरु समेत संचालनमा ल्याएको हस्पिटलका संस्थापक अध्यक्ष तथा बरिष्ठ हाड जोर्नी तथा नसा रोग बिशेषज्ञ तथा नेपालको पहिलो म्यानुयल थेरापी बिशेषज्ञ डा. किशोरलाल श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार यस हस्पिटलमा उपचार गर्न बिरामीहरु नेपालका लगभग सबै जिल्लाबाट आउने गरेका छन् । साथै, अष्ट्रेलिया, अमेरिका, जापान, कोरिया इटाली, हङकङ, जर्मनी, चीन लगायत दर्जनौं मुलुकबाट आई उपचार गरेर निको भएर फर्ककिएको डा. श्रेष्ठले बताए । उनले भने “अप्रेशन गर्नलाई ठीक पारीएको बिरामीलाई हामीले बिना अप्रेशन निको बनाएर पठाएकोले पनि धेरै बिरामीले विश्वास गर्नुभएकोछ । यसले हामीलाई अझ जिम्मेवार र उत्साहित बनाएको छ ।”

अध्यक्ष डा. श्रेष्ठका अनुसार अब यस हस्पिटलमा सबै रोग विशेषज्ञहरु राखेर हाड जोर्नी तथा नसा सम्बन्धी नेपालको पहिलो सुबिधा सम्पन्न बिशेष रिह्याबिलिटेसन हस्पिटलको रुपमा आगामी एक बर्ष भित्रै सुरु गर्ने योजना रहेको बताए।
डा. श्रेष्ठले अब छिट्टै बाथ रोग बिशेषज्ञ, मुटु रोग बिशेषज्ञ, छाती रोग बिशेषज्ञ, पेन क्लिनिक बिशेषज्ञ लगायत सकेसम्म सबै रोग बिशेषज्ञ सहितको सेवा दिने योजना बनाएको बताए।

उनले भने “अहिले यो विश्वब्यापी फैलिएको कोरोनाको कारणले गर्दा मात्र नसकिएको हो, परिस्थिती थोरै अनुकुल हुने बितिक्कै हामी यस हस्पिटललाई नेपालको पहिलो सुबिधा सम्पन्न बिशेष रिह्याबिलिटेसन हस्पिटलको रुपमा अघी बढाउछौं । हाम्रो पहिलो चरणको संभाब्यता अध्ययनको काम पूरा भएकोछ । महाराजगंज वा चाबहिल क्षेत्रमा छिट्टै योजना कार्यन्वयन गर्ने पक्षमा छौं ।“

म्यानुयल थेरापी भनेको के हो ?

म्यानुयल थेरापी भनेको औषधि र कुनै पनि विद्युतीय उपकरणको प्रयोग नगरीकन हातको सहायताले गरिने उपचार विधि हो । यसमा अथेटोसिस पनि प्रयोग गरिन्छ । जसलाई कृत्रिम सहयोगी सामग्री भनिन्छ । यसमा नम्बर क्रसेस बेल्ट, सर्भाइकल कोलार (घाँटीमा बाँध्ने), निक्याप आदि पर्छन् । यसको सहयोगले रोगले हुने क्षतिबाट जोगाउन सकिन्छ ।

कस्ता कस्ता रोगको उपचार गरिन्छ ?

म्यानुयल थेरापिको माध्यमबाट हड्डी खिईएको, नसा च्यापीएको, बच्चाको ढाड बाङ्गिएको, हात(खुट्टा झम्झमाउने, प्यारालाइसिस, मुख बङ्गिएको, ढाड दुख्ने, कम्मर, घुढा दुख्ने, गर्दन दुख्ने, जोर्नी दुख्ने, बाथ, पाता पोल्ने, घुडा फेर्नु पर्ने, मेरुदण्डको हड्डी सरेको, रिङ्गटा लाग्ने, बेहोस हुने, घाटी दुखेको, बालमस्तिक पक्षघात , सवारी दुर्घटनाको कारण भएको हड्डी सम्बन्धी समस्या, स्पोर्टस इन्जुरी, अप्रेसन वा प्लास्टर पछी भएको हड्डी सम्बन्धी समस्या वा कुनै पनि हाडजोर्नी तथा नसा रोग सम्बन्धी समस्याहरुको प्रभाबकारी उपचार गरिन्छ ।

सिफारिस

फोटोपत्रकार प्रदीपराज वन्तलाई ‘वल्र्ड बुक अफ रेकड्र्स, लण्डन’द्वारा सम्मानित

काठमाडौं — अन्तर्राष्ट्रिय प्रतिष्ठित संस्था वर्ड वुक अफ रेकर्ड लण्डनले नेपालका वरिष्ठ फोटोपत्रकार तथा राष्ट्रिय समाचार समितिका फोटो पत्रकार प्रदीपराज वन्तलाई ‘सर्टिफिकेट अफ एक्सिलेन्स’...

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक विश्व चर्चित पर्यटकीय गन्तव्य हो। यो हिन्द महासागरको उत्तर–पूर्वी भागमा पर्ने बंगालको खाडीको किनारमा अवस्थित...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको छ । सोमबार गृह सचिव राजकुमार श्रेष्ठले पौडेललाई दर्ज्यानी चिन्ह लगाइदिएका हुन् । गृहमन्त्रायमा आयोजित...

भर्खरै

बङ्गलादेशको कक्स बजारमा नेपाली फोटोपत्रकारहरूको ‘रक्स’ (तस्वीरहरू)

बङ्गलादेश - कक्स बजार बङ्गलादेशको दक्षिण–पूर्वी भागमा अवस्थित एक...

सशस्त्र प्रहरी महानिरीक्षक पौडेललाई दर्ज्यानी चिन्ह (तस्विरहरु)

सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेललाई दर्ज्यानी चिन्ह प्रदान गरिएको...

चाइनिज मेडिसिन चिकित्सक समाजको अध्यक्षमा डा. सुरज कर्माचार्य निर्वाचित

काठमाडौँ - अकुपञ्चरमा स्नातक वा स्नातकोत्तर गरेका अकुपञ्चर चिकित्सकहरूको...

ड्रोनबाट यस्तो देखियो भत्काउन लागेको ७ तल्ले घर (तस्विरहरु)

अनामनगरस्थित धोविखोला कोरिडोरमा रहेको चर्चित सात तले घरमा अन्ततः...

बङ्गलादेशमा १० नेपाली फोटो पत्रकार सम्मानित (तस्वीरहरू)

ढाका — इम्पेरियल फोटो जर्नालिस्ट अप्रिसिएसन अवार्ड २०२६ अन्तर्गत...

धेरै पढिएको