डडेल्धुरा अस्पतालमा नवजात शिशु तथा बाल मृत्युदर घटाउनका लागि सुसार कार्यक्रम

डम्बर निदाल
डडेल्धुरा – डडेल्धुरा अस्पतालमा जन्मिने नवजात शिशु तथा बालमृत्युदर घटाउनका लागि सुसार कार्यक्रम सुरु भएको छ ।नवजात शिशु जन्मेको एक महिना नपुग्दै मर्ने अवस्था रहेको र त्यसलाई रोक्नका लागि सुसार कार्यक्रम सुरु गरीएको हो ।
सुदूरपश्चिम प्रदेशमा नबजात शिशुको वाल मृत्यदर प्रति एक हजारमा ४१ रहेको एक तथ्यांकले देखाएको छ ।

सुदूरपश्चिम प्रदेशका सेती अस्पताल र डडेल्धुरा अस्पतालमा शुरु भएको गुणस्तरिय शिशु स्याहार तथा बालमृत्युदर घटाउने उद्देश्यले शुरु भएको सुसार नामक परियोजनाले बच्चा नजन्मिदै र जन्मेको एक हप्ता भित्रै मर्ने शिशुको अवस्था चिन्ताजनक भएको भन्दै अस्पतालको सेवाप्रवाहलाई प्रभाबकारी बनाउन डडेल्धुरा अस्पतालमा कार्यरत अनमी,स्टाफनर्स र स्वास्थ्यकर्मीहरुलाई तालीम समेत दिएको छ ।

शिशुको मृत्युको कारण महिना नपुगी जन्मिनु ३१ प्रतिशत, जन्मना साथ सास फेर्न नसक्नु २३ प्रतिशत तथा संक्रमण हुनु १९ प्रतिशत प्रमुख हुन । सुदूरपश्चिममा प्रदेशमा नवजात शिशु मृत्युदर ४१ प्रतिशत छ ।

नेपाल सरकारले हाल रहेको नवजात शिशु मृत्युदर प्रतिहजार २१ लाई सन २०३० सम्ममा प्रतिहजार जिवित जन्ममा १२ मा सिमित राख्ने लक्ष्य लिएको छ । यस्तै मृत जन्मिने शिशुको दर प्रतिहजार जन्म लाई १३ मा घटाउने लक्ष्य अघि सारेको छ ।
यिनै लक्ष्यहरु लाई प्राथमिकतामा राखी काम गर्नु पर्ने अहिलेको आवश्यकता छ । सरकारको यो लक्ष्य प्राप्तीमा हातेमालो गर्न गोल्डेन कम्युनिटीले सुसार कार्यक्रमको थालनी गरेको अस्पतालमा पत्रकार संग गरिएको अभिमुखिकरणमा सुसार कार्यक्रमका सञ्चार विज्ञ सिर्जना शर्माले बताईन ।

नेपालमा हरेक बर्ष ६ लाख बच्चा जन्मिने र त्यस मध्ये ११ हजार शिशु मृत अबस्थामा जन्मेको तथ्यांकको आधारमा सुसार कार्यक्रम ७ प्रदेशका ८ वटा सरकारी अस्पतालबाट संचालन भई शिशु स्वास्थ्य प्रबद्र्धनमा जोड दिएको गोल्डन कम्यूनिटिले जानकारी दिएको छ ।

मातृ तथा नबजात शिशु स्याहारको गुणस्तरमा सुधार ल्याउन तालिम, आवश्यक उपकरण बितरण गरि सुपरिबेक्षणद्धारा मातृ तथा शिशु स्याहारमा संलग्न स्वास्थ्यकर्मीहरुको क्षमता अभिबृद्धी गर्दै जन्मने शिशुको दर प्रति हजार जन्मलाई १३ मा घटाउने लक्ष्य लिएको बताईएको छ ।

प्रसुती समयको जटिलतालाई सिप र प्रबिधिमैत्री बनाई गुणस्तरीय ब्यबस्थापन गर्न कार्यक्रमलाई थप प्रभाबकारी बनाए बाल मृत्युदर घटाउन महत्वपुर्ण भुमिका खेल्ने अपेक्षा लिईएको छ ।

सिफारिस

आन्तरिक पर्यटकले भरिभराउ दोलखाको सैलुङ (तस्वीरहरू)

दोलखा – मनमोहक प्राकृतिक सौन्दर्य र सूर्योदय–सूर्यास्तका मनोहर दृश्यका लागि प्रसिद्ध दोलखाको सैलुङ अहिले आन्तरिक पर्यटकले भरिएको छ। विशेष गरी बिदाको अवसर र अनुकूल...

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या भोगिरहेका पाँच जना नेपाल प्रहरीलाई नेपाली सेनाले हवाई उद्धार गरेको छ। इलाका प्रहरी कार्यालय नाम्दोबाट जिल्ला...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप सार्वजनिक गरेको छ। मनोरञ्जनात्मक तथा लामो यात्राका लागि डिजाइन गरिएको यस “इजी क्रूजर” मोटरसाइकल फायरबल,...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

नेपाली सेनाद्वारा पाँच प्रहरीको हवाई उद्धार

डोल्पा – अत्याधिक चिसो र हिमपातका कारण स्वास्थ्य समस्या...

रोयल इन्फिल्डको नयाँ मेटिओर ३५० लाइनअप सार्वजनिक, कति पर्छ मूल्य ?

काठमाडौं – रोयल इन्फिल्डले नेपालमा नयाँ  मेटिओर ३५० लाइनअप...

सेनामा खुल्यो ठूलो संख्यामा जागिर (विज्ञापनसहित)

नेपाली सेनामा जागिर खुलेको छ। जंगी अड्डाले सैनिक पदमा...

खड्का ल्यान्डमा मेरो स्वामित्व छैन मिडियाले निष्पक्ष समाचार प्रकाशित गरिदिनू: दिपक खड्का

नेपाली कांग्रेसका नेता एवम् पूर्व ऊर्जा, जलस्रोत तथा सिँचाइ...

एनपीएलको टिकट मूल्य सार्वजनिक, कुन दिनको मूल्य कति ?

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपिएल) को टिकट मूल्य...

आईजीपी कार्कीको पहिलो निर्णय : वरिष्ठ सईसम्मलाई सहुलियत कर्जा

काठमाडौं- नेपाल प्रहरीका ३३ औँ महानिरीक्षक दानबहादुर कार्कीले बिहीबार...

धेरै पढिएको