दशैंका लागि उपत्यकासहित ५२ स्थानबाट सुपथ मूल्यका पसल, अनलाइन सपिङ गर्न मिल्ने

काठमाडौँ – काठमाडौँ उपत्यकासहित देशभरमा दशैँलक्षित सहुलियत पसल सञ्चालनमा ल्याइने भएको छ । यसपटक निजीक्षेत्रलाई समेत समेटेर सरकारले यस वर्षको दशैँलक्षित सहुलियत मूल्यको पसल सञ्चालनमा ल्याउने तयारी गरेको छ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी र साल्ट ट्रेडिङको संयुक्त सञ्चालनमा उपत्यकासहित कम्तीमा ५२ स्थानबाट सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनीका देशभरका मुख्य कार्यालय, सात वटा प्रादेशिक कार्यालय, पाँच वटा मुख्य शाखा कार्यालय, २३ वडा शाखा कार्यालय तथा १६ वटा डिपो कार्यालयबाट सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको हो । साल्ट ट्रेडिङको सबै आउटलेटमा पनि सहुलियत सेवा उपलब्ध हुने कम्पनीले जनाएको छ ।
सहुलियत पसल सञ्चालनको निर्णय र मोडालिटीको बारेमा आज बस्ने बैठकले निर्णय गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीका सूचना अधिकारी शर्मीला न्यौपाने सुवेदीले गोरखापत्र अनलाइनलाई बताउनुभयो ।

सहुलियत पसल बाहेक खाद्य र साल्ट ट्रेडिङबाट यस वर्षको दशैँमा सहुलियत घुम्ती पसल सेवा पनि सञ्चालन गर्ने कम्पनीको भनाइ छ । त्यस्ता पसलमा नुन, चामल, चिनी, गेडागुडीदेखि खसी बोकासमेत छुट मूल्यमा पाइनेछ ।
अघिल्लो वर्ष दशैँ असोजको पहिलो साता नै भएकाले भदौ २३ गतेदेखि सहुलियत पसल सञ्चालनमा ल्याइएको थियो । उपत्यकामा तीन वटा घुम्ती पसलसहित साल्ट ट्रेडिङ, खाद्य व्यवस्था तथा व्यापार कम्पनी र दुग्ध विकास संस्थानले सञ्चालन गर्ने गरी देशभर ७३ वटा पसल सञ्चालन गरेको थियो ।
यसअघिका वर्षमा पहाडी तथा हिमाली जिल्लामा सुपथ मूल्य पसलहरु सञ्चालन गरेकोमा यो बर्ष तराईमा समेत पसल सञ्चालनको तयारीमा कम्पनी लागेको छ ।

उपत्यकामा अनलाइन सपिङ

काठमाडौँको थापाथली, सुर्यविनायक, रामशाह पथ, लगनखेल, नख्खुबाट अनलाइन सपिङ गर्न सकिने व्यवस्था गरेको छ । पसलमा सुपथ मूल्यमा नुन, चामल, चिनी, गेडागुडी किनमेल गर्न पाउने सूचना अधिकारी सुवेदीले बताउनुभयो ।
काठमाडौँ चक्रपथभित्र निशुल्क होम डेलिभरीको समेत व्यवस्था भएको उहाँले बताउनुभयो । आजको बैठकले देशभरिका सुपथ मूल्य पसल डिपो तथा शाखा कार्यालयबाट सुपथ मूल्यमा सामान खरिद गर्न सकिने सुवेदीले बताउनुभयो ।

दाङ र हेटौँडाका खसीबोका बिक्री गरिने

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले दशैँलाई लक्ष्य गर्दै यो वर्ष तीन हजार खसी बोका खरिद गरेर बिक्री गर्ने भएको छ । त्यसका लागि ढुवानीकर्ता छनौट भैसकेको सूचना अधिकारी सुवेदीले बताउनुभयो । खसी बोकाको बिक्री काठमाडौँमा मात्रै हुने गरेको छ ।
हरेक वर्ष खसी–बोका किनेर सर्वसुलभ रूपमा बिक्री गर्दै आएको संस्थानले यो वर्ष तीन हजार खसी–बोका र च्याङ्ग्रा खरिद गर्ने भएको हो । यो वर्ष कात्तिक १ गतेदेखि खसीबोका बिक्री सुरु गर्ने अनुमान गरिएको छ ।

संस्थानले १४ सय च्याङ्ग्रा र १६ सय खसी–बोका खरिद गर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीले लिमिटेडका योजना विभाग प्रमुख सुवेदीले बताउनुभयो । संस्थानले हरेक वर्ष दसैँ, तिहार र छठलाई मध्यनजर गर्दै सुपथ मूल्य पसल सञ्चालन गर्दै आएको छ । च्याङ्ग्रा भने मुस्ताङबाट ल्याउने गरेको छ । यसपटक खाद्यले खसी–बोका खरिदका लागि अनुमानित पाँच करोड ९९ लाख ८६ हजार रुपियाँ बजेट छुट्याएको छ । खसी बोका दाङ र हेटौँडाबाट ल्याउने तयारी संस्थानले गरेको छ । गतवर्ष सोही परिमाणको खसी–बोका तथा च्याङ्ग्राका लागि कम्पनीले कुल पाँच करोड ९८ लाख ८२ हजार रुपियाँ बजेट छुट्याएको खबर आजको गोरखापत्रले जनाएको छ ।

सिफारिस

‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्टमा रमाए दर्शक (तस्वीरहरू)

साङ्गीतिक ब्यान्ड नेपथ्यले पोखरामा प्रश्तुत गरेको कन्सर्टमा पोखरेली संगीतकर्मीहरुले मजा लिएका छन् । शुक्रबार साँझ नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा...

ड्रोन भ्यूमा त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुन अब नौ दिन मात्र बाँकी छ। प्रतियोगिताको तयारी स्वरूप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय...

नेपाली सेनाद्वारा ‘प्राड विवाक जर्नल–२०८२’ विमोचन

काठमाडौँ– नेपाली सेनाद्वारा प्रकाशित ‘प्राड विवाक जर्नल–२०८२’ आज एक विशेष समारोहका बीच विमोचन गरिएको छ। जङ्गी अड्डामा आयोजित उक्त कार्यक्रममा प्रधान न्यायाधीश प्रकाशमान सिंह...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ड्रोन भ्यूमा त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण...

नेपाली सेनाद्वारा ‘प्राड विवाक जर्नल–२०८२’ विमोचन

काठमाडौँ– नेपाली सेनाद्वारा प्रकाशित ‘प्राड विवाक जर्नल–२०८२’ आज एक...

सञ्चारमन्त्री खरेलद्वारा सवारी चालक अनुमति पत्र छपाइको उद्घाटन (तस्वीरहरू)

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सवारी...

शान्ति मिसनमा नेपाली सेना: विश्व शान्तिमा उल्लेखनीय योगदान

काठमाडौं - नेपाल संयुक्त राष्ट्रसंघको विश्व शान्ति स्थापना अभियानमा...

काठमाडौं नजिकै रहेको मनमोहक धाप ड्याम (तस्वीरहरू)

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको धाप...

यात्रा स्मृति : पाँचपोखरी पदयात्रामा जे देखियो (तस्वीरहरू)

तिहारको बिदा अगावै सहकर्मी साथी उत्सव र मेरो कतै...

धेरै पढिएको