यस बर्ष राष्ट्र बैंकले दसैंका लागि नयाँ नोट सटही नगर्ने

काठमाडौं –  हरेक वर्ष दसैं–तिहार लक्षित गरेर अर्बौ रुपैयाँका नयाँ नोट सटही गरिँदै आए पनि यस पटक नेपाल राष्ट्र बैंकले नयाँ नोट निष्कासन नगर्ने भएको छ ।

राष्ट्र बैंकले कोरोना संक्रमितको संख्या बढ्दै गएपछि नयाँ नोट वितरण गर्दा झनै जोखिम बढ्ने भन्दै यस पटक निष्कासन नगर्ने भएको हो ।

कोभिड–१९ का कारण यसअघिका वर्षझैं सामान्य परि स्थिति नभएकाले नयाँ नोट सटही गर्ने सम्भावना नभएको राष्ट्र बैंक मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवती नेपालले
बताए । ‘झन्–झन् कोरोनाको संक्रमण फैलिरहेकाले यस्तो जोखिमका बेला नयाँ नोट बाँड्ने सम्भावना छैन । यसबारे अझै २–३ दिनमा औपचारिक निर्णय गर्दै छौं,’ उनले भने ।

राष्ट्र बैंकले प्रत्येक वर्ष रु. ५, १०, २०, ५० र १०० दरका नयाँ तथा सफा नोट सटही गर्दै आएको थियो । नोट सटही गर्दा राष्ट्र बैंकमा तथा तोकिएका बैंक तथा वित्तीय संस्थामा सर्वसाधारणको घुइँचो लाग्ने गर्दथ्यो । अहिले पनि लाइनमा नोट वितरण गर्ने स्थिति नभएकाले सम्भावना न्यून भएको प्रवक्ता डा. गुणाकर भट्ट बताउँछन् ।

कोभिडले गर्दा अब आम नेपालीले नयाँ नोट सटही गरेर दसैंमा प्रयोग गर्ने प्रवृत्ति हटाउन प्रेरित गरिने उनको भनाइ छ । यद्यपि यस पटक सर्वसाधारणले कुन बैंकबाट सस्तो ब्याजदरमा कर्जा लिने र कुन बैंकमा राम्रो ब्याजमा निक्षेप राख्नेमा बढी केन्द्रित भएर प्रश्न गरेका छन् । तर, नयाँ नोटमा उनीहरूको रुचि नदेखिएको प्रवक्ता भट्टले बताए ।

सिफारिस

गौरीशंकर सुपर लिग: हिमालयन, एन्जल्स र वन डे क्रिकेट एकेडेमीको जीत

गौरीशंकर सुपर लिग यू–१७ क्रिकेट प्रतियोगिता अन्तर्गत आज भएको पहिलो खेलमा मा हिमालयन स्पोर्ट्स म्यानेजमेन्टले क्रिकेट एक्सेलेन्स सेन्टर भक्तपुर लाई १८ रनले पराजित गरेको...

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु भएको छ। युवा खेलाडीहरूलाई आफ्नो प्रतिभा प्रदर्शन गर्ने महत्वपूर्ण अवसर प्रदान गर्ने उद्देश्यले...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल देखिएको छ। जात्राको उत्साहसँगै शहरभरि जताततै धिमे बाजा बजेको सुन्न र देख्न पाइन्छ। तीमध्ये विशेषगरी...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट प्रतियोगिता सुरु

गौरिशंकर क्रिकेट एकेडेमीको आयोजनामा गौरिशंकर सुपर लिग यु-१७ क्रिकेट...

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगान (तस्वीरहरू)

बिस्का जात्राको पूर्वसन्ध्यामा भक्तपुरमा धिमे बाजासहित नाचगानको रमाइलो माहौल...

राजनीतिक प्रतिशोधको निशानामा दीपक खड्का, कानुनी प्रक्रियामाथि प्रश्न

काठमाडौं — नेपाली कांग्रेसका नेता तथा पूर्व ऊर्जामन्त्री दीपक...

श्रममन्त्री साहलाई प्रधानमन्त्री बालेनले किन गरे बर्खास्त ?

प्रधानमन्त्री वालेन्द्र शाहले श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री दिपककुमार...

प्रधानमन्त्री बालेन्द्र शाह द्वारा अधिकृत क्याडेटहरूलाई आयुक्त पद प्रदान (तस्वीरहरू)

काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाह ले भक्तपुरको खरिपाटीस्थित नेपाली...

सिंहदरबारमा प्रधानमन्त्री बालेनले गरे एकैपटक १७ देशका राजदूतसँग संवाद (तस्वीरहरू)

काठमाडौँ - प्रधानमन्त्री बालेन्द्र शाहले नेपालस्थित विभिन्न देशका राजदूत...

धेरै पढिएको