मनसुन अति सक्रिय, कहिलेसम्म यस्तै रहन्छ मौसम ?

काठमाडौँ – देशका अधिकांश स्थानमा मनसुनी वर्षा शनिबार बिहान पनि जारी रहेको जल तथा मौसम पूर्वानमान महाशाखाले जनाएको छ ।
मनसुन न्यून चापीय रेखा मध्य र पूर्वी नेपालको तराई तथा पश्चिम नेपालको पहाडी क्षेत्रमा रहेको मौसमविदले बताएका छन् ।

यस्तै मध्य र पूर्वी नेपाल नजिकै न्यून चापीय क्षेत्र समेत रहेकाले मनसुन शनिबार पनि अति सक्रिय अवस्थामा रहने देखिएको मौसमविदले जानकारी दिएका छन् ।

शनिबार दिनभर देशभर वर्षा जारी रहने छ । पूर्व र मध्यका तराई र पहाडी क्षेत्रका केही स्थान र पश्चिमको तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ । वर्षाको क्रम शनिबार राति पनि जारी रहने देखिएको छ । आउँदो सोमबारसम्म बदली तथा वर्षाको सम्भावना रहेको जनाइएको छ ।

लगातार पानी पर्ने भएकाले देशका साना तथा ठूला खोला तथा नदीमा पानीको सतह बढ्ने भएकाले सचेत रहन अग्रह गरिएको छ । नदी आसपासका क्षेत्रमा बाढी, डुबान तथा कटानको सम्भावना रहेकाले सजग हुन भनिएको छ ।

पहाडी क्षेत्रमा पहिरो जान सक्ने तथा तराई क्षेत्रका नदीहरुमा जलको बहाव र स्तर बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनु पर्ने सुझाव मौसमविदले दिएका छन् । यस्तै हवाई र सडक यातायातमा पनि वर्षा तथा कम भिजिविलिटिका कारण अवरोध पर्ने सम्भावना छ ।

सिफारिस

उपप्रधानमन्त्री सिंहद्वारा कीर्तिपुरस्थित क्रिकेट स्टेडियमकाे छड्के अनुगमन

काठमाडौं - उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले कीर्तिपुर क्रिकेटमा निर्माणाधिन प्यारापिट र फ्लड लाइट जडान कार्यकाे छड्के अनुगमन गर्नुभएकाे छ । बिहीबार...

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक (एआईजी) पदमा बढुवा सिफारिस भएका छन्। बिहीबार बसेको बढुवा समितिको बैठकले ६ जनालाई एआईजीमा बढुवा गर्न...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित भएका छन् । शिलापत्र मल्टिमिडियामार्फत गहन विषयमा पनि सरल प्रस्तुति दिने क्षमता र सोसल मिडियामा...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

६ डीआईजी एआईजीमा बढुवा सिफारिस, को को परे ?

नेपाल प्रहरीका ६ जना नायब महानिरीक्षक (डीआईजी) अतिरिक्त महानिरीक्षक...

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्डबाट सम्मानित

पत्रकार नवराज कुँवर नेसनल क्यापिटल अवार्ड २०८१’ बाट सम्मानित...

व्यवसायी पूर्ण श्रेष्ठ नेसनल क्यापिटल अनर अवार्डबाट सम्मानित

काठमाडौँ - व्यवसायी पूर्ण श्रेष्ठ ‘नेसनल क्यापिटल अवार्ड २०८१’...

उपराष्ट्रपति यादवसँग राष्ट्रिय फोटो पत्रकार समूहको भेटवार्ता

काठमाडौँ – राष्ट्रिय फोटो पत्रकार समूह (एनएफपिजे नेपाल)ले उपराष्ट्रपति...

प्राधिकरण प्रमुख शाक्यलाई स्वेतपत्र जारी गर्न र बक्यौता उठाउन ऊर्जामन्त्रीको निर्देशन

काठमाडौं - ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री दिपक खड्काले...

तस्वीरमा हेर्नुस् यसरी मनाइयो भक्तपुरको बोडेमा ‘जिब्रो छेड्ने जात्रा’

काठमाडौं – बिस्का जात्राको अन्तर्गत मङ्गलबार भक्तपुरको बोडेमा प्राचीन...

धेरै पढिएको