मनसुन अति सक्रिय, कहिलेसम्म यस्तै रहन्छ मौसम ?

काठमाडौँ – देशका अधिकांश स्थानमा मनसुनी वर्षा शनिबार बिहान पनि जारी रहेको जल तथा मौसम पूर्वानमान महाशाखाले जनाएको छ ।
मनसुन न्यून चापीय रेखा मध्य र पूर्वी नेपालको तराई तथा पश्चिम नेपालको पहाडी क्षेत्रमा रहेको मौसमविदले बताएका छन् ।

यस्तै मध्य र पूर्वी नेपाल नजिकै न्यून चापीय क्षेत्र समेत रहेकाले मनसुन शनिबार पनि अति सक्रिय अवस्थामा रहने देखिएको मौसमविदले जानकारी दिएका छन् ।

शनिबार दिनभर देशभर वर्षा जारी रहने छ । पूर्व र मध्यका तराई र पहाडी क्षेत्रका केही स्थान र पश्चिमको तराई क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना छ । वर्षाको क्रम शनिबार राति पनि जारी रहने देखिएको छ । आउँदो सोमबारसम्म बदली तथा वर्षाको सम्भावना रहेको जनाइएको छ ।

लगातार पानी पर्ने भएकाले देशका साना तथा ठूला खोला तथा नदीमा पानीको सतह बढ्ने भएकाले सचेत रहन अग्रह गरिएको छ । नदी आसपासका क्षेत्रमा बाढी, डुबान तथा कटानको सम्भावना रहेकाले सजग हुन भनिएको छ ।

पहाडी क्षेत्रमा पहिरो जान सक्ने तथा तराई क्षेत्रका नदीहरुमा जलको बहाव र स्तर बढ्न सक्ने भएकाले उच्च सतर्कता अपनाउनु पर्ने सुझाव मौसमविदले दिएका छन् । यस्तै हवाई र सडक यातायातमा पनि वर्षा तथा कम भिजिविलिटिका कारण अवरोध पर्ने सम्भावना छ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको