काठमाडौं – समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज महानगरीय प्रहरी प्रभाग सुन्दरीजलले सडक दुर्घटना न्यूनीकरण एवम समुदाय प्रहरी साझेदारी सम्बन्धमा गोकर्णेस्वरको नयाँपाटीमा एक कार्यक्रम आयोजना गरेको छ।
कार्यक्रममा महानगरीय प्रहरी बृत बौद्वका प्रहरी निरिक्षक रुपेन्द्र बहादुर श्रेष्ठ , महानगरीय प्रहरी प्रभाग सुन्दरीजलका प्रहरी नायब निरिक्षक अर्जुन गिरि, महानगरिय प्रहरी प्रहरी प्रभाग गोकर्णका प्रहरी नायब निरिक्षक रामेश्वर खड्का लगायातका प्रहरी अधिकृत एवम जवानहरुले सवारी दुर्घटना एवम सुरक्षा सम्बन्धि जानकारी दिनुका साथै सो सम्बंधित वृतचित्र समेत प्रदर्शन गरिएको थियो।
कार्यक्रममा महानगरीय प्रहरी बृत बौद्वका प्रहरी निरिक्षक रुपेन्द्र बहादुर श्रेष्ठले यस क्षेत्रको सडक दुर्घटना न्युनिकरण गर्न वृतले सवारी चेकजाचमा कडाइ गर्ने बताए। कार्यक्रममा बोल्दै निरिक्षक श्रेष्ठले भने “सवारी दुर्घटना कम गर्न जस्तो सुकै कठोर चेकजाच गर्न वृत तयार छ” कार्यक्रममा बोल्दै महानगरीय प्रहरी प्रभाग सुन्दरीजलका प्रमुख प्रनानी अर्जुन गिरीले सुन्दरीजलको पोखरी र बागमती खोलामा घुम्न आउने आन्तरिक पर्यटकको बर्षौनी डुबेर हुने मृत्युलाइ न्यूनीकरण गर्न दुर्घटना हुन सक्ने क्षेत्रमा बिशेष सुरक्षा योजना लागु गर्ने जानकारी दिए।
गोकर्णेश्वर नपाका मेयर सन्तोष चालिसे सम्बन्धित वडाका वडा अध्यक्ष, स्थानीय बिद्यालयका बिध्यार्थी तथा जनप्रतिनिधि समेत उपस्थित उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहेका गोकर्णेश्वर नपाका मेयर चालिसेले केन्द्रिय सरकारले जोरपाटी सुन्दरीजल सडक खण्ड मर्मत नगरे यो आर्थिक बर्ष भित्र गोकर्णेश्वर नपाले आफ्नै श्रोतमा मर्मत गर्ने जानकारी दिए ! मेयर चालिसेले सडकको दुराबस्थाको कारण दुर्घटना बढी रहेको र केन्द्रिय सरकारको मातहतमा रहेको सडक जिर्ण हुदा समेत सरकारले वास्ता नगरेको आरोप समेत लगाए।