गोकर्णेश्वरको नयाँपाटीमा सडक दुर्घटना न्यूनीकरण एवंम समुदाय प्रहरी साझेदारी कार्यक्रम सम्पन्न

काठमाडौं – समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत आज महानगरीय प्रहरी प्रभाग सुन्दरीजलले सडक दुर्घटना न्यूनीकरण एवम समुदाय प्रहरी साझेदारी सम्बन्धमा गोकर्णेस्वरको नयाँपाटीमा एक कार्यक्रम आयोजना गरेको छ।

कार्यक्रममा महानगरीय प्रहरी बृत बौद्वका प्रहरी निरिक्षक रुपेन्द्र बहादुर श्रेष्ठ , महानगरीय प्रहरी प्रभाग सुन्दरीजलका प्रहरी नायब निरिक्षक अर्जुन गिरि, महानगरिय प्रहरी प्रहरी प्रभाग गोकर्णका प्रहरी नायब निरिक्षक रामेश्वर खड्का लगायातका प्रहरी अधिकृत एवम जवानहरुले सवारी दुर्घटना एवम सुरक्षा सम्बन्धि जानकारी दिनुका साथै सो सम्बंधित वृतचित्र समेत प्रदर्शन गरिएको थियो।

कार्यक्रममा महानगरीय प्रहरी बृत बौद्वका प्रहरी निरिक्षक रुपेन्द्र बहादुर श्रेष्ठले यस क्षेत्रको सडक दुर्घटना न्युनिकरण गर्न वृतले सवारी चेकजाचमा कडाइ गर्ने बताए।  कार्यक्रममा बोल्दै निरिक्षक श्रेष्ठले भने “सवारी दुर्घटना कम गर्न जस्तो सुकै कठोर चेकजाच गर्न वृत तयार छ” कार्यक्रममा बोल्दै महानगरीय प्रहरी प्रभाग सुन्दरीजलका प्रमुख प्रनानी अर्जुन गिरीले सुन्दरीजलको पोखरी र बागमती खोलामा घुम्न आउने आन्तरिक पर्यटकको बर्षौनी डुबेर हुने मृत्युलाइ न्यूनीकरण गर्न दुर्घटना हुन सक्ने क्षेत्रमा बिशेष सुरक्षा योजना लागु गर्ने जानकारी दिए।

गोकर्णेश्वर नपाका मेयर सन्तोष चालिसे सम्बन्धित वडाका वडा अध्यक्ष, स्थानीय बिद्यालयका बिध्यार्थी तथा जनप्रतिनिधि समेत उपस्थित उक्त कार्यक्रममा प्रमुख अतिथि समेत रहेका गोकर्णेश्वर नपाका मेयर चालिसेले केन्द्रिय सरकारले जोरपाटी सुन्दरीजल सडक खण्ड मर्मत नगरे यो आर्थिक बर्ष भित्र गोकर्णेश्वर नपाले आफ्नै श्रोतमा मर्मत गर्ने जानकारी दिए ! मेयर चालिसेले सडकको दुराबस्थाको कारण दुर्घटना बढी रहेको र केन्द्रिय सरकारको मातहतमा रहेको सडक जिर्ण हुदा समेत सरकारले वास्ता नगरेको आरोप समेत लगाए।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको