कोलकोतालाई ८ विकेटले पराजित गर्दै पञ्जाब चौथो स्थानमा उक्लियो

काठमाडौँ – इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत किंग्स इलेभेन पञ्जाबले कोलकोता नाइट राइडर्सलाई ८ विकेटले पराजित गरेको छ । कोलकोताले दिएको १५० रनको लक्ष्य पछाएको पञ्जाबले १८.५ ओभरमा २ विकेट गुमाउदै लक्ष्य पुरा गरेको हो ।

पञ्जाबको जितमा मनदीप सिंह र क्रिस गेलले अर्धशतक बनाएका थिए । मनदीपले अविजित ६६ रन बनाए भने क्रिस गेलले ५१ रन बनाए । त्यस्तै कप्तान केएल राहुलले २८ रन बनाएर आउट भएका थिए भने निकोलस पुरनले अविजित २ रन बनाए ।

कोलकोताका लागि एक विकेट वरुण चक्रवर्तीले लिएका थिए ।

यस अघि टस हारेर पहिला ब्याटिंग गरेको कोलकोताले २० ओभरमा ९ विकेट गुमाउदै १४९ रन बनाएको थियो । कोलकोताका लागि शुभमन गिलले ५७ रन बनाए भने कप्तान इयोन मोर्गनले ४० रन बनाए । त्यस्तौ लुकी फर्गुसनले २४ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

पञ्जाबका बलर मोहमद सामीले ३ विकेट लिए भने क्रिस जोर्डन र रवी विश्नोईले २-२ विकेट लिए । त्यस्तै मुर्गन आश्विन र ग्लेन म्याक्सवेलले एक-एक विकेट लिए ।

यो जितपछि पञ्जाबले १२ खेलमा छैठौ जित हासिल गरेको छ । पञ्जाब १२ अंकसहित चौथो स्थानमा उक्लिएको छ । त्यस्तै कोलकोता १२ खेलमा छैठौ हार बेहोरेको छ ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको