बडा दशैंको अवसरमा आज पनि मान्यजनबाट टीका लगाई आशीर्वाद लिने क्रम जारी

काठमाडौँ – बडा दशैंको अवसरमा आज पनि मान्यजनबाट टीका लगाई आशीर्वाद लिने क्रम जारी छ ।  हिजो विजयादशमीका दिन टिका लगाउन नभ्याएका र टाढा रहेकाले आजदेखि कोजागत पूर्णिमाका दिनसम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्दछन् ।

देशका केही स्थान र समुदायमा भने हिजो एक दिन मात्रै टीका लगाउने चलन छ । पापमा अंकुश लगाउने विश्वासका साथ आजको दिनलाई ‘पापान्कुस’ एकादशी पनि भनिन्छ । घटस्थापनाका दिन राखेको जमरा कोजागत पूर्णिमाका दिन बिसर्जन गरेसँगै असत्यमाथि सत्य र आसूरी शक्तिमाथि दैवीशक्तिको विजयका रूपमा मनाइने दसैं पर्व सकिन्छ । टीका थाप्न जानेको संख्या बढेसँगै काठमाडौंको शहरी क्षेत्रमा सर्वसाधारणको चहलपहल बढेको छ । दशैं मान्न राजधानी बाहिर गएकाहरु पनि आजदेखि फर्कन थालेका छन् । यस्तै, कोरोनाका कारण यस वर्ष भने राजधानीमा सर्वसाधरणको चहल–पहलमा कमी आएको छ ।

यता,नेवार समुदायमा मान्यजनबाट विजयादशमीको टीका थाप्न छोरीज्वाइँसहित नातिनातिनालाई भोज बोलाउने चलन छ । जसलाई नेपाल भाषामा नखत्या भनिन्छ । यस्तो भोज पूर्णिमाको दिनसम्म बोलाउन सकिने प्रचलन छ । असन क्षेत्रका नेवार समुदायले आज अर्थात् एकादशीको दिन देवीको टीका थाप्ने परम्परा छ । यसलाई नेपाल भाषामा असं चालं भनिन्छ ।

सिफारिस

‘क्रिकेटका लागि नेपथ्य’ कन्सर्टमा रमाए दर्शक (तस्वीरहरू)

साङ्गीतिक ब्यान्ड नेपथ्यले पोखरामा प्रश्तुत गरेको कन्सर्टमा पोखरेली संगीतकर्मीहरुले मजा लिएका छन् । शुक्रबार साँझ नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टिम पोखरा एभेन्जर्सको आयोजनामा...

ड्रोन भ्यूमा त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण सुरु हुन अब नौ दिन मात्र बाँकी छ। प्रतियोगिताको तयारी स्वरूप कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय...

नेपाली सेनाद्वारा ‘प्राड विवाक जर्नल–२०८२’ विमोचन

काठमाडौँ– नेपाली सेनाद्वारा प्रकाशित ‘प्राड विवाक जर्नल–२०८२’ आज एक विशेष समारोहका बीच विमोचन गरिएको छ। जङ्गी अड्डामा आयोजित उक्त कार्यक्रममा प्रधान न्यायाधीश प्रकाशमान सिंह...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

ड्रोन भ्यूमा त्रिवि क्रिकेट मैदान (तस्वीरहरू)

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको दोस्रो संस्करण...

नेपाली सेनाद्वारा ‘प्राड विवाक जर्नल–२०८२’ विमोचन

काठमाडौँ– नेपाली सेनाद्वारा प्रकाशित ‘प्राड विवाक जर्नल–२०८२’ आज एक...

सञ्चारमन्त्री खरेलद्वारा सवारी चालक अनुमति पत्र छपाइको उद्घाटन (तस्वीरहरू)

काठमाडौँ - सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सवारी...

शान्ति मिसनमा नेपाली सेना: विश्व शान्तिमा उल्लेखनीय योगदान

काठमाडौं - नेपाल संयुक्त राष्ट्रसंघको विश्व शान्ति स्थापना अभियानमा...

काठमाडौं नजिकै रहेको मनमोहक धाप ड्याम (तस्वीरहरू)

काठमाडौंको गोकर्णेश्वर नगरपालिका–१ स्थित शिवपुरी राष्ट्रिय निकुञ्जमा रहेको धाप...

यात्रा स्मृति : पाँचपोखरी पदयात्रामा जे देखियो (तस्वीरहरू)

तिहारको बिदा अगावै सहकर्मी साथी उत्सव र मेरो कतै...

धेरै पढिएको