जतिसुकै ठूलो मान्छे भए पनि सार्वजनिक जग्गा मिच्नेलाई सरकारले छाड्दैन : ईश्वर पोखरेल

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताएका छन् । शनिबार काठमाडौं वडा नं. ५ र ७ जोड्ने गरी पैदलयात्रीका लागि निर्माण गरिएको पहँँेलो पुलको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन स्थानीय तथा प्रदेश सरकारलाई आग्रहसमेत गरे ।
सार्वजनिक जग्गा जनताको सम्पत्ति भएकाले त्यसको अतिक्रमण भए सरकार चुप लागेर नबस्ने उनको भनाइ छ । ‘सार्वजनिक जग्गा अतिक्रमण जतिसुकै सम्मानित ठाउँबाट भए पनि त्यसलाई सरकारले कार्बाही गरेरै छाड्छ,’ उनले भने ।
उपप्रधानमन्त्री पोखरेलले स्थानीय तहमा हुने विकास, निर्माणको बजेटको व्यवस्था गर्ने दायित्व स्थानीय तहकै भएको पनि स्पष्ट पारे ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडासँग आवश्यक सहकार्य गरेर काठमाडौं महानगरपालिकाले विकास निर्माणको कामलाई तीव्रता दिएको दाबी गरे । उनले काठमाडौंलाई हिलो र धुलोमुक्त बनाएको दाबी गर्दै चालू आर्थिक वर्षभित्र नवर्निर्माण र पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
काठमाडौं ५ (क) का सांसद नारायण सिलवालले काठमाडौं क्षेत्र नं. ५ लाई पर्यटकीय क्षेत्रको रुपमा विकास हुने गरी स्थानीय सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले प्रदेश निर्वाचन क्षेत्र विकास कोषको बजेट पनि सम्पदा पुनर्निर्माणको काममा खर्च गर्ने योजना सुनाए ।

प्रदेश ३ सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको सो पुल वरपरका सम्पदाहरुको पुनर्निर्माण गरी त्यसलाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रदेश सांसद सिलवालले योजना सुनाए ।
काठमाडौं वडा नं. ५ र ७ जोड्ने भत्केको पुलमा सवारी र यात्रुको चाप बढेसँगै त्यही पुलसँग जोडेर छुट्टै फलामे पुल निर्माण गरिएको हो । प्रदेश सरकारको परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त पुल ४९ लाख रुपैयाँको लागतमा बनेको हो ।
२३ चैत २०७५ मा प्रदेश सांसद नारायण सिलवालले पुलको शिलान्याश गरेका थिए ।

‘पुल निर्माणको काम निर्धारित समयभित्रै सक्न सांसदज्यूले छड्के जाँचसमेत गर्नुभयो,’ सांसद सिलवालका स्वकीय सचिव लक्ष्मण शर्माले भने, ‘आफ्नै पहलमा अघि बढेका विकासका योजनामा कुनै पनि खालको बाहानाबाजी र ढिलासुस्ती नहोस् भन्ने मान्यता उहाँको छ ।’
प्रदेश सांसद सिलवालको विशेष पहलमा काठमाडौंं–५ अन्तर्गत धनगणेश मन्दिर, गोरखनाथ मठ सतल, मनमानेश्वरी मन्दिर, कुमार कार्तिके मन्दिर, द्योछें सतलको पुनर्निर्माण तथा धेविखोला कोरिडोर र सडक बत्ती निर्माणको काम अन्तिम चरणमा पुगेको शर्माले बताए ।

सिफारिस

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड २०२६’ अन्तर्गतको विशेष फेसन कार्यक्रम ‘द ग्ल्याम नाइट’ भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा नेपाली कला,...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को २१औँ साधारणसभा तथा बडादशैँ, तिहार, नेपाल संवत् र छठ पर्वको अवसरमा शुभकामना आदान–प्रदान कार्यक्रम शनिबार...

एनएफपिजेको २९औँ वार्षिक साधारण सभा सम्पन्न, वैशाखमा अन्तर्राष्ट्रिय फोटोग्राफी समिट गर्ने घोषणा

काठमाडौँ - राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपिजे) को २९औँ वार्षिक साधारण सभा शनिबार काठमाडौँको हात्तिसारमा सम्पन्न भएको छ । साधारण सभाले फोटो पत्रकारहरूको...

भर्खरै

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

बर्दिबासमा रक्षा संवाददाता अभिमुखीकरण : २१ सञ्चारकर्मीलाई प्रमाणपत्र प्रदान

बर्दिबास - नेपाली सेनाको श्री मध्य पूर्वी पृतना हेडक्वार्टर,...

नेपाली सेनालाई बेलायतमा सम्पन्न ‘क्यामब्रियन पट्रोल २०२६’ मा स्वर्ण पदक

काठमाडौं - नेपाली सेनाले बेलायतमा सम्पन्न अन्तर्राष्ट्रिय सैनिक अभ्यास...

एनपीएलको तेस्रो संस्करणका लागि यसरी सजिँदैछ कीर्तिपुर (तस्बिरहरू)

काठमाडौँ - नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण नजिकिँदै...

प्रधान सेनापति सिग्देलद्वारा बेलायती सेनाका उच्च अधिकारीसँग भेटवार्ता

काठमाडौं - संयुक्त अधिराज्य बेलायतको औपचारिक भ्रमणमा रहनुभएका प्रधान...

धेरै पढिएको