जतिसुकै ठूलो मान्छे भए पनि सार्वजनिक जग्गा मिच्नेलाई सरकारले छाड्दैन : ईश्वर पोखरेल

उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेलले सार्वजनिक जग्गा अतिक्रमण हुन नदिन सरकार दृढतापूर्वक लागि परेको बताएका छन् । शनिबार काठमाडौं वडा नं. ५ र ७ जोड्ने गरी पैदलयात्रीका लागि निर्माण गरिएको पहँँेलो पुलको उद्घाटन गर्दै उपप्रधानमन्त्री पोखरेलले सार्वजनिक जग्गा कहीँकतै अतिक्रमण भए तत्काल त्यसको सूचना संघीय सरकारलाई दिन स्थानीय तथा प्रदेश सरकारलाई आग्रहसमेत गरे ।
सार्वजनिक जग्गा जनताको सम्पत्ति भएकाले त्यसको अतिक्रमण भए सरकार चुप लागेर नबस्ने उनको भनाइ छ । ‘सार्वजनिक जग्गा अतिक्रमण जतिसुकै सम्मानित ठाउँबाट भए पनि त्यसलाई सरकारले कार्बाही गरेरै छाड्छ,’ उनले भने ।
उपप्रधानमन्त्री पोखरेलले स्थानीय तहमा हुने विकास, निर्माणको बजेटको व्यवस्था गर्ने दायित्व स्थानीय तहकै भएको पनि स्पष्ट पारे ।
कार्यक्रममा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले सबै वडासँग आवश्यक सहकार्य गरेर काठमाडौं महानगरपालिकाले विकास निर्माणको कामलाई तीव्रता दिएको दाबी गरे । उनले काठमाडौंलाई हिलो र धुलोमुक्त बनाएको दाबी गर्दै चालू आर्थिक वर्षभित्र नवर्निर्माण र पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
काठमाडौं ५ (क) का सांसद नारायण सिलवालले काठमाडौं क्षेत्र नं. ५ लाई पर्यटकीय क्षेत्रको रुपमा विकास हुने गरी स्थानीय सम्पदाहरुको पुनर्निर्माणको कामलाई अघि बढाउने प्रतिवद्धता व्यक्त गरे । उनले प्रदेश निर्वाचन क्षेत्र विकास कोषको बजेट पनि सम्पदा पुनर्निर्माणको काममा खर्च गर्ने योजना सुनाए ।

प्रदेश ३ सरकारको आर्थिक सहयोगमा निर्माण गरिएको सो पुल वरपरका सम्पदाहरुको पुनर्निर्माण गरी त्यसलाई पनि पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने प्रदेश सांसद सिलवालले योजना सुनाए ।
काठमाडौं वडा नं. ५ र ७ जोड्ने भत्केको पुलमा सवारी र यात्रुको चाप बढेसँगै त्यही पुलसँग जोडेर छुट्टै फलामे पुल निर्माण गरिएको हो । प्रदेश सरकारको परियोजनाअन्तर्गत निर्माण गरिएको उक्त पुल ४९ लाख रुपैयाँको लागतमा बनेको हो ।
२३ चैत २०७५ मा प्रदेश सांसद नारायण सिलवालले पुलको शिलान्याश गरेका थिए ।

‘पुल निर्माणको काम निर्धारित समयभित्रै सक्न सांसदज्यूले छड्के जाँचसमेत गर्नुभयो,’ सांसद सिलवालका स्वकीय सचिव लक्ष्मण शर्माले भने, ‘आफ्नै पहलमा अघि बढेका विकासका योजनामा कुनै पनि खालको बाहानाबाजी र ढिलासुस्ती नहोस् भन्ने मान्यता उहाँको छ ।’
प्रदेश सांसद सिलवालको विशेष पहलमा काठमाडौंं–५ अन्तर्गत धनगणेश मन्दिर, गोरखनाथ मठ सतल, मनमानेश्वरी मन्दिर, कुमार कार्तिके मन्दिर, द्योछें सतलको पुनर्निर्माण तथा धेविखोला कोरिडोर र सडक बत्ती निर्माणको काम अन्तिम चरणमा पुगेको शर्माले बताए ।

सिफारिस

राष्ट्रिय फोटो पत्रकारिता अवार्ड : ८ विधा र ७ प्रदेशका उत्कृष्ट फोटो पत्रकार सम्मानित

काठमाडौं — राष्ट्रिय फोटो पत्रकार समूह (एनएफएपिजे) नेपालद्वारा आयोजित “पाँचौं राष्ट्रिय फोटो पत्रकारिता अवार्ड २०२५” कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ। शनिबार ललितपुरमा आयोजित...

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, देशभर विविध कार्यक्रमहरू गरी दिवस मनाइदैछ। वि.सं. १९८४ बैशाख १३ गते गोरखापत्रमा पहिलोपटक समाचारमूलक...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न राष्ट्रिय सूचना आयोगले आदेश गरेको छ । नेप्लिज टाइम्स डटकमका कार्यकारी सम्पादकसमेत रहेका ज्वालामूखी गाउँपालिका...

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

भर्खरै

आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता दिवस, एनएफपिजेले अवार्ड कार्यक्रम गर्दै

काठमाडौं, वैशाख १३ – आज ९८ औं राष्ट्रिय फोटोपत्रकारिता...

ज्वालामूखी गाउँपालिकाको नाममा लिखित जवाफ पेस गर्न आदेश

काठमाडौं - धादिङको ज्वालामूखी गाउँपालिकालाई लिखित जवाफ पेश गर्न...

ऊर्जा राज्यमन्त्री तामाङ बर्खास्त

ऊर्जा राज्यमन्त्री पूर्णबहादुर तामाङ (कान्छाराम)लाई प्रधानमन्त्री केपी शर्मा ओलीले...

शिक्षामन्त्री भट्टराईले दिइन् राजीनामा

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले राजीनामा...

शिक्षकको माग वार्ता मार्फत समाधान गर्न सरकार प्रतिबद्ध छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ - ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले...

पत्रकार मञ्चको नयाँ कार्यसमितिको पहिलो बैठकले गर्यो यस्ता निर्णय

काठमाडौं-  नेपाल पत्रकार मञ्चको सातौँ महाधिवेशनबाट निर्वाचित नयाँ कार्यसमितिको...

धेरै पढिएको