पुरा हुने भयो ओलीको सपना, नेपालमै बन्यो ‘मिनी पानीजहाज’, दशैंबाट सञ्चालनमा आउने

चितवन – अबको दुई महिनाभित्र नारायणी नदीमा ‘मिनी पानीजहाज’ चल्ने भएको छ । चार महिनादेखि निर्माणाधीन अवस्थामा रहेको क्रुजसिप (मिनी पानीजहाज) लाई परीक्षणको लागि नारायणी नदीमा राखिएको छ ।

पानीबाहिर राखेर निर्माण गरिँदै आएको क्रुजको काम सकिएपछि पानीमा राखेर निर्माण सुरु गरिएको निर्माण कम्पनीले जनाएको छ । राइनो वाटर इन्टरटेनमेन्ट प्रालिले काप्रेघाटमा निर्माण गरिरहेको मिनी पानीजहाजलाई पानीमा राखेर गरिएको परीक्षण सफल भएको कम्पनीका प्रबन्ध निर्देशक रामचन्द्र कँडेलले जानकारी दिए ।

चैतबाट जहाज निर्माण थालेको कम्पनीले पानीमा राखेपछि आउँदो दशैँमा सञ्चालन गर्ने तयारी गरेको छ। एक पटकमा दुई सय जना अटाउन सक्ने क्षमताको सानो आकारको ‘पानीजहाज’ निर्माणका लागि १५ फिट गहिरो पोखरी बनाइएको छ । भरतपुर महानगरपालिका–१६, काभ्रेघाटमा बनाइँदै गरेको जहाज १०० फिट लम्बाइ र २२ फिट चौडाइको रहेको निर्देशक कँडेलको भनाई छ ।

बुटवलबाट ल्याइएका विशेष प्रकारका दुईवटा क्रेनले शुक्रबार दिनभरि लगाएर जहाज पानीमा झारिएको थियो । भारतबाट आएका प्राविधिक र नेपाली गरी ५० जना निर्माणमा खटिएका छन्। जहाज पार्किङ गर्ने स्थान पोर्ट निर्माणका लागि पाँच करोड रुपैयाँ लगानी भइसकेको कँडेलको भनाई छ ।

मिनी पानीजहाजमा १५ जना क्यू मेम्बर हुनेछन् । दुई तला रहेको पानीजहाजको माथिल्ला तलाबाट दृश्यावलोकन पनि गर्न सकिने कँडेलको भनाई छ । ‘मिनी पानीजहाज’ लाई दिनमा तीन सिफ्ट चलाउने योजना छ ।

काप्रेघाटलाई मुख्य केन्द्र बनाएर देवघाटदेखि गोलाघाटसम्मको क्रुजिङ करिब तीन घण्टाको हुनेछ । उक्त मिनी पानीजहाज वर्षातको तीन महिना भने बन्द गरिनेछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले जब नारायणीसहित देशका ठुला नदीहरुमा पानीजहाज चलाउँने घोषणा गर्दा उनको मजाक गरिएको थियो । धेरैले उनको अभिव्यक्तिमाथि व्यंग गर्दै कागजको पानीजहाज बनाएर बाल्टीमा पानी राखेर प्रदर्शन समेत गरेका थिए ।

त्यसमाथि पनि नारायणी नदीमा पानीजहाज चलाउँनै नसक्ने पनि भन्दै त्यो सम्भवन नै नभएको भनी खिल्ली पनि उडाईएको थियो तर नारायणीमा मिनी पानीजहाजको सञ्चालनमो तयारीमा रहेको हो ।

सिफारिस

२० औँ एसियाली खेलकुदका लागि नेपाली उसु टोलीको बिदाइ

काठमाडौँ - जापानको आइची-नागोया सहरमा असोज ३ देखि १८ गतेसम्म आयोजना हुन गइरहेको २० औँ एसियाली खेलकुद (एसियाड) मा नेपालको राष्ट्रिय झण्डा फहराउन जाने...

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग (एनभीएल) को उपाधि शनिबार जितेको छ । केडिया ग्रुपको आयोजनामा त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने २०औँ एसियाली खेलकुदमा सहभागी हुन जाने नेपाली खेलाडी, प्रशिक्षक तथा व्यवस्थापन टोलीलाई बिदाइ गर्नुभएको छ...

भर्खरै

अन्नपूर्ण बन्यो नेपाल भलिबल लिग च्याम्पियन

अन्नपूर्ण स्पाइकर किङ्सले एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

एसियाली खेलकुदमा जाने नेपाली टोलीलाई मन्त्री पोखरेलको बिदाइ

काठमाडौं - शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले जापानमा हुने...

अन्नपूर्ण नेपाल भलिबल लिगको उपाधि नजिक, कर्णाली प्लेअफमा

अन्नपूर्ण स्पाइकर किङ्स एक्सट्रिम इनर्जी ड्रिंक नेपाल भलिबल लिग...

वन्यजन्तु अपराध नियन्त्रणमा क्षेत्रीय सहकार्य आवश्यक : वनमन्त्री गीता चौधरी

काठमाडौं - कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले वन्यजन्तु...

‘महाधिवेशन रोकिएन भने कांग्रेस विभाजन हुनबाट कसैले रोक्न सक्दैन’ : रमेश लेखक

कञ्चनपुर - नेपाली कांग्रेसका नेता रमेश लेखकले पार्टीको महाधिवेशनको...

प्रेम थापा ‘मिलन युथ एनर्जेटिक फोटोग्राफी अवार्ड’बाट सम्मानित, पुरस्कार रकम बाढीपीडितलाई

पोखरा - राष्ट्रिय फोटोपत्रकार समूह (एनएफपिजे-नेपाल), जिल्ला शाखा कास्कीका...

धेरै पढिएको