आईपीएल : दिल्लीको खराब प्रदर्शन, सनराजर्ससँग ८८ रनले पराजित

काठमाडौँ – युएईमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आफ्नो १२औँ खेलमा दिल्ली क्यापिटल्सले खराब प्रदर्शन गरेको छ। मंगलबार राति भएको खेलमा दिल्ली सनराजर्स हैदराबादसँग ८८ रनले पराजित भएको हो।

दुबई अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा दिल्लीले टस जितेर हैदाराबादलाई ब्याटिङको निम्ता दिएको थियो। त्यसपछि हैदराबादले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१९ रनको फराकिलो स्कोर खडा ग¥यो।

जवाफमा २२० रनको लक्ष्य पछ्याएको दिल्लीले पूरै ओभर खेल्न नपाई अलआउट हुन पुग्यो। दिल्लीले १९ ओभर खेल्दै मात्र १३१ रन बनाउन सक्यो।

दिल्लीका कुनै पनि ब्याट्समेनले खुलेर ब्याटिङ गर्न सकेनन्। अधिकांश ब्याट्समेन क्रिजमै टिक्न सकेनन्। भरपर्दा ब्याटसम्यान शिखर धवन शून्य रनमै पेभिलियन फर्किए भने ७ ब्याटसमेनले दोहोरो अंकको स्कोर बनाउन बनाउन सकेनन्।

दिल्लीका लागि रिसभ पन्तले ३६ रन बनाए। त्यस्तै ओपनर अजिंक्या रबाने २६ रन बनाउँदै रसिद खानको बलमा एलबीडब्लू धरापमा परे। दसौँ क्रममा आएका तुशार देशपान्डेले नटआउट २० रन जोडे।

दिल्लीलाई सस्तैमा रोक्न हैदराबादका रसिद खानले किफायती बलिङ गर्दै ३ विकेट लिए। उनले ४ ओभरमा मात्र ७ रन खर्चिए। त्यस्तै सन्दीप शर्मा र टी नटराजनले समान २/२ विकेट लिए। ज्यासोन होल्डरको नाममा समेत १ विकेट रह्यो। साथै सहबाज नदिम र विजय शंकरले पनि १/१ विकेट हात पारे।

यसअघि ब्याटिङ गरेको हैदराबादका लागि ओपनर रिद्धिमान साहले ८७ रनको योगदान गरे। त्यस्तै कप्तान डेभिड वार्नर ६६ रनमा क्याच आउट हुन पुगे भने मनिष पान्डे ४४ रनमा अभिजित रहे। केन विलियम्सनले ११ रन जोडे।

दिल्लीका एनरिच नोर्ट्जे र रविचन्द्र आश्विनले १/१ विकेट लिए।

सिफारिस

खोकनामा सिकाली जात्राको रौनक (तस्बिरहरू)

ललितपुर - ललितपुरको पुरानो नेवारी बस्ती खोकनामा परम्परागत सिकाली जात्रा मनाइएको छ। प्रत्येक वर्ष बडादशैँको समयमा मनाइने यस जात्राअन्तर्गत शुक्रबार षष्ठीका दिन सिकाली मन्दिर...

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने तयारी गरिरहेका बेला काठमाडौं र कक्स बजारबीच सिधा हवाई उडान सञ्चालन गर्न प्रस्ताव गरेको छ।...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज सिग्देलले बडादसैँ २०८३ को अवसरमा आयोजना हुने फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण गरेका छन्। नेपाली सेनाले...

भर्खरै

काठमाडौं–कक्स बजार सिधा हवाई उडान सञ्चालन गर्न बंगलादेशको प्रस्ताव

बंगलादेशले आगामी महिना कक्स बजार अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन गर्ने...

प्रधान सेनापति सिग्देलद्वारा फूलपाती बढाई समारोहको अन्तिम निरीक्षण (तस्बिरहरू)

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

दक्षिण सुडानमा तैनाथ नेपाली शान्ति सैनिकहरूको अदलीबदली

काठमाडौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा दक्षिण सुडानमा शान्ति स्थापनार्थ...

स्वदेश फर्किए प्रधान सेनापति सिग्देल

काठमाडौं - नेपाली सेनाका प्रधान सेनापति महारथी अशोक राज...

व्हिस्पर मिसेज नेपाल वर्ल्डको ‘द ग्ल्याम नाइट’ (तस्बिरहरू)

काठमाडौं- रिबन इन्टरटेनमेन्ट प्रालिद्वारा आयोजित ‘व्हिस्पर मिसेज नेपाल वर्ल्ड...

फास्ट फ्यानको २१औँ साधारणसभा तथा दशैँ शुभकामना आदान–प्रदान कार्यक्रम सम्पन्न

काठमाडौं - फास्ट फुड एसोसिएसन नेपाल (फास्ट फ्यान) को...

धेरै पढिएको