डम्बर निदाल
डडेल्धुरा- डोटीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकको मृत्यु भएको छ ।
डोटी जिल्लाको सायल गाउँपालिका–१ छपालीमा अरिङ्गालको टोकाइबाट एकै परिवारका दुई बालिकाको मृत्यु भएको हो । मृत्यु हुनेमा सोही वडाका भिमबहादुर रोकायाकी छोरी पाँच वर्षीया मनिषा र तिन वर्षीया सृजना रोकाया रहेको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।
घर नजिकै खेलिरहेको अवस्थामा अरिङ्गालले टोकेर गम्भीर घाइते भएका दुबै बालिकालाई उपचारका लागि स्थानीय स्वास्थ्यचौकी लैजादै गर्दा बाटोमै मृत्यु भएको स्थानीयवासी प्रेमबहादुर नेपालीले जानकारी दिए ।
मंगलबार घर नजिकै खेलिरहेको अवस्थामा रुखमा रहेको अरिङ्गालको टोकाइबाट दुबै जना दिदी बहिनी गम्भीर घाइते भएका थिए ।
