काठमाडौँ – संचारकर्मी रबि लामिछानेलाई कोरोना संक्रमण देखिएको छ। आज सामाजिक संजाल मार्फत श्रीमती निकिता पौडेलसहित दुवै जनालाई कोरोना पोजेटिभ देखिएको जानकारी दिएका छन्।
रविले लेखेका छन्, ‘मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसीआर गर्दा म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ । ‘हामी दुबैको स्वास्थ सामान्य छ। केही पेशागत क्रियाकलापले र केही आफ्नै लापरबाहीले संक्रमण भएको हुन सक्छ। घरमा हामी दुई मात्र छौं । धेरै समस्या छैन तर घरमा वृद्धअवस्थाका सदस्यहरु हुनेले लापरबाही नगरौं ।’